काठमाडौँ, जेठ ६ गते। नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंंहले जेठ १४ अगाडि बन्ने संविधान पूर्ण आकारको नभई 'प्रतिकात्मक' संविधानको रूपमा आउने बताउनुभएको छ। नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा १७ को सम्मेलन शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले दलहरूबीच भएको सहमति अक्षरशः लागु हुनुपर्ने अडान व्यक्त गर्नुभयो।
उहाँले संविधान निर्माण प्रक्रियालाई सहज बनाउन संविधानको धारा ७० संशोधनको आवश्यकता परेको चर्चा गर्दै पूर्ण संविधान निर्माणका लागि काँग्रेसको नेतृत्वमा सहमतीय सरकार निर्माण हुनु जरुरी रहेको स्पष्ट पार्नुभयो। शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउने कार्यमा काँग्रेसको भूमिका महìवपूर्ण रहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
एकीकृत नेकपा -माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बने पनि शान्ति र संविधान निर्माणमा यो सरकारको भूमिका प्रभावकारी हुनेमा शङ्का व्यक्त गर्दै महामन्त्री सिंहले शिविरमा रहेका लडाकूलाई हतियारबाट निष्त्रिmय तुल्याइए पनि समायोजनाको समस्या यथावत् रहेकाले दिगो शान्ति र संविधान निर्माण जटिल मोडमा रहेको बताउनुभयो।
नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापति भीमसेनदास प्रधानले जातीयताका नाममा सङ्घीयता निर्माण गरी माओवादी पार्टीका अध्यक्ष प्रचण्डले एक आपसमा वर्षौंदेखि मिलेर बसेका जनतालाई लडाउने तयारी गरिरहेको बताउनुभयो। उहाँले ११ प्रदेश थपघट र जोड घटाउले नै संविधान निर्माणको प्रक्रियालाई सङ्कटमा पारेको दाबी गर्नुभयो।
कार्यक्रमका सभापति एवं वडा-१७ का अध्यक्ष नवीन मानन्धर पार्टीले वडास्तरमा गरेका सामाजिक, साँस्कृतिक तथा सरसफाइलगायतका रचनात्मक कार्यक्रमका बारेमा जानकारी दिनुभयो। नेपाली काँग्रेस महानगर समिति सभापति देवरत्न डङ्गोल, कुमार फुयाँल र धर्मराज अर्याललगायतका वक्ताहरूले जसरी भए पनि जेठ १४ मा संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो।