Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
सद्भावभित्रको विभेद
रामबहादुर थापामगर
 
संविधानसभाले संविधान देला भनेर प्रतीरक्षारत नेपाली जनता संविधान घोषणा हुने समयमा बन्द र हड्तालको चपेटामा परेपछि नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा दरबारमार्गमा सद्भाव र्‍याली आयोजना भयो। र्‍याली कार्यक्रमले दिएको सन्देश सकारात्मक भएको भन्दै विभिन्न सञ्चारमाध्यमले राम्रै प्रचार गरे। र्‍यालीमा विभिन्न प्रकारका नाराबाजी देखिए, सुनिए। प्रचार प्रसारमा सुनियो यो सबै नेपालीको सद्भाव र समृद्धिका लागि हो। थाहा छैन सबैमा कोको र कस्ता कस्ता नेपाली प्ार्छन् तर सद्भावका लागि भनिएको उक्त र्‍यालीमा अचम्मलाग्दा विभेदका स्वर र शैली विभिन्न रूपमा देखियो, सुनियो। यो सद्भाव भनिएको र्‍याली हेर्दा र त्यसले गरेको गुञ्जन सुन्दा पञ्चर्‍यालीको सम्झना गरायो। पञ्चहरूले यस्तै र्‍याली निकाल्थे सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भनेर। शब्द ठ्याक्कै त्यो होइन, तर शैली र चरित्र भने उही। र्‍यालीले गगनभेदी स्वरमा भन्थ्यो मान्छेको जात हँुदैन, सबै नेपाली एउटै हो, हिमाल पहाड तराई कोही छैन पराई, गरी खान देऊ,बेलैमा संविधान देऊ, जातीय राज्य चाहिँदैन इत्यादि। भनिएको सद्भाव र्‍यालीले प्रष्टसँग विभेदको शैली अङ्गीकार गरेको थियो। र्‍यालीले धेरै कोणबाट नकारात्मक सकारात्मक सन्देश दिएको होला तर ती सन्देशले उठान गरेका केही प्रश्नको बारेमा छलफल गर्न जरुरी छ। आयोजक साथीहरू उद्योगी व्यवसायी हुनुहुन्छ उहाँहरूको पेसा वा व्यवसायको जात हुँदैन। व्यवसायमा नाफा भए त्यही व्यवसायले नाफा ल्याउँछ, घाटा भए त्यही व्यवसायले घाटा खान्छ। व्यवसाय गर्नेले कोही जाति, लिङ्ग, वर्ण, भाषा र संस्कृतिलाई लाखापाखा गर्दैन यदि ऊ उसको ग्राहक छ भने। व्यापारीको धर्म नाफा कमाउनु हो, नाफा दिने जो सुकै पनि व्यपारीका लागि बराबर हो। यसमा जाति, भाषा, लिङ्ग, धर्म र संस्कृति केही विभेद हुँदैन। तर व्यापारी मित्रहरू व्यापारमा नभए पनि समाजमा र राष्ट्रमा त जाति -यहाँ भन्न खोजेको जाति पहिचान हो) भाषा, धर्म संस्कृति, लिङ्ग हुन्छ। यस्तो यथार्थलाई बिर्सेर तपाईंहरू ती जाति, भाषा, संस्कृति, क्षेत्र र लिङ्गप्रति किन विभेद गरिरहनु भएको छ ? र्‍यालीको नाम सद्भाव तर नारा विभेद्कारी थिए। तीमध्ये एउटा थियो जातीय राज्य चाहिँदैन। हामी अहिले नयाँ नेपालको निर्माण गर्न गइरहेका छौँ। नयाँ भनेको कस्तो हो र पुरानो भनेको कस्तो थियो भन्ने बारेमा बुझ्नु आवश्यक छ। हाम्रो अर्थमा पुरानो भनेको एकल जातीय, एकल धर्म संस्कृति, एकल भाषा, एक लिङ्ग, एक क्षेत्रको हालीमुहाली भएको र नयाँ नेपाल भनेको यी सबैको बराबर हक अधिकार भएको नेपाल हो। हिजोको शासन व्यस्थाले जजसलाई अधिकारविहीन