Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
नेपाल कता ?
कुलचन्द्र वाग्ले
 

समयावधि थपेको जतिसुकै विरोध गरे पनि नेपाली जनताको संविधानसभासँग एउटा भरोसा थियो। अब त्या भरोसा पूरा हुने कि नहुने भन्ने चिन्ता जनतामा बढेको छ। संविधान बनाउन धेरै दिन बाँकी छैन। तीन, चार दिनभित्र, तोकिएको जुन अवधि हो त्यसभित्र संविधान नआए मुलुकको हालत के हुन्छ भन्ने चिन्ता नेपालप्रति माया गर्ने सबैलाई भएको छ।

एकातिर संविधान बन्छ कि बन्दैन, अर्कोतिर बन्यो भने पनि त्यो संविधान नेपाल, लोकतन्त्र र जनताको हितमा कति सार्थक बन्छ भन्ने आशङ्का पनि समाजमा त्यति व्याप्त भएको छ। संविधान बने नेपालको राजनीतिक यात्रा एक प्रकारले सुरु हुन्छ, जसको केही अनुमान गर्न सकिन्छ तर त्यो बन्नै सकेन भने यो मुलुकको यात्रा कता जान्छ भन्नसक्ने अवस्था छैन। संविधान बन्दा अपेक्षा पूरा नभएका जाति, वर्ग, पेसा र क्षेत्रका नागरिकसँग राजनीतिक दल र सरकारले वार्ता गर्ने र समाधान खोज्ने उपाय बाँकी रहन्छ। त्यसका लागि शर्त लोकतान्त्रिक संविधान हो। लोकतान्त्रिक संविधान आयो भने सबैले विचार निर्वाध राख्न सक्ने र शान्तिपूर्ण दबाब आन्दोलन गर्न पाउने खुला वातावरण रहन्छ। त्यो वातावरणमा सरोकारवालाहरूबीच हुन पाउने संवादबाट समाधान खोज्दै संविधान संशोधनको माध्यमबाट मुलुकको यात्रा अगाडि बढ्न सक्छ। संविधान नै आइदिएन भने निकासको त्यो बाटो पनि अवरुद्ध हुन्छ। निकासको बाटो नै अवरुद्ध हुँदा हुने परिणाम ? धेरै भन्नु पर्दैन, हालै सेती नदी थुनिएर बनेको बाढीको विनाश लीला स्मरण गरेर तुलनात्मक चिन्तन गर्दा पुग्छ।

नेपाली जनताले ६० वर्षभन्दा लामो समयदेखि संविधानसभाबाट संविधान बनाउने अपेक्षा राखेका हुन्। यति लामो अवधिको अपेक्षालाई ६० वर्षपछि भएको निर्वाचनबाट बनेको संविधानसभाले पूरा गर्ने विश्वास थियो। त्यो विश्वास पूरै मृत नभए पनि मृत्युशय्यामा भने पुगेको छ। निश्चय पनि यो अवस्थामा आउने संविधान सबैका लागि चित्त बुझ्दो नहुन सक्छ। त्यसो भए पनि लोकतान्त्रिक संविधान ल्याइयो भने सबैको चित्त बुझाउने बाटो खुला रहन्छ। अहिले संविधानका विषयमा यति मात्रै सोच्न सकिन्छ। तीन, चार दिन बाँकी हुँदा आफ्ना लागि आउने संविधान कस्तो ल्याइन्छ भन्ने जानकारी स्वयं नेपाली नागरिकलाई छैन, संविधानसभा बनाउन मत दिने जनतालाई नै थाहा छैन।

