Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
रोकिएन आतङ्कवादको प्रयोग
रामप्रसाद आचार्य
 

अहिले पश्चिमी मुलुकका लागि आतङ्कवाद हतियार बेच्न र विरोधी मुलुकमाथि आˆनो प्रभाव बढाउने गतिलो साधन बनेको छ। विभिन्न मुलुकका पछिल्ला विकसित घटनाक्रमले यही कुराको सङ्केत गरेको छ। अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदाका प्रमुख ओसमा बिन लादेन मारिएपछि आतङ्कवाद समाप्त भई विश्वमा शान्ति र स्थायित्व कायम हुन्छ भन्ाी पश्चिमा मुलुकले बाँडेको सपना गलत सावित भएको छ। लादेन मारिएको एक वर्षभन्दा बढी भइसक्दा आतङ्कवाद कमजोर हुनुको सट्टा झन्झन् उग्र भई विश्वशान्ति र स्थायित्वलाई नै चुनौती दिने चरणमा पुगेको छ। पाकिस्तान र अफगानिस्तानलाई अखडा बनाएको अलकायदा यतिखेर सिरियामा पुगेर तहल्का मच्चाउन थालेको छ। सिरियामा अल कायदा कसका विरुद्ध कसलाई सहयोग गर्न परिचालित भएको छ भन्ने स्पष्ट भएको छैन।

एक दशकसम्मको अनवरत प्रयासपछि अमेरिकाले आतङ्कवादविरुद्धको विश्वव्यापी अभियानको एउटा महत्वपूर्ण सफलता भनी गतवर्ष बिन लादेनलाई पाकिस्तानमा मारेपछि गर्व गरेको थियो। टाउकाको दुई करोड ५० लाख डलर मूल्य तोकी अर्बौं डलर खर्चेर गरिएको बिन लादेन मार्ने अभियान ऊ मारिएको घटनासँगै समाप्त भए पनि आतङ्कवाद भने समाप्त भएन। आतङ्कवादी नेता मारेर आतङ्कवाद समाप्त हुने रहेनछ भन्ने कुरा लादेन प्रकरणले पनि स्पष्ट पारेको छ। अलकायदाले लादेन मारिएपछि आयमान जवाहिरीलाई नयाँ नेता बनाएर नयाँ नयाँ आक्रमण सुरु गरेेको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षालाई ठाडै चुनौती दिंदै सारा विश्वलाई हल्लाएको आतङ्ककवादको खुंखार नाइके लादेन अमेरिकी सेनाको विशेष कारबाहीमा मारिएपछि अल कायदाको २२ वर्षे इतिहासको एउटा बर्बरपूर्ण अध्याय त समाप्त भयो तर आतङ्कवादको कारण पत्ता लगाएर समाधान नखोजी आतङ्कवादलाई राजनीतिक स्वार्थ पूरा गर्ने साधन बनाउँदा आतङ्कवादको नयाँ अध्याय सुरु भएको छ। हिजो पनि कैयौँ निरङ्कुश शासकले सत्ता टिकाउन र अहिले हतियार बेच्न आतङ्कवादलाई प्रयोग गरिएको छ। यो विश्वकै लागि गम्भीर चिन्ता र चुनौतीको विषय हो।

हजारौँ मानिसको हत्या गर्ने र अर्बौँ मानिसलाई आतङ्कति र त्रसित बनाउने ५४ वर्षे लादेन गतवर्ष पाकिस्तानी सहर एबोट्टावादमा मारिएपछि आतङ्कवादविरोधीले सावधानीपूर्वक खुसी त मनाए तर त्यो खुसी दिगो बन्न सकेन। लादेनका अन्धभक्त आत्मघाती जियादीहरूले बदलास्वरूप थप ठूलठूला विध्वंसात्मक आक्रमण गरी झन् ठूलो आतङ्क मच्चाउन थालेपछि अलकायदा नै प्रमुख टाउको दुखाइको विषय बनेको छ।

