Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
खोजिएको जातीय सत्ताको सिंहासन होइन, पहिचान हो
बलदीप प्रभाश्वर चामलिङ
 

श्रीमतीले आफ्नो लोग्नेको उत्पीडनका कारण अधिकार प्राप्तिका लागि महिला सङ्गठन खोल्यो भन्दैमा श्रीमानले पनि पुरुष सङ्गठन खोल्न तम्सनु कतिको हजम हुने कुरा हो ? हो, यही भएको छ यहाँ। लामो समयसम्म शासन व्यवस्थ्ााको कारण सीमान्तकृत हुनुपरेका जाति र समुदाय अधिकारका लागि सक्रिय भइरहँदा यहाँको शासकीय संरचनामा उपल्लो हैसियतमा रहेका बाहुन-क्षेत्रीहरू प्ानि त्यस्तै नक्कल गरिरहेका छन्। यी समुदाय कोबाट जातीयरूपमा उत्पीडनमा परेका छन्

र ? र किन जनजाति र आदिवासीको सूचीमा पारिनुपर्ने कुरा गरिरहेका छन्। यसको अर्थ बुझेर वा बुझ पचाएर यसो भइरहेको छ।

जनजाति भनेको निणर्ायक सत्ता नभएको जाति हो र आदिवासी भनेको सबैभन्दा पहिले सम्बन्धित मुलुकमा बस्दै आएको समुदाय हो। यो परिभाषामा पर्छन् पर्दैनन् बाहुन-क्षेत्री ? भनिरहनु पर्दैन, परिस्थिति र इतिहासले बताउने कुरा हो। तर अर्को सत्य कुरा के हो भने बाहुन-क्षेत्री पनि सिङ्गो नेपाली जनताको पूरक समुदाय हो, नेपाली राष्ट्रियता निर्माणमा एक जिम्मेवार जाति हो।

अहिले सङ्घीयताको प्रसङ्ग आउँदा यो मुद्दा जनजाति र मधेसीहरूको मात्र हो भन्ने अर्थ लगाइँदैछ। सङ्घीयता विखण्डनको प्रक्रिया हो भन्ने भान पार्न खोजिएको छ। सङ्घीयता जनजातिले चाहेका हुन् र विखण्डनकारी उनीहरू नै हुन् भनेर खुलेआम केही जमात बहसमा उत्रिएको छ। बाहुनक्षेत्री चाहिँ देश एकीकरण गर्ने तर जनजाति र मधेसीचाहिँ देश टुक्र्याउने जस्तो गरी प्रस्तुत भएका छन्। कुरो यसो होइन।

यहाँका आदिवासी जनजातिले कसैलाई विस्थापित गर्ने कुनै त्यस्तो मोह लिएका होइनन्, छैनन् र मिल्दैन पनि। उनीहरूले त राज्यसत्ताको सिंहासन होइन, पहिचान मात्र मागेका हुन्। सत्ताको सिंहासन त बाहुनलाई नै दिएका छन्, दिइरहनेवाला छन्। तर आदिवासी जनजातिले त केवल पहिचानमात्र मागेका हुन्। यो मुलुकमा उनीहरूले "म को हुँ भन्ने आफ्नो नाम र म कहाँ छु" भन्ने आफ्ना ठेगाना मात्र खोजेका हुन्, अतिक्रमण र आक्रमणको स्थल होइन। जनजातिले राजनीतिक नेतृत्व बाहुन-क्षेत्रीलाई नै दिएका छन् र त्यो उनीहरूलाई स्वीकार्य पनि छ। सिङ्गो राजनीतिक नेतृत्व नै बाहुन आफैंले लिने अवस्था भएपछि बाहुनक्षेत्री त्रसित हुने कुरै आउँदैन।