बनाएको थियो उनीहरूलाई पनि अधिकार दिनुपर्छ वा दिएको हुनुपर्छ भन्ने नै नयाँ नेपालको सार हो। हिजो केही जाति र भाषी तथा संस्कृतिका मानिसहरूले जसरी रजाइँ गरे अब त्यो हुनु हुन्न, सबै जातिलाई राज्यले सम्मान गर्नुपर्छ त्यसका लागि पहिचान र सम्मानको आधारमा राज्यको पुनः संरचना गर्नुपर्छ भन्दा तपाईंहरू जातीय राज्य चाहिँदैन भन्नु हुन्छ। तमाम आदिवासी जनजाति र मधेसीहरूले जातीय पहिचानको आधारमा राज्यको पुनः संरचन गर्नुपर्छ भन्ने मान्यताको विरुद्धमा तपाईंहरू फेरि एउटै जाति, भाषा र धर्मलाई बचाउनका लागि वा त्यसलाई यथास्थितिमा राख्नका लागि जातीय राज्य चाहिँदैन या आदिवासी जनजाति र मधेसीहरूको पहिचान चाहिँदैन भन्नुहुन्छ भने तपाईंहरूलाई आदिवासी जनजाति र मधेसी विरोधी भन्ने कि नभन्ने ? याद राख्नु होला मानिसले राजनीति पार्टी खोलेर मात्रै गर्दैन। पोपहरूले चर्च खोलेर पनि राजनीति गरेको इतिहास छ। हो, व्यापार व्यवसाययले राजनीति गर्दैन, नाफा नोक्सान गर्छ तर व्यापार व्यवसायीहरूले राजनीति पनि गर्छन् भने तपाईंहरूले पनि व्यापार व्यवसायमा राजनीति गर्दै हुनुहुन्छ भन्दा के फरक पर्छ र ? प्रचण्ड, झलनाथ र सुशील कोइरालाहरूले माओवादी, एमाले र काङ्ग्रेस पार्टी खोलेर राजनीति गरिरहेका छन्। उद्योग व्यवसायीहरूले उद्योगधन्दा खोलेर राजनीति गरिरहेका छन् भन्दा के झुठ्ठो बोलेको हुन्छ र ? आदिवासी जनजाति र मधेसीहरूले जातीय र क्षेत्रीय पहिचानको आधारमा राज्यको पुनर्संरचना गर्नुपर्छ भनिरहेको बेलामा जातीय राज्य हुनुहुँदैन भनेर काङ्ग्रेस, एमाले, राप्रपा, जनमोर्चाकै भाषामा तपाईं व्यापारीहरू पनि भन्नु हुन्छ भने तपाईंहरू र काङ्ग्रेस एमाले तथा जनमोर्चाको कार्यकर्ताबीच भिन्नता छ भनेर कसरी भन्ने ? यो भन्दा चर्को राजनीति अर्को के हुन सक्ला र ? तपाईंहरूले याद राख्नुभयो होला। छैन भने सम्झना गर्नु होला तपाईंहरूले दरबार मार्गमा सद्भाव र्‍याली गरिरहेको बेलामा वसन्तपुरको डबलीमा आदिवासी जनजातिहरूले सबै जातिहरूको जातीय राज्यको माग गरेर खस एकल जातीय राज्यको विरोध गरिरहेका थिए। त्यो सभा बरु राजनीतिक थिएन भनेर भनेका छन्। किनभने त्यो सभामा सबै राजनीतिक पार्टीसँग आबद्ध भएका र नभएका आदिवासी जनजाति र मधेसीहरूको उपस्थिति थियो। माओवादीदेखि लिएर काङ्ग्रेस एमालेसँग सम्बद्ध सबै आदिवासी जनजातिहरू वसन्तपुरमा अधिकारका लागि र्‍याली निकालिरहेको बेलामा तपाईंहरूको र्‍यालीमा तरुण दल र युवासङ्घ जस्तो राजनीतिक पार्टीका भातृसङ्गठनहरूका कार्यकर्ताहरू जातीय राज्यको विरुद्धमा नारा लगाइरहनुले तपाईंहरूको उद्योग वाणिज्य सङ्घ पनि तिनै पार्टीहरूको भतृसङ्गठन जस्तै हो भनेर टिप्पणी गर्दा निराधार आरोप हो भनेर कसरी खण्डन गर्नु हुन्छ ? र्‍यालीमा मानव अधिकारकर्मी, पत्रकार र थुप्रै