Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू
गोरखापत्र समाचारदाता
 

काठमाडाँै, जेठ ६ गते। मुलुकका सामु राज्य पुनःसंरचनाको विषयवस्तु नै प्रमुख चुनौती बनेको बताउँदै राजनीतिक दलका नेताहरूले आउँदो जेठ १४ भित्र सङ्घीयतासहितको नयाँ संविधान आउने विश्वास व्यक्त गर्नुभएको छ।

संवैधानिक कानुन व्यवसायी मञ्च र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले शनिबार संयुक्त रूपमा आयोजना गरेको 'राजनीतिक सहमति ः अवसर र चुनौतीहरू', विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरूले यस्तो विश्वास व्यक्त गर्नुभएको हो।

सङ्घीय सद्भावना पार्टीका अध्यक्ष तथा उद्योगमन्त्री अनिलकुमार झाले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको नयाँ संविधान निर्धारित समयमै जारी हुने विश्वास व्यक्त गर्नुभयो। राजनीतिक दलहरू त्यही कसरतमा लागेको बताउँदै उहाँले आउँदो एक साता मुलुकका लागि महìवपूर्ण भएको बताउनुभयो।

'जेठ १४ भित्र केही न केही हुन्छ, चाहे नयाँ संविधान आउँछ वा म्याद थपिन्छ वा केही अन्य उपाय हुन्छ', उद्योगमन्त्री झाले भन्नुभयो- तर नेपाल रहिरहन्छ, नेपालको चार किल्ला सुरक्षित नै रहन्छ। सहमति गर्ने र पछि हट्ने विगतमा पनि भएको उहाँले उल्लेख गर्नुभयो।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता नै मूल समस्या बनेको बताउँदै नेपालका लागि सङ्घीयता उपयुक्त नभएको बताउनुभयो। जबरजस्ती ठेलेर लगे पनि टिक्न सक्दैन, जातीय सङ्घीयता आयो भने त त्यो झन् फासिस्ट सङ्घीयता हुनेछ, उहाँले भन्नुभयो।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले एकल जातीय पहिचानका आधारमा सङ्घीयता कुनै पनि हालतमा हुन नसक्ने बताउँदै जातीय आधारमा सङ्घीयता बने नेपाल युगोस्लाभिया बन्ने आशङ्का व्यक्त गर्नुभयो। जेठ १४ भित्र नयाँ संविधान नआए पनि देश चल्छ, अन्तरिम संविधान छँदैछ, उहाँले भन्नुभयो।

नेकपा -एमाले)का नेता प्रदीप ज्ञवालीले सङ्घीयताको व्यवस्थापन नै प्रमुख चुनौती भएको उल्लेख गर्दै एकल पहिचानको नाममा गलत बहस सुरु भएको बताउनुभयो। कुनै पनि संविधान पूर्ण हुन्छ भन्ने छैन, त्रुटि वा आवश्यक भए पछि पनि सच्याउन सकिन्छ, उहाँले भन्नुभयो।

नेपाल बार एसोसिएसनका अध्यक्ष अधिवक्ता प्रेमबहादुर खड्काले जसरी भए पनि एक साताभित्र नयाँ संविधान जारी गर्न राजनीतिक दलहरूलाई अनुरोध गर्नुभयो। संवैधानिक अदालतको औचित्य नभएको र न्याय परिषद्को प्रस्तावित संरचना पनि गलत भएको उल्लेख गर्दै सच्याउनुपर्ने बताउनुभयो।

संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता चन्द्रकान्त ज्ञवालीको सभापतित्वमा सम्पन्न त्यस कार्यक्रममा प्राध्यापक कृष्ण खनाल, प्राध्यापक ओम गुरुङ, वरिष्ठ अधिवक्ता देवेन्द्र नेपाली, अधिवक्ताहरू टीकाराम भट्टराई, कुमार रेग्मी, पत्रकारहरू युवराज घिमिरे, कनकमणि दीक्षित, यम विरहीलगायतका वक्ताहरूले राजनीतिक दलहरूबीच सङ्घीयता, संवैधानिक अदालत र शासकीय स्वरूपका विषयमा भएको सहमतिका बारेमा प्रकाश पार्नुभएको थियो।

अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px