Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
बन्द, हडताल र संविधान
वामदेव क्षेत्री
 
वर्तमान नेपाल अस्थिरता, अराजकता बन्द हडतालबाट अगाडि बढेको छ। कति बेला के हुने हो अनिश्चित छ। जति जति संविधान घोषणाको दिन नजिक आउँदैछ, त्यति त्यति जाति, जनजाति विभिन्न समुदायले आˆनो अधिकार सुरक्षित गराउन दबाब नै बन्द बनाएका छन्। आˆना अधिकारलाई सुनिश्चित गराउनु र सङ्घर्ष गर्नु न्यायोचित नै हो, तर सङ्घर्षको माध्यम बन्द गर्ने संस्कृतिको विकास गर्नु भनेको देशको राजनीतिलाई अस्थिर बनाउनु, संविधान निर्माण हुन नदिनु र देशलाई यथास्थितिमा फर्काउने या विदेशीको बन्धक बनाउने कुचेष्टा हो किनभने शङ्का हुनथालेको छ। देशमा गणतन्त्र, सङ्घीय प्रणाली धर्मनिरपेक्षता र समानुपातिक विषय नीतिगतमा निर्णय भएको र संविधान निर्माणमा पुँजीवादी गणतन्त्रभन्दा अग्रगामी संविधान जो समाजवाद उन्मुख बनाउन खोजेको हो। क्रमशः व्यवहारमा जाँदै गर्दा सच्याउँदै जाने र संशोधनबाट अगाडि बढ्ने हो। सबै चीज अहिले नै पाइहाल्नुपर्छ भन्ने तर्क र चिन्तन हो भने देश द्वन्द्वमा फस्ने खतरा छ। देशमा नयाँ समीकरणले जुन रूप लिँदैछ, त्यसले भविष्यमा साम्प्रदायिकताको रूप लिन सक्दैन भन्नसकिँदैन। कतिपय राजनीतिक दल र जातिबाट उठेका सङ्घर्ष हेर्दा दलाल पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने साम्राज्यवाद र विस्तारवादका आड भरोसामा चुरीफुरी गर्ने र आˆनो आन्तरिक वर्गीय आधारका कारणले पनि समस्या बनेको, या नयाँ दलाल नोकरशाही पुँजीपतिवर्गको प्रतिनिधित्व गर्नखोज्ने वर्गहरूको अन्तरनिहित कमजोरीले देश अस्थिरतामा फस्ने खतरा बन्न सक्छ। तत्काल सबैलाई यो समीकरण स्वाभाविक लागे पनि भविष्यसम्म यसले खतरा नै निम्त्याउने देखिन्छ। त्यसैले सबैले जातीय सद्भाव राख्दै देशमा उत्पीडन बहुसङ्ख्यक जनताका लागि सुहाउँदो जाति, वर्ग, क्षेत्र, लिङ्ग, अल्पसङ्ख्यकलाई समावेशी किसिमको सङ्घीय गणराज्य बनाउन नयाँ राज्यको पुनः संरचना गर्नु आवश्यक छ। त्यसैले सबैको आवेगलाई विवेकले नियन्त्रण गरी संविधान निर्माणमा ध्यान केन्दि्रत गर्न जरुरी छ। अन्तरिम संविधानको धारा ६४ मा उल्लेख छ। संविधानसभाले प्रस्ताव पारित गरी अगावै विघटन गरेका बाहेक संविधानसभाको कार्यकाल संविधानसभाको पहिलो बैठक बसेको मितिले दुई वर्षको हुनेछ भनिएको छ। राजनीतिक दलको खिँचातानी र सत्ताको होडबाजीका कारण चार वर्ष बितेको छ। कतिपय चित्त नबुझेका चीजहरू निर्णय भइरहेका छन् जनतालाई संविधानको मस्यौदा छलफल गर्ने अधिकारबाट वञ्चित गरिएको छ। सदनमा पनि छलफल बहस विषयगत गर्न पाउने अधिकारलाई हतारले संविधान ल्याउन अन्तरिम संविधानको धारा ७० लाई संशोधन गरिएको छ। शासकीय स्वरूप पनि संवैधानिक राष्ट्रपति र सदनबाट निर्वाचित प्रधानमन्त्री पुरानै संसदीय ढाँचाको छ। राज्यको पुनः संरचना विना नाम र भूगोल नछुट्याइएको राज्य बनाउने तयारीमा छ। झट्ट हेर्दा, केही पनि मिलेको देखिँदैन तर बाध्यता जेठ १४ गते संविधान ल्याउनु छ। त्यो ल्याउन सकिएन भने संवैधानिक सङ्कट पर्ने र यही संविधानसभा पनि विघटन हुने खेल प्रतिक्रियावादी र विदेश शक्ति केन्द्रको हुँदैछ। त्यसैले कतिपय सङ्घीय आयोग, अल्पसङ्ख्यक आयोग, संवैधानिक