सामाजिक तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो भन्ने समाचार सुनियो र देखियो पनि। सबै एउटै ठाउँमा आउनु राम्रो कुरा हो। तर कुन मुद्दा र सन्दर्भमा आए त्यो ठूलो र महìवपूर्ण कुरा हो। अन्य सङ्घ संस्थाको बारेमा मेरो भन्नु छैन तर मानव अधिकारकर्मी र पत्रकारहरूलाई आदिवासी जनजाति, मधेसी, महिला र दलितहरूको प्रश्न छ, आदिवासी जनजातिको जातीय पहिचानको अधिकारलाई ओझेलमा पारेर जातीय राज्य चाहिँदैन भन्ने र्‍यालीमा नारा लगाउँदा अरू जाति, वर्ग, क्षेत्र र लिङ्गको पहिचानको आान्दोलनमा विभेद गरेको ठहर्छ कि ठहर्दैन ? मानव अधिकार भनेको सबै जाति, वर्ग, धर्म, लिङ्ग र वर्णका लागि निरपेक्ष हुन्छ कि जाति, वर्ण, वर्ग, क्षेत्र र लिङ्ग विशेषको सापेक्ष हुन्छ ? भर्खरै सम्पन्न आदिवासी जनजातिको तीन दिने बन्द कार्यक्रममा बन्दकर्ताले पत्रकारहरूलाई अपमान गरे र कतिपय ठाउँमा भौतिक आक्रमण गरे भन्ने समाचार सुनियो र देखियो पनि। हो, प्रेस स्वतन्त्रता हुनै पर्छ। त्यो बन्दको कार्यक्रममा पत्रकारमाथि भएको दुव्र्यवहारको खण्डन हुनै पर्छ। त्यसमा मेरो विमति छैन। तर जातीय राज्यको पक्षमा गरिएको नेपाल बन्दको आन्दोलनमा घाइते भएको र दुव्र्यवहार खेपेका पत्रकारहरू जातीय राज्य चाहिँदैन भन्ने र्‍यालीमा नारा लगाइरहेको देख्दा दुव्र्यवहार गर्ने आदिवासी जनजाति आन्दोलनकर्मीले उक्त दुव्र्यवहार बेठिक रहेछ भनेर आत्मग्लानि गर्ला वा ठीक गरेँछु भनेर गौरब गर्लान् ? सद्भाव र्‍यालीमा हजारौँ मानिस आए, रमाए, आआफ्नो धारणा राखे गए। त्यो नौलो कुरा भएन। तर त्यहाँ को को आए, के के भने र के के गरे ? त्यो मननीय छ। यस्तो काम सद्भावको नाममा विभेद भयो कि भएन ? सफेद पोसाकमा आएकाहरूले कुफत गरे गरेनन् ? कतै सेतो कपडामा सजिएकाहरूले कालो करतुत गरे कि ? सद्भाव राख्न आएकाले विभेद गरे या सद्भावले विभेद गर्‍यो कि ? यी विषयहरू च्ााहिँ अहं हो भन्ने लाग्दछ। यी विषहरूमा केही सवालहरू छन्। पहिलो कुरा, जुनबेला दरबार्गमा सद्भाव र्‍याली भइरहेको थियो त्यतिखेर आदिवासी जनजाति र मधेसीहरूको वसन्तपुरमा पहिचानको आधारमा राज्यको पुनर्संरचना हुनुपर्छ भन्ने सभा पनि चलिरहेको थियो। वसन्तपुरमा जातीय पहिचानको राज्य हुनुपर्छ भन्ने सभा भइरहेको बेलामा दरबार मार्गमा जातीय राज्य चाहिँदैन भन्ने र्‍यालीको आयोजना हुनु भनेको एक अर्कामा सद्भाव हो या विभेद हो ? वसन्तपुरको सभा र दरबारमार्गको र्‍याली एक अर्कामा परिपूरक हो कि विपरीतार्थ ? निःसन्देह यी सभा र र्‍यालीहरू प्ारिपूरक होइनन्। एउटाले चाहिन्छ र एउटाले चाहिँदैन भन्नु यिनीहरू एकअर्कामा सद्भाव छर्ने होइन विभेद् छर्नेहरू हुन्। आदिवासी जनजातिहरूले त आफूमाथि विभेद भएकाले विभेद सभा राख्यो तर दरबारमार्गको र्‍यालीले भनाइमा सद्भाव भने पनि गराइमा