शक्ति र पहिचान फरक कुरा हुन्। चाहे त्यो पहिचान जातीय किन नहोस्। जातीय पहिचानसहितको सङ्घीयता मागे पनि त्यसमा कुनै खतरा छैन। यसले त अझ राष्ट्रिय एकताको सूत्रपात गर्दछ। लिम्बुवान, खम्बुवान, नेवा इत्यादि भएर के भो ? यो त राज्यको नाम मात्र हो। त्यो राज्यमा बसोवास गर्ने सबै जातिको राजनीतिक स्वतन्त्रता त समान नै हु्न्छ। लिम्बुवान भन्दैमा त्यहाँ लिम्बूजातिको मात्र अग्राधिकार र राज चल्ने होइन र त्यो हुन पनि हुँदैन। राजनीतिक नेतृत्व बाहुनलाई नै मान्दै आएको हाम्रो मैत्रीपूर्ण परम्परा अन्तर्गत भोलि ती राज्यको प्रमुख बाहुन नै हुनसक्छ। हाम्रो सन्दर्भमा के बुझ्नुपर्छ भने भनिदै आएको जातीय पहिचानसहितको सङ्घीयता विष विनाको सर्प जस्तै हो त्यसले डसे पनि मरिन्न।

कुनै बाहुनको छोरो किराँतीको घरमा भैँसी चराएर बसेको पनि छ। यसो भन्दैमा त्यो किराँतीको छोरालाई बाहुनको छोरोभन्दा माथिल्लो कोणबाट हेर्न अलि मिल्दैन जातीयरूपले। बाहुनको छोरो किराँतीको छोरोको घरमा भैँसी चराएर बस्ने अवस्था वर्गीय हो, जातीय होइन तर बाहुनको चुल्हो किराँतीको छोरालाई स्वीकार्य नहुने अवस्था वर्गीय होइन, जातीय हो।

एउटा बाहुन भैँसी चराएर बसे पनि अर्को बाहुन शासन चलाएर बसेको छ। एउटा बाहुन हुम्ला-जुम्लामा खोले खाएर बसेका छन् भने पनि अर्को बाहुन सत्ता खाएर बसेका छन्। वर्गीयरूपाले उनीहरूमा अन्तर आए पनि जातीयरूपले त गरिब र धनी बाहुन एउटै हुन्। वर्गीयरूपले एउटै नभए पनि जातीयरूपाले बाहुन शासक जातिमा गनिन्छ। कुनै एउटा किराँतीको छोरालाई उस्ाको धर्मसंस्कृति बचाउने अभियानमा लाग्नुपर्‍यो भने उस्ाले घरखेत बेच्नुपर्ने हुन्छ तर एउटा बाहुनको छोरालाई उस्ाको धर्मसंस्कृति बचाउन केही गर्नुपर्दैन। त्यसका लागि राज्य-सञ्चालित सञ्चारमाध्यमहरूले "हरेकृष्ण हरेराम"को श्रव्य-दृश्य प्रसारण गरिदिइराखेको हुन्छ। राज्यकोषबाट संस्कृत विश्वविद्यालय सञ्चालित भइराखेको छ। तर हाम्रो मान्यता के होइन्ा भने आर्यसंस्कृतिको स्थापित हैसियत तल ओर्लनुपर्छ। बरु अन्य जातिको सभ्यता र संस्कृति पनि त्यही हैसियतमा पुर्‍याउनुपर्छ। त्यसकारण कुनै अन्य जातिले अधिकार र पहिचान खोज्यो भन्दैमा हुम्ला जुम्लाको बाहुनक्षेत्रीको अवस्थालाई औंल्याएर पानीमाथिको ओभानो बन्न खोज्नु उचित हुँदैन। हो हुम्ला जुम्लाका बाहुनक्षेत्री वर्गीयरूपले विपन्न छन्। उनीहरूप्रति सबैको उत्तिकै सहानुभूति छ तर जातीय पहिचानले उनीहरू काठमाडौंमा बस्ने बाहुनक्षेत्री जत्तिकै छन्।

वर्गीय समस्या त साझा हो। यो सबै जातिमा हुन्छ। यो समस्यालाई हल गर्ने कुरा बेग्लै हो तर जातीय समस्या हुलमुलमा साझा हुँदैन। जातीय पहिचानको सम्ास्या बाहुनक्षेत्रीलाई छैन। किनकी उनीहरूको पहिचान उ इतरका समुदायको जीवनशैलीमा पनि स्थापित भइसकेको छ।

समाजमा उच्च दर्जामा कहलिनखोज्ने जो केाही जनजाति आर्यकरण हुनखोज्नु, स्वामी प्रपन्नाचार्य -काले राई) जस्ताले हिन्दु वैदिक मान्यता अनुसारको जमात बनाउनु, सबै जनजाति आदिवासीको व्यक्तिगत नाम पनि हिन्दु सभ्यता र धर्मको पात्रहरूकै पहिचान झल्काउने अनुसार राखिनु र यो देशका नदीनाला, पाखाभञ्याङ, वनजङ्गल सबैको नाम खसबाहुनको जातीय पहिचानकै आधारमा रहनुले जातीय पहिचानमा बाहुनक्षेत्रीहरू नै अग्रस्थानमा छन्। ठूलठूला धार्मिक स्थलको नाम सबै आर्यकरण गरिएका छन्। त्यति मात्र होइन, हिमालकोे नाम पनि आर्यसमुदायको जातीय पहिचानमा राखिएका छन्। आखिर स्थानीय आदिवासीले नेपालका सारा भूभाग र नदीनालाको मौलिक नाम हटाएर बाहुनक्षेत्रीको जातीय पहिचानको आधारमा राखिएको नाम स्वीकारिदिएकै छ तर सङ्घीयराज्यको सबै होइन केही प्रान्तको नाम आदिवासी जनजातिको ऐतिहासिक पहिचान झल्काउने हुनुपर्छ भन्दा केको आपत्ति ? गाउँ, टोल, नगर र जिल्लाको नाम आफ्नो जातीय पहिचानअनुसार राखाँै भने त्यो सबै अगाडि नै बाहुनक्षेत्रीकै जातीय पहिचानका आधारमा राखिसकिएका छन्।

यो अवस्थामा आदिवासी जनजातिले बाँकी रहने सङ्घीयताको प्रान्तको नाम आफ्नो जातीय पहिचानको आधारमा नराखेर अरू केमा राख्ने त ? यदि यसमा पनि अड्को थाप्ने हो भने योभन्दा साम्प्रदायिक प्रवृत्ति अरू हुनसक्दैन किनकी साम्प्रदायिक त्यो हो जसले विविध समुदायको अस्तित्व र पहिचानलाई नकारेर आˆनो मात्र जातीय वर्चस्व राख्नखोज्छ। आदिवासी जनजातिले मात्र पहिचान खोजेका हुन्। आफ्नो अधिनायकत्व स्थापित गर्न होइन।

अखण्डताको आधार राष्ट्रिय एकता हो। राष्ट्रिय एकताको बल साम्प्रदायिक सद्भाव हो। साम्प्रदायिक सदभावका सर्त हुन् आपसी समझदारी, सहकार्य र साझेदारी। हत्केलाको एउटा औंल्ााले लड्डु बनाउन सक्दैन। त्यसका लागि पाँचैवटा औंलाको सहकार्य चाहिन्छ। हत्केलाका औंलाजस्तै हाम्रो मुलुकमा मूलभूतरूपमा पाँचवटा समुदाय छन्, जस्तै- बाहुन-क्षेत्री, आदिवासी जनजाति, दलित, मधेसी र महिला। यो देश बनाउन यी पाँचैवटा समुदायको सहमति र निर्णय अपरिहार्य छ। कुनै एक जातिले अरू जातिलाई निषेध गरेर अगाडि बढ्ने प्रयास निरर्थक ठहरिनेछ। त्यो एकल प्रयास साम्प्रदायिक ठहरिन्छ। सबै जातिमा राजनीतिक सहमति सबैभन्दा महत्वपूर्ण कुरा हो।

प्रान्तको नाम जातीय पहिचान अनुसार भए पनि त्यहाँ बस्ने सबै वर्ग र जातिको हकअधिकार हुने हो, त्यहाँ एकजातीय अधिनायक कदापि हुँदैन।

बाहुन-क्षेत्री, आदिवासी जनजाति, मधेसी र दलितको भविष्य आपसी समर्पण र सद्भावमा टिकेको छ। यो अवस्थामा सबै संयमित र जिम्मेवार रहनैपर्छ। अन्तमा बुझ्नुपर्ने कुरा के हो भने सङ्घीयताका माध्यमबाट जातिहरूले मात्र पहिचान खोजेका हुन्, एकल जातीय सत्ता-अधिनायकवादको सिंहासन होइन।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px