लादेन मारिए पनि एसिया, युरोप, अमेरिका र अपि|mकासम्म फैलिएको अलकायदाको आतङ्कवादी सञ्जाल समाप्त भएन बरु अब चुनौती अरू थपिएको छ। विश्वमा आतङ्कवादको प्रयोगले समस्या समाधान भएको छैन झन् समस्या जटिल बनेको छ। तत्कालीन सोभियत सङ्घविरुद्ध अमेरिकाद्वारा जन्माइएको बिन लादेन आखिर अमेरिकाकै लागि सबैभन्दा ठूलो टाउको दुःखाइ बन्यो। लादेन मारिएपछि अल कायदाको सञ्जाल कमजोर भएन झन् बलियो बनेको छ। इरानविरुद्ध प्रयोग गर्न सहयात्री बनाइएका तत्कालीन इराकी शासन सद्दाम हुसेन अन्त्यमा अमेरिकालाई नै चुनौती बनेपछि सैन्य हस्तक्षेप गराएर झुण्ड्याइए तर समस्याको समाधान भएन, इराक झन् अस्थिर र जातीय द्वन्द्वमा फसेको छ। अमेरिकी अभियान त्यहाँ असफल भएपछि ठूलो मूल्य चुकाएर सेना फिर्ता गर्न अमेरिकी नेतृत्व बाध्य भएको हो। अहिले अफगानिस्तानको अवस्था झन् बेहाल छ। अलकायदा र तालिबान समाप्त पारी अफगानिस्तानमा दिगो शान्तिसहितको लोकतान्त्रिक राजनीतिक प्रणाली स्थापित गर्ने अमेरिकी अभियान सफल हुनसकेन। एक दशक लामो अमेरिकी हस्तक्षेपले झन् तहसनहस अवस्थामा पुगेको अफगानिस्तानलाई सुरक्षा दिन त परै जाओस् आफ्नै सेना र कर्मच्ाारीलाई सुरक्षा दिन असफल भएपछि अमेरिकी नेतृत्वको नेटो सेना मिसन पूरा नगरी र्फकदैछ। यसले अल कायदा र तालिबानको मनोबल झन् बढेको छ। राजधानी काबुल र केही सहरी क्षेत्रबाहेक अधिकांश भूभागमा प्रभाव जमाएको तालिबानले अलकायदासँग मिलेर नेटो सेना फिर्ता भएपछि कुनै पनि बेला अफगानिस्तानमाथि पुनः कब्जा जमाउने अवस्था देखिएको छ। पाकिस्तानमा पनि अलकायदा र तालिबानको प्रभाव पहिलेभन्दा निकै बढेको छ। परमाणु शक्तिसम्पन्न पाकिस्तानको कमजोर राजनीतिक अवस्था र बढ्दो आतङ्कवादी समस्या भोलिका लागि सबैभन्दा ठूलो चुनौती बन्ने सम्भावना बढेको छ। यदि केही गरी पाकिस्तानको सत्ता आतङ्कवादीको हातमा गई परमाणु हतियार नियन्त्रणमा लियो भने के होला पश्चिमी मुलुकको भविष्यको सुरक्षा ? प्रश्न अनुत्तरित र गम्भीर छ।

आतङ्कवाद समाप्त पार्ने नाममा आतङ्कवादको समस्या पहिचान पनि नगर्ने र समाधान पनि नखोजी हतियार व्यापार गरी अर्बौं डलर कमाउने ध्याउन्नमा केन्दि्रत पश्चिमी शासकले आतङ्कवादलाई हतियार व्यापारको साधन बनाइरहने हो भने भोलि उनीहरूकै लागि यो आत्मघाती सावित हुनेछ किनभने आतङ्कवाद समस्याको समाधान होइन। आतङ्कवादबाट शान्ति र स्थायित्व पनि प्राप्त हुँदैन तर क्षणिक स्वार्थका लागि यसको दुरुपयोग गर्न सकिन्छ। २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि भएको अलकायदा आक्रमणविरुद्ध आतङ्कवादको त्रास देखाएर अमेरिकाले आतङ्कवादविरुद्धको विश्वव्यापी अभियान सुरु गरी त्यसैका नाममा आफ्ना विरोधी मुलुकमाथि सैन्य हस्तक्षेप गर्ने अर्बौं डलरको हतियार बेच्ने जुन काम गरेको छ यसले समस्या झन् जटिल बनाएको छ। यसले आतङ्कवादीलाई झन् उग्र बन्न र नयाँ नयाँ आक्रमण गर्न प्रेरित गरेको छ। विगत डेढ वर्षदेखि निरङ्कुश सत्ता ढाली लोकतन्त्र ल्याउन सिरियामा जारी जनआन्दोलन उत्कर्षतर्फ गइरहेको बेला केही समयअघि अलकायदाले भीषण आक्रमण गरी व्यापक रूपमा जनधनको क्षति पुर्‍याएको छ।

अतः हिंसा र आतङ्कै आतङ्कले भरिएको बिन लादेनको कपटपूर्ण, षड्यन्त्रकारी जीवन अमेरिकी सेनाको कारबाहीसँगै समाप्त भए पनि उनले बनाएको आतङ्कवादी सञ्जाल र हजारौं जियादीहरू नै भावी विश्वसुरक्षा र शान्तिका लागि मुख्य चुनौती बनेका छन्। यो सञ्जालमा परेका पाकिस्तान र अफगानिस्तानबाट तत्काल मुक्त गराउन सकिएन भने यी मुलुक नै आतङ्कवादीका लागि स्वर्गभूमि बनिरहनेछन् तसर्थ आतङ्कवादविरुद्धको अभियानलाई सफल पार्ने हो भने राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठी सारा विश्व एकजुट भएर आतङ्कवादलाई समाप्त पार्नुपर्छ नत्र कुनै दिन सारा विश्व नै आतङ्कवादको सिकार बन्नेछ। á

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px