त विभेद नै गर्‍यो। के यसको कुनै तर्क र जवाफ छ आयोजकसँग ? जातीय राज्य चाहिँदैन भने जातीय पहिचान चाहिँ चाहिन्छ कि चाहिँदैन ? बक्खु कुन जातिको पहिचान या राष्ट्रियता हो ? हाकुपटेसी कुन जातिको हो ? घल्यक र छिट्को गुन्यु कुन जातिको संस्कृति र पहिचान हो ? के यी पहिचानहरू राष्ट्रियता होइन ? केबल दौरा सुरुवार, खसभाषा र हिन्दु धर्म मात्रै राष्ट्रियता हो ? यी शेर्पा, राई, नेवारका भाषा राष्ट्रिय होइन ? हो भने यत्रो विविधता हुँदा हुँदै कसरी एउटै राष्ट्रियता भयो ? हामी एउटै कसरी भयौँ ? हाम्रो राष्ट्रियता कसरी एउटै भयो ? त्यसैले आदिवासी जनजातिहरूले भन्दै आएका छन् एउटै जाति होइनौ, धेरै जाति हौँ र छौँ। हाम्रो राष्ट्रियता धेरै छ। हामी धेरै राष्ट्रवादी छौँ तर राष्ट्र चाहिँ एउटै छ। एउटा राष्ट्र र एउटै राष्ट्रियता छ भन्नु नै विभेद हो। एउटै जाति छ भन्नुको मतलब एउटा राष्ट्र नेपाल छ र एउटै राष्ट्रियता खस छ भन्ने हो। अरू राष्ट्रियता छैन भन्ने भनाइ हो। विभिन्न राष्ट्रहरू मिलेर संयुक्त राष्ट्रसङ्घ बनेको छ यसको मतलब यो संसारमा एउटै मात्रै राज्य छ भन्नु ठीक हो त ? के अरू राष्ट्र छैन त ? अन्तिममा म आयोजक र र्‍यालीमा सहभागीहरूलाई केही प्रश्न गर्न चाहान्छु ः मान्छेको एउटै जात हुन्छ भन्ने शब्दहरू सुन्दा अहिलको सन्दर्भमा कालिकोटमा विष्टलाई जदौ नगरेको कारण पिटाइखाएका दलितहरूले दरबारमार्गमा सुकिलो पोसाकमा सजिएको विष्टहरूले लगाएको यो नाराले विभेद गर्‍यो कि सद्भाव छर्‍यो ? जातीय पहिचानको आधारमा राज्यको पुनर्संचना हुनुपर्छ भन्ने सम्पूर्ण आदिवासी जनजातिहरूलाई जातीय राज्य चाहिँदैन भन्ने र्‍यालीको नाराले सद्भाव छर्‍यो कि विभेद गर्‍यो ? बोक्सीको आरोपमा मरणासन्न हुनेगरी कुटाइ खाएर ओछ्यान लडेकी सिरहाको एक मधेसी दलीत महिलालाई हामी सबै एउटै हौँ, हाम्रोे देशमा एउटै कानुन छ भनेर सद्भाव र्‍यालीमा हिँड्ने महिलाले भन्दा बोक्सीको आरोप लागेको महिलाले पत्याउलन् त ? पार्टीगत रूपमा माओवादीले उठाउँदै ल्याएको जातीय पहिचानको मुद्दालाई अस्वीकार गरेर जातीय राज्य हुनु हुँदैन भनेर र्‍यालीमा सहभागी युथफोर्स र तरुणदलका कार्यकर्ताले भन्दा माओवादी, काङ्ग्रेस र एमालेबीच र्‍यालीले सद्भाव राख्यो कि विवाद चर्कायो ? यसर्थ के भन्न सकिन्छ भने सद्भावका नाममा व्यापारीहरूले विभेदको राजनीति गर्न लागेको पो हो कि ? व्यापारी महोदयलाई मेरो अनुरोध छ, व्यापारीहरूले जति सकिन्छ कमभन्दा कम नाफा राखेर सबै जाति, वर्ग र धर्मालम्बीहरूलाई आफ्नो व्यापार व्यवसाय गरे त्योभन्दा ठूलो सद्भाव केही हुँदैन। तर, सद्भावको नाममा यस्तो विभेदको नारा लगाउनु र कर्म गर्नु पेसागत मर्यादा होइन। -लेखक संविधानसभा सदस्य हुनुहुन्छ)
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px