जति-जति संविधानसभाको म्याद सकिने दिन नजिकियो, त्यति-त्यति यहाँ आन्दोलन भए। आन्दोलन ज-जसले गरेका छन् तिनले आ-आफ्नै माग अनुकूल संविधान बन्नुपर्छ भन्ने मान्यता राखेका छन्। के ती सबै माग अहिले नै पूरा हुन सम्भव छ र ? वा ती मागलाई पूरा हुने बाटो खुला राखेर हुँदासम्मको सहमति गरेर नेपाली समाज अगाडि बढ्नु पर्छ ? यी प्रश्न शायद् अब धेरै पेचिला बनिसके कि ? यस्तो अवस्था किन आयो ? सबैले आफ्ना माग, दबाब र आग्रहमाथि मौसम गर्मीकै भए पनि शीतल दिमागले सोच्नुपर्ने भएको छ। अन्यथा मुलुक दिशा भ्रममा फस्दै गएको छ। दिशा भ्रमको परिणाम सुखद हुने कमै सम्भावना छ।

भन्नै पर्छ, केहीलाई मधेश एक प्रदेश चाहिएको छ। अनि कसैलाई आ-आफ्नो जातीय राज्य बन्नुपर्छ। जातीय राज्य हुँदैन भन्ने समूह पनि त्यत्तिकै सक्रिय छ। राष्ट्रिय अखण्डता र जातीय सद्भावको मान्यतामा पनि आन्दोलन भएको छ। नेपाल बहुल संस्कृति भएको मुलुक हो। जहाँ एक सयभन्दा बढी जाति छन्, तिनीहरू कतिपयको भौगोलिक बासस्थान अनुरूप भेषभूषा, भाषा, संस्कृति छन्। नेपालमा बोलिने ९२ भाषा छन्। ती सबै जाति र भाषाभाषीलाई आफ्नो पक्षमा संविधान बनोस् भन्ने लाग्नु स्वाभाविक हो। जबकि स-साना जातीय समूह वा सीमान्तकृत समुदायले आफ्नो माग वा अपेक्षालाई केही ठूला समूहले जस्तो उचाल्नका लागि दबाब सिर्जना गर्न सकेका छैनन्। दबाब सिर्जना गर्न नसक्ने समुदायका बारेमा संविधानले बेवास्ता गरे पनि हुन्छ। मान्यता राखिन्छ भने त्यो लोकतान्त्रिक मान्यता होइन, सामन्ती सोच हो। यस्ता विषयमा पनि संविधान बनाउनेहरू र आ-आफ्नो माग पूरा गराउन दबाब दिनेहरूले पनि सोच्नु जरुरी छ। अन्यथा कसैको मात्र माग पूरा गर्ने संविधान धेरैका लागि अस्वीकृत हुन्छ र त्यस्तो संविधानले नेपाली बहुल समाजलाई समाधान दिने छैन। संविधान आउने नआउने दोसाँधमा रहेको नेपाली राजनीतिले, संविधान आयो भने यस विषयमा सोच्नु र निकासको बाटो खुला राख्नु यतिबेला अपरिहार्य छ।

संविधानसभा नबन्नु भनेको संविधानसभा असफल हुनु हो। त्यति मात्रै होइन, संविधान नआउँदा र सबैले आ-आफ्नो राज्य मात्र माग्दा हामी सबै नेपालीको सिङ्गो नेपाली संस्कृति, जसको विश्वमा पहिचान र गौरव छ वा नेपाल राष्ट्रको अवस्था कस्तो हुन्छ ? यो मुलुक कता जान्छ र हाम्रो गन्तव्य कता पुग्छ ? सोच्नुपर्ने भएको छ। देशको अस्तित्वमा नै हाम्रा अपेक्षा र आग्रह पूरा गर्ने थलो बाँकी रहन्छ। अन्यथा हामी अन्धकार भविष्यतर्फ धस्सिने छौँ। बेलैमा सचेत वर्गले सोच्नुपर्छ- पहिले हाम्रो देश, त्यसपछि हाम्रा आग्रह र माग। हामी देशलाई कता लाँदै छौँ, किन ? र हाम्रा प्रयत्न देशको स्वार्थमा केन्दि्रत हुनुपर्छ। यही सोच्ने बेला हो। त्यसो भएमा मात्र आउने कठिनाइलाई सामना गर्नसकिन्छ। á

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px