Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ ६ गते। नेकपा -एमाले)का वरिष्ठ नेता केपी ओलीले शासकीय स्वरूप र सङ्घीयताबारे प्रमुख तीन राजनीतिक दलबीच भएको बालुवाटार सहमतिलाई एनेकपा -माओवादी)ले एकतर्फी रूपमा भङ्ग गरेको आरोप लगाउनुभएको छ।

नेता ओलीले १९औँ मदन-आश्रति स्मृति दिवसको सन्दर्भमा अखिल नेपाल महिला सङ्घद्वारा शनिबार राजधानीमा आयोजित 'नयाँ संविधानमा महिला अधिकार' विषयक अन्तरक्रियामा यस्तो आरोप लगाउनुभएको हो।

"बिहीबारको व्यवस्थापिका-संसद् बैठक अवरुद्ध माओवादीकै केन्द्रीय सदस्यको नेतृत्वमा भएको थियो", बैठक अवरुद्धको निमित्त नायक अरू कोही भए पनि त्यसको योजनाकार माओवादी नै भएको ठोकुवा गर्दै नेता ओलीले भन्नुभयो, "सहमतितिर होइन, समस्या अल्झाउने र बल्झाउने काम सुरु भएको छ। नेपाली राजनीतिलाई जटिलतातिर फसाइएको छ।"

उहाँले अधिकारबाट वञ्चित महिला, आदिवासी जनजाति, मधेसी र आधारभूत तहका जनताको समस्यालाई एमालेले राजनीतिक नाराका रूपमा मात्र नभई दृढता एवं आत्मविश्वासका साथ उठाउँदै आएको बताउनुभयो।

कार्यक्रममा ऊर्जामन्त्री राधा ज्ञवालीले नेपाली महिलाको हकअधिकारका लागि दशकौँदेखि अनेमसङ्घले लड्दै आएको स्मरण गर्दै सरकारमा रहेर नेपाली महिला, देश र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अन्तरक्रियामा सभासद् बिन्दा पाण्डेले नेपाली महिलाका हक र अधिकारलाई संविधानमा स्थापित गर्नुपर्नेमा जोड दिँदै विदेशीका हकमा नागरिकताको व्यवस्था सहज बनाउन नहुने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै युवा सङ्घका अध्यक्ष महेश बस्नेतले नेपालको आन्तरिक राजनीतिमा चलखेल नगर्न नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई चेतावनी दिँदै विदेशीले नै नेपालमा जातीय लडाइँको षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो।

यसैगरी अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले मुलुकलाई जातीय सद्भावभन्दा भिडन्ततिर लैजाने षड्यन्त्र भइरहेकोप्रति सजग हुनुपर्नेमा जोड दिँदै युवा-विद्यार्थी मिलेर जेठ १० गते सद्भाव र्‍याली गर्न लागिएको जानकारी दिनुभयो।

कार्यक्रमकी सभापति अनेमसङ्घकी अध्यक्ष विद्या भण्डारीले महिलामुक्तिलाई नाराका रूपमा नभई व्यवहारमा उतार्ने पार्टी एमाले नै भएको बताउनुभयो।

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px