Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
प्रतिभा पलायनको पिरलो
राजेशमान के.सी.
 

प्रतिभा-पलायन भन्नाले सामान्यतया एक मुलुकबाट अर्को मुलुकमा हुने बौद्धिक बसाइँसराइलाई लिन सकिन्छ। यसलाई अझ स्पष्ट रूपमा भन्ने हो भने विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा हुने दक्ष जनशक्तिको बसाइँसराइलाई प्रतिभा पलायनको रूपमा लिन सकिन्छ।

यथार्थमा प्रतिभा पलायन भनेको विकसित राष्ट्रहरूले विकासोन्मुख मुलुकबाट गर्ने बौद्धिक सम्पत्ति र प्रतिभाको एक प्रकारले चोरी नै हो। साँच्चै भन्ने हो भने विकसित मुलुकले यसबाट दक्ष र बौद्धिक क्षमतावान व्यक्तिहरू लिएर विकासोन्मुख मुलुकमा एक प्रकारको ठूलो खाडल वा भ्याकुम नै खडा गरिदिएका छन्।

प्रतिभा पलायनको कुरा गर्दा खासगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायत जस्ता मुलुकले अहिले विश्वभरिबाट दक्ष र सीपयुक्त व्यक्तिहरूलाई बसाइँसराइको लागि विभिन्न आर्थिक र अन्य अवसर प्रदान गर्दै आइरहेका छन्। त्यसमा पनि संयुक्त राज्य अमेरिका धेरै लामो समयदेखि बसाइँसराइ ग्रहण गर्ने सबैभन्दा ठूलो मुलुक बन्न पुगेको छ।

अमेरिकाले हरेक वर्ष करिब ५० हजार मानिस विश्वभरिबाट सांस्कृतिक आयातको नाममा ग्रहण गर्ने गर्दछ। यो छनोट डाइभरसिटी भिसा अर्थात् डि.भी. छनोटको नाममा गर्ने गरिन्छ। डि.भी. चिट्ठा भनी नामकरण गरिए तापनि मूल रूपमा यो चिट्ठाकै आधारमा खोलिने र आप\mनो भाग्य चम्काउने खेल भने होइन। अर्थात् यस प्रक्रिया अन्तर्गत छनोट भएका सबै व्यक्तिले अमेरिका जाने अनुमति प्राप्त गर्छन् भन्ने होइन।

डि.भी. चिट्ठा परिसकेका कतिपय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अमेरिका जान नपाई आप\mनो भएको ऋण धन पनि गुमाएर पुर्पुरोमा हात राखेर बस्नुपरेको उदाहरण धेरै छन्। यसरी डि.भी. चिट्ठा परिसकेका व्यक्तिलाई पनि आवश्यक सबै प्रकारको पूर्वाधार पूरा भइसकेपछि मात्र अमेरिकी राजदूतावासले अन्तर्वार्ता लिन्ो गर्छ र त्यो व्यक्ति उनीहरूको आवश्यकता अनुरूप छ भन्ने उनीहरूलाई लागेपछि मात्र त्यस्ता व्यक्तिले डि.भी. चिट्ठा मार्फत् अमेरिका जाने अनुमति पाउँछ। त्यसैले यो प्रक्रियालाई पनि एक किसिमले प्रतिभा पलायनकै रूपमा लिन सकिन्छ।

त्यसो त मानिस स्वभावतः आप\mनो गुणस्त्ारीय जीवनयापनको खोजीमा हुन्छन्। तर जब उनीहरू गुणस्तरीय जीवन यापनको लागि अर्थात् आर्थिक उपार्जनको लागि आप\mनो मुलुकमा उपयुक्त वातावरण पाउँदैनन् तब उनीहरू विदेशी भूमिमा बसाइसराइ गर्न उत्प्रेरित हुन्छन्। त्यस्तै जब सिङ्गो मुलुक आन्तरिक द्वन्द्वमा फस्छ र यसबाट खासगरी निम्न र मध्यमवर्गका मानिस उत्पीडित हुन पुग्छन्। नागरिक अधिकार र शान्तिसुरक्षा जस्ता आधारभूत मानवीय कुरासमेत गौण बन्न पुग्छन्। यस्तो अवस्थामा प्रतिभा-पलायनले तीव्र रूप लिन थाल्छ। यसका साथै पश्चिमी मुलुकको रहनसहन र मूल्य-मान्यताको अन्धानुकरण गर्नु पनि प्रतिभा-पलायनको एउटा प्रमुख कारण हो भन्न सकिन्छ।

