Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
युगकविका अमर विचार
डा. गोविन्दराज भट्टराई
 

बरु बाँच युवक दुई घडी मात्र,

चम्की उज्ज्वल पारी समस्त।

यी पङ्क्ति युगकवि सिद्धिचरण श्रेष्ठद्वारा आधा शताब्दी अघि रचिएका हुन्। त्यसबेला एकातिर राणाकालीन दमनचक्र चरम उत्कर्षमा पुगेको थियो अर्कातिर प्रथम विश्वयुद्धपश्चात् विश्वव्यापी स्वतन्त्रताका लहर उठेका थिए, त्यसमाथि नब्बे सालको भूकम्पले गर्दा उथलपुथल मच्चाएको थियो, देशको हृदयमा पीडा, विद्रोह र आन्दोलन उम्लिँदै थियो। त्यसैबेला सम्पूर्ण मुक्ति र स्वतन्त्रताको आकाङ्क्षा राखेर अन्धकारविरुद्ध लड्ने केही नेपाली स्वप्नद्रष्टाहरू जन्मिए।सिद्धिचरण तीमध्ये एक हुन्। त्यसैबेला शारदाको जन्म हुनु एक ऐतिहासिक आरम्भ थियो। त्यही कालदेखि नै सिद्धिचरणले क्रान्तिको उद्घोष गर्न थाले। सिद्धिचरणको राष्ट्रिय जीवनमा अथवा उनका सिर्जनामा तीनवटा विशेषता छन्- देशप्रेम, साहित्यप्रेम र विद्रोहात्मकता। उनी नेपाली साहित्यमा स्वच्छन्दवादका अग्रणी हुन्।

नेपाली साहित्यमा कलाको कुरा गर्दा सिद्धिचरणको स्वच्छन्दतावादी स्वरको सम्झना हुन्छ तर उनलाई अमर गराउने तात्विकता त्यो विद्रोही चेतना हो, जुन त्यस अन्धकार युगको साहित्यमा प्रकट भयो। निरङ्कुशताका प्रतिरोधी भएकैले ०९७ सालमा उनलाई लामो कारावास सजाय तोकियो। उनीमाथि मानवीय र दैवी विपत्ति थपिए तर उनी झुकेनन्।

त्यसकालका रचनामा कविको हृदय क्रान्तिको उद्घोष गर्दै विश्वकम्पित गराउने चेतना बोकेर जुर्मुराएको पाइन्छ तर उनमा सदैव त्यही एक स्वरमात्र नभएर अन्य हाँसो, रोदन, पीडा र प्रेमले वशीभूत गराइएका क्षणमा पनि कविता जन्मेका छन्। त्यहाँ छायाँवादी कलामा प्रकट प्रगतिशील ध्वनि पाइन्छन्। निरङ्कुशताविरुद्धको लडाइँमा अनेकौँ यातना, पीडा र हन्डर खाएका थिए, कठोर बन्धन थियो, तिनको बेवास्ता गर्दै उनले स्वतन्त्रताका निम्ति बलिदान गर्न निरन्तर आहृवान गरे, जसले अनेकलाई प्रेरित गर्‍यो। त्यो एक सिङ्गै युगको पुनर्जागरण, पथप्रदर्शन र नवनिर्माणका निम्ति आहृवान थियो-

खोलनलाई जनको चाला, बोल्छु म डरको भाषा

रोक्दछ भन्दैमा वैभव पथ, के म नलेखुँ अब कविता Û

कवि अदम्य उत्साहले र आत्मविश्वासले भरिएका छन्, कुनै शक्तिले वशीभूत गराउनसक्तैन। वैभवको पथ अवरुद्ध होस्, कुनै पर्वाह छैन, 'जनको चाला खोल्न' उनको निडर कलम अघि सर्छ। सुषुप्त जनचेतना जाग्रत गराउनेहरू भर्खरै फाँसीमा चढेका थिए। त्यसैबेला कविमा क्रान्तिकारी स्वर चर्किंदै गएको थियो।

बोलिदे हे मेरो प्यारो हिमाल, विश्व थर्कोस्, चूर्ण होस् वास्ता नराख

नासिने यो विश्वको गिन्ती छ के र Û उच्चताको स्वच्छताको स्रोत छोड

उच्च र स्वच्छ हुँ भनेर सगौरव अडिएको हिमालयलाई कविले चिरनिद्रामा बेस्सरी झट्कार्छन्। फेरि अर्को हुङ्कार गर्छन्-

ज्वाला दन्कोस् दनदन यहाँ मृत्यु आई फुकेको

पापाचारी यदि छ त यहाँ माथ नै ताक्छु त्यसको।

यसरी कुर्लंदाकुर्लंदै कविलाई नियतिले दण्डित गरेको छ। अग्निपरीक्षा लिएको छ आफ्नै हृदयको स्पन्दन अतीव पि्रय पुत्रको प्राण लिएर अनि उनको कवि अझ उग्र र दुर्दमनीय भएर गज्र्यो विश्वव्यथाको पीडा भएर-

आज नखाऔँ नसुतौँ सब मिली हडताल मचाऔँ

कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौँ।

यो विधि -राणाकाल) को विरोधमा उर्लेको गर्जन थियो, चुनौती थियो। त्यसपछि अझ भीषण, बलिदानी सङ्घर्षका लागि उद्यत भएको कवि हृदय बोल्छ-

भाग सबै जन दूर म बाट, या सब मिली मार मलाई

नत्र कुनै दिन भैरव बन्दै नाच्छु म नरमुण्ड लगाई।

यसरी उनी एक क्रान्तिकारी शक्ति थिए उनका त्यस्ता स्वर कोपिला, विम्ब प्रतिविम्बमा सङ्कलित छन्। फेरि उता उर्वशीमा पुग्दा उनै स्रष्टा संवेदनशील प्रणय कविका रूपमा असाध्यै नरम भएको पाउँछौँ। उर्वी खण्डकाव्य महाभारतको एउटा कथालाई सूक्ष्माकारमा कुँदिएको सुन्दर मूर्ति हो। ०९७ सालको क्रूरताले उर्वशी जन्मायो। यद्यपि कारागारमै रच्न थालिएको उर्वशी २० वर्षपछि मात्रै जगत्मा आयो।

उर्वशीमा पार्थिव सुख र आध्यात्मिक सुख या अतीन्दि्रय प्रेमको द्वन्द्व छ र अन्त्यमा गएर पहिलोले हार्छ, त्यही हार उर्वशीको हार हो अनि कविको पनि। अर्जुन भएर उनले बोले-

स्वप्न पलाऊ स्वप्न पलाऊ, छरिता धार बहाई

कल्मष मनको सब पन्छाऊ, मोहन ज्ञान चुँडाई।

यस्तो चेतनाबाट सुरु गरेको जीवनयात्रा परिपक्व अवस्थामा पुग्दा कटु यथार्थले कविलाई अर्को भाषा बोल्न लगायो।

विपुल नपाउनुले यस्तो डामेको संसारमा

तिम्रो अर्जुनलाई नपाउनु होइन क्यै बात यहाँ

तिम्रा ती प्रति कदम अगाडि छन् लाखन फेरि कदम

सम्झी अब ता पाउ उचाल छन् अझ विजय हजारन।

यसरी सिद्धिचरण हरेक युगका लागि आशावादका प्रतीक हुन्, अनन्त प्रेरणाका स्रोत हुन्। उनलाई कुनै नैराश्यले वशीभूत गराएन। उनमा आशा छ, भविष्यप्रतिको निष्ठा छ र विश्वास, संयम र धैर्य पनि।

मानवता हो विस्तृत बन्नु हो, पशुता खुम्चिनु चाहिँ

देख्दादेख्दै शिखर उज्यालो किन म रोकूँ यो फेदीमाझ ।

सिद्धिचरण श्रेष्ठको जीवन एउटा त्रिवेणी हो। उनको अन्धकार युगमा गाएको मानव स्वतन्त्रताको गीत उनले निरङ्कुशता विरुद्धको लडाइँमा अर्पेको जीवन र कलिलो नेपाली साहित्यलाई दिएको गौरवमय उचाइ एउटा जीवनमा त्योभन्दा बढी कति गर्न सकिन्छ र ? उनका कोपिलामा र मेरो प्रतिविम्बमा अत्यन्तै शक्तिशाली विद्रोह र आक्रोशका कविता छन्। उर्वशी -खण्डकाव्य) हो। कुहिरो र घाम -कवितासङ्ग्रह) मा उनलाई नेपाली साहित्यमा रोमान्टिक धाराका प्रवर्तकमध्येका एक भनिएको छ। उनका कृतिमा ज्यानमारा शैल, शवरी, मङ्गलमान, बाँचिरहेको आवाज, जूनकीरी, बालीवध, भीमसेन थापा हुन्। त्यस अतिरिक्त सिद्धिचरणका प्रतिनिधि कवितासङ्ग्रह, सिद्धिचरणका जेल संस्मरण आदि पर्दछन्। नेपालभाषामा पनि सिस्वाँ, फुस्वाँ लगायतका कृति प्रकाशित छन्। उनका चुनिएका कविता माधवलाला कर्माचार्यको सुन्दर अनुवादमा प्रकाशित छन्। उनी राष्ट्रियताको भावनाले उठेका स्वतन्त्रतापे्रमी योद्धा र अत्यन्तै सरल भाषामा कविता रच्ने कवि हुन्। उनका कविता सबै जीवनवादी, आशावादी, सुधारको, उत्थानको, मुक्तिको उद्देश्यले रचित छन्।

उनको मृत्युपश्चात् प्रकाशित लघुकाव्य आँसुलाई यसरी चिनाइएको

छ ः प्रकृति र विद्रोहको स्वर सन्धान गर्ने कविले 'आँसु' काव्यमा विषादको गीत गाउन चाहेका छन्। समाजमा व्याप्त असमानता, कुरीति, गरिबी, शोषण, भ्रष्टता देखेर, वा धर्म र न्यायका पाप र पुण्यले आवाद गरिरहेको देखेर कवि समयप्रति आक्रोश व्यक्त गर्छन् र त्यसको विरोधमा उठ्छन्। सामाजिक परिवेशमा कविले मानवतावादी स्वर उरालेका छन्। त्यसैगरी भीमसेन थापा एउटा राष्ट्रिय गाथा हो भने मङ्गलमान कृष्णचन्द्रसिंह प्रधानका शब्दमा एउटा मिथकीय चरित्रको जीवनगाथा हो। यसमा एउटा सामाजिक यथार्थ, जातीय विवाद, कोही परिवर्तनका चाहना, जनसमाजमा देखिएको अलिकति प्रगति अनि देशसँग गरिएको बलात्कार र तिनको विरोधमा लाग्ने धेरथोर नारा पनि हुन् मङ्गलमान।

आजको सामाजिक यथार्थ बदलिएर किनारिएकापट्ट िलाग्ने समय छ। यतिखेरको राजनीति, साहित्य सबैकुरा पिछडिएका, किनारिएका, मार्जिनलपट्ट िफर्केको छ। धेरै अधिको स्थितिबोध गाराउने एक अछूत नेतालाई मिथकीय मात्र बनाएर मङ्गलमान रचेका छन् तर यथार्थ पनि हो।

वर्तमानको आवाज त्यसमा प्रतिध्वनित छ तर आज पनि मङ्गलमानको भोगाइ दोहोरिएकै छ ः

माछो-माछो भ्यागुत्तो भो यत्न भयो व्यर्थ

देश मात्रै ठगिँदै गो लाखौँ लाखौँ पल्ट

यो शताब्दी लामो निरङ्कुशता विरुद्धमा धेरै सर्जकहरू लडे, अझै लड्दैछन् तर जागृतिकालमा परेका सिद्धिचरणको पुस्ताले खपेको कष्ट आज केहीसँग तुलना हुनसक्तैन। उनको सम्झना मात्रले सम्पूर्ण साहित्यको शिर गौरवले ठाडो हुन्छ। जबजब यो राष्ट्रमा अधिनायकताको कालो बादल मडारिन्छ, तब हामीलाई उनै सिद्धिचरणको सम्झना हुन्छ।

युगकविको अध्ययन विभिन्न दृष्टिकोणबाट हुँदैछ, हुनुपर्छ। सर्वप्रथम त एक स्वप्नद्रष्टा जागरण अभियन्ता त्यसको निमित्त उनले सुन्दर साहित्यको मार्ग लिए। नेपाली साहित्य स्वयं आरम्भिक कालको थियो, त्यसैलाई उठाए, आˆनो मौलिकताले अलग्गै चिनिने मार्ग बनाए। उनको सरल गेय शैली तीभित्रको गम्भीरता हजारौँ नेपालीले हृदयमा राखेका छन्, प्रेरित छन्।

आˆनो समयका अनेक कर्मका अग्रणी सिद्धिचरणको नेपाली वाङ्मयका अनेक विशिष्ट साधकले समाजसेवी, राजनीतिकर्मी समकालीनहरूले उच्च मूल्याङ्कन गरेका छन्। डा. तारानाथ शर्माका शब्दमा उनी अनन्य देशभक्त हुन्, गणेशबहादुर प्रसाईंका शब्दमा शारदाकालीन नेपालको युगको ढुकढुकीलाई कवितामा प्रतिविम्बित गर्ने र परिवर्तनको निर्भीक स्वर ओकल्नसक्ने त्यस समयका एकमात्र नेपाली कवि सिद्धचरण श्रेष्ठभन्दा अर्को कोही छैन। श्यामदास वैष्णवले उनको पत्रकारिताको उच्च स्थान देखाएका छन्। सूर्यविक्रम ज्ञवालीले लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठलाई नेपाली कवितामा नयाँ मार्ग देखाउने दुई तारा भनेका छन्, आनन्ददेव भट्टले उनको क्रान्तिकारितालाई उच्च स्थानमा राखेका छन्, त्यसको प्रेरणा गणेशमान सिंहको यस स्वीकारोक्तिले पुष्टि गर्दछ ः सिद्धिचरण म र म जस्ता युवाको निम्ति एउटा ठूलो आदर्श हुुनुहुन्थ्यो। जस्तो उहाँकै कविताको प्रेरणाले सहिद गङ्गालाल राजनीतिमा लागेका थिए। उहाँको कविताको कारण म पनि राजनीतितिर तानिएको थिएँ र राणाविरोधी आन्दोलनमा समर्पित भएको थिएँ। श्यामप्रसादले उनलाई जनपक्षीय कवि भनेका छन्। ईश्वर बरालका शब्दमा प्रकृतिको सूक्ष्म निरीक्षण गरी उहाँले प्रकृतिमा जीवन र मानवबीचको उद्देश्य खोज्नुभएको छ।

यस्तै सिद्धिचरणका प्रत्येक पक्षमा एक अनुसन्धान हुनसक्छ। कृतिको, जीवनको, नेपाली समाजलाई, वाङ्मयलाई दिएका योगदानको तर यो संक्षिप्त चर्चामा यत्तिमै रोकिन उपयुक्त ठान्दछु।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px