अदालत र प्रादेशिक सरकार र जनताले टुङ्ग्याउने भनेर नीतिगत निर्णय भए संविधानलाई संशोधन गर्दै जान सकिन्छ। सरकारलाई दबाब दिन १/२ दिन बन्द गर्नु स्वाभाविक हो तर २० औं दिनसम्म पनि बन्द गर्ने संस्कृतिको अन्त्य गरी सङ्घर्षको विकल्प खोजिनुपर्दछ। कतिपय चित्त नबुझेका विषयमा सङ्घर्षका विभिन्न माध्यमबाट दबाब दिएर आˆना अधिकार समावेश गराउनु न्यायोचित हो, तर अरूको अधिकारलाई हनन गर्दै विद्यार्थी हिंडेको गाडीमा आगजनी गर्ने, सुत्केरी महिलाको एम्बुलेन्स तोडफोड गर्ने, पत्रकारमाथि हमला गर्ने उच्छृङ्खल किसिमका कामले जातीय सद्भाव खल्बलिने खतरा छ। देश गणतन्त्रमा प्रवेश गरेको छ, गणतन्त्र पनि दुई किसिमका हुन्छन् प्रथम उदारवादी गणतन्त्र र दोस्रो समावेशी गणतन्त्र। नेपालमा हामीले संस्थागत र संविधान बनाउने भनेको समावेशी गणतन्त्र हो। उदारवादी गणतन्त्रमा प्रतिस्पर्धात्मक दलहरूको अस्तित्व, खुला बजार नीतिकरण र निजी स्वामित्व, स्वतन्त्र न्यायपालिका र असमान किसिमको प्रतिस्पर्धा हुन्छ तर समावेशी गणतन्त्रमा राज्यको शासन सत्ता तल्लो वर्गको बहुसङ्ख्यक जनताको हातमा रहने र वर्गीय शोषणको र असमानताको अन्त्य गर्ने हुन्छ। असमानताको अन्त्य भनेको जातजाति, वर्ग, क्षेत्र, लिङ्ग, अल्पसङ्ख्यक सबैलाई समान व्यवहार गर्ने हो। यसको थालनी भएको छ। अहिले नै सबै पूर्ण हुन्छ भन्ने होइन क्रमशः व्यवहारबाट पुष्टि गर्दै जाने हो। संविधानमा लेखिएर मात्र हुँदैन लागू गर्ने मुख्य कुरा हो, लेखेरै हुने भए २०२१ सालको मुलुकी ऐनमा छुवाछूतको अन्त्य गरिएको छ तर त्यो अहिलेसम्म लागू भएन। त्यसैले सबैको कोसिस समावेशी गणतन्त्र बनाउन जोड दिनुपर्दछ, तब मात्र समानताको अधिकार सम्पन्न संविधान बनाउन सकिन्छ। हामी संविधान बनाउनेतिर लागेनौँ संविधानसभा नै विघटन गराएर अधिकार पाइन्छ भन्ने हो भने देशमा राजनीतिक अस्थिरता हुन्छ, प्रत्यक्ष वा अप्रत्यक्ष विदेशी शक्तिको चासो बढ्छ र देश द्वन्द्वमा फस्ने खतरा छ। २४० वर्षको सामन्ती राज्यले गरिबी पछौटेपन, उत्पीडन, बेरोजगारी, स्वास्थ्य, शिक्षामा पछाडि पार्‍यो भने द्वन्द्व र राजनीतिक अस्थिरताले फेरि हाइटी जस्तो देश बनाउने सम्भावना छ। हाइटी आर्थिकरूपले समृद्ध हुँदाहुँदै पनि राजनीतिक अस्थिरता, द्वन्द्व र प्राकृतिक प्रकोपले गरिबीमा पिल्सिएको छ। आज भन्दा ८० वर्ष पहिले विश्वको धनी देशको सूचीमा रहेको हाइटी अहिले गरिब देश बनेको छ। अमेरिकी साम्राज्यवादको प्रत्यक्ष प्रभाव छ, राजनीतिक अस्थिरता र द्वन्द्व छ, त्यो हुँदाहुँदै पनि १९९४ तिर तत्कालीन राष्ट्रपति एरिस्टाइडले राष्ट्रिय सेना विघटन गरे पनि तिनै सेनाको एउटा सङ्गठन 'एक्स फाद'ले लुटपाट र हत्याका शृङ्खला बढाएको छ। संयुक्त राष्ट्रसङ्घको अनुगमन र शान्ति सेनाको निगरानी भए पनि अशान्ति, अराजकता र द्वन्द्व बढी छ। नेपाललाई पनि त्यही स्थितिमा पुरानो र यहाँको प्राकृतिक साधन स्रोत आˆनो कब्जामा राख्ने खेल विदेशीको हुन सक्छ। हामीले समयमा सोचेनौँ भने द्वन्द्वमा फसिसकेपछि उम्कने स्थिति देखिँदैन। हामीले देशलाई हाइटी बनाउने होइन कि समृद्ध र सद्भावको नेपाल बनाउनेतिर लागौं, त्यहीँ नै सबैले अधिकार पाइन्छ।
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px