स्पेन, जेठ २ गते। विश्वका दुई ठूला फुटबल क्लब रियल म्याडि्रड र बार्सिलोनाबीचको प्रतिद्वन्द्वले स्पेनी लिग सधैँ चर्चामा रहनेगर्छ। यसपटक यी दुई क्लबका कारण मात्र होइन प्रशिक्षकद्वय जोस मोरिन्हो, पेप गुवार्डियोलाको रणनीति तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी र राडेमाल फाल्काओको गोलको वषर्ाले पनि स्पेनी लिग विश्व फुटबलमा छाउन सफल भयो।
जोस मोरिन्हो
रियल म्याडि्रडका प्रशिक्षक जोस मोरिन्होले पहिलोपटक स्पेनी लिग उपाधि जिते। जुन उपाधिले उनलाई युरोपका विभिन्न चार देशमा लिग उपाधि जित्ने पहिलो प्रशिक्षकको गौरव दिलायो। पोर्चुगलका रणनीतिकार मोरिन्होको आप\mना खेलाडीमाथिको विश्वासले बार्सिलोनाजस्तो टिमलाई सजिलै पछाडि पारी रियल म्याडि्रडले यसपटक लिग उपाधि जित्यो। वायर्न म्युनिखसँग घरेलु मैदानमा पेनाल्टी सुटआउटमा हारेपछि मोरिन्होसँग रियल म्याडि्रडलाई दसौँ च्याम्पियन्स लिग उपाधि दिलाउने अपेक्षा भने पूरा भएन।
पेप गुवार्डियोला
बार्सिलोनाका प्रशिक्षक पेप गुवार्डियोलाले यस सत्रको अन्त्यमा आफू पदमुक्त हुने खुलासा गरेर सबैलाई आश्चर्यमा पारे। च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग हारेपछि उनले अब आइन्दा बार्सिलोनाको प्रशिक्षक नबन्ने निर्णय गर्दै आप\mनो निराशा पोखेका थिए। यस सत्रमा बार्सिलोना स्पेनी लिगको उपाधि रक्षा गर्न पनि असफल बनेको थियो। आप\mनो चारवर्षे कार्यकालमा बार्सिलोनाको सङ्ग्रहमा एकपछि अर्को ट्रफी थप्ने गुवार्डियोलाको प्रशिक्षकत्वमा बार्सिलोनाले १३ उपाधि जितेको छ। जसमा दुई च्याम्पियन्स लिग र तीन स्पेनी लिग उपाधि छन्। मे २५ तारिखमा हुने कोपा डेल रेको उपाधि भिडन्त गुवार्डियोलाको अन्तिम भिडन्त हुनेछ।
क्रिस्टियानो रोनाल्डो
स्पेनी लिगमा ४६, समग्रमा ५९ गोल। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको विशेष प्रदर्शनले नै पछिल्ला तीनपटकको विजेता बार्सिलोनालाई पछाडि पार्दै रियल म्याडि्रडले यसपटक स्पेनी लिग जित्यो। यस सत्रमा उनले थुप्रै महìवपूर्ण खेलमा महìवपूर्ण गोल गरे। रायो भालाकानोविरुद्धको 'ब्याकहिल' र एट्लेटिको म्याडि्रडविरुद्धको दुई गोलको चर्चा अहिले पनि भइरहेछ। मोरिन्हो टिममा आएपछि रोनाल्डो एक उत्कृष्ट 'टिमम्यान'का रूपमा प्रस्तुत भएका छन्।
लियोनेल मेसी
लियोनेल मेसीको नाममा दुई कीर्तिमान कायम भयो। यस सत्रमा मेसीले स्पेनी लिगमा ५० र कुल ७२ गोल गरे। उनले सन् १९७२-७३ मा गर्ड म्युलरले ६७ गोल गरी एक सत्रमा सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरे। अब भने प्रशिक्षक गुवार्डियोलाको सहयोग बिना मेसीले आफूलाई सावित गर्नुपर्नेछ।
राडामल फाल्काओ
कोलम्बियाका स्ट्राइकर राडामल फाल्काओ यस सत्रको स्पेनी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा रहे। उनले यसपटक एट्लेटिको म्याडि्रडका लागि २४ गोल गरे। युरोपा लिगको फाइनलमा दुई दर्शनीय गोल गरी एट्लेटिकोलाई उपाधि दिलाएपछि फाल्काओ आगामी सत्रमा ठूलो क्लबको लक्ष्य हुने पक्का छ।