कतिपय व्यक्ति पश्चिमा मुलुकको जीवनशैलीबाट, उनीहरूको शिक्षा प्रणालीबाट अनि विज्ञान र प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिबाट प्रभावित हुन पुग्छन् जसले गर्दा उनीहरू पश्चिमी मुलुकमा बसाइँसराइका लागि लालायित हुन पुग्छन्। त्यसो त केही विकसित मुलुकले छात्रवृत्ति, अनुदान, तालिम र सांस्कृतिक आदानप्रदानको सुविधा पनि प्रदान गर्दछन्।

यसबाट दक्ष जनशक्ति विकसित मुलुकमा पलायन हुन पुग्छ जसको परिणामस्वरूप विकसित मुलुकहरू झन्-झन् सम्पन्न हुँदै जान्छन् भने हाम्रो जस्तो गरिब मुलुक पछाडिको पछाडि पर्दछन्।

विडम्बनापूर्ण कुरा के छ भने हामी बर्सेनि एक अर्ब रुपियाँ खाडी मुलुकमा काम गर्ने नेपाली कामदारबाट स्वदेशमा विप्रेषणको रूपमा भित्रयाउँदा दङ्ग पछौर्ं। तर आप\mनै मुलुकमा दिन प्रतिदिन बढ्दै गएको दक्ष र तालिमप्राप्त जनशक्तिको अभावतर्फ भने आँखा चिम्ले झैं बस्छौं।

निश्चय पनि हाम्रो जस्तो गरिब र विकासोन्मुख मुलुकका शिक्षित युवा समुदायले पश्चिमी मुलुकबाट छात्रवृत्ति र अनुदानका रूपमा अवसर प्राप्त गर्नु भनेको आफैंमा नराम्रो कुरा होइन। यसबाट त्यस्ता गरिब र जेहेन्दार नेपाली युवाहरूले आप\mनो आर्थिक र वृत्ति विकास गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गर्दछन् तर यसलाई सकारात्मक रूपमा तब मात्र लिन सकिन्छ जब उसले विकसित मुलुकबाट आफूले सिकेको सीप, ज्ञान र प्रविधि पछि आप\mनै मुलुकमा उपयोग गर्दछ र देशलाई समुन्नत तुल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। तर वास्तविकता त्यस्तो देखिएको छैन।

उच्च शिक्षा र प्रविधि हासिल गर्न भनी बाहिरी मुलुकमा त ऊ पुग्छ तर जब ऊ पश्चिमी जीवनशैलीबाट विस्तारै प्रभावित हुँदै जान्छ र त्यहाँको खुला संस्कृति र रहनसहनबाट आकषिर्त हुन थाल्छ तब उसलाई आफू जन्मे हुर्केको समाजप्रति नै वितृष्णा उत्पन्न हुन थाल्छ र अन्ततः ऊ त्यहीं बसोबास गर्ने निचोडमा पुग्छ।

वास्तवमा प्रतिभा पलायन आज हाम्रो जस्तो गरिब र विकासोन्मुख मुलुकका लागि एउटा टाउको दुःखाइकै विषय बनिरहेको छ। एक जानकारी अनुसार अहिले भारत लगायत अन्य खाडी मुलुकमा मात्र झण्डै १० लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन्। हुन त यसबाट हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई केही हदसम्म धानिराखेको पनि छ। नेपाली कामदारहरूले पठाउने गरेको विप्रेषणलाई नेपली अर्थतन्त्रको एउटा महत्त्वपूर्ण टेवाको रूपमा पनि लिने गरिएको छ। तर यसबाट राष्ट्रको समग्र आर्थिक सामाजिक जीवनमा परेको प्रतिकूल असरतर्फ चाहिं हाम्रो ध्यान पुग्न सकिरहेको छैन। यो अत्यन्त दुःखलाग्दो कुरा हो।

त्यसैले प्रतिभा पलायनको समस्यालाई बेलैमा सम्बोधन नगर्ने हो भने मुलुकले ठूलो सङ्कटको सामना गर्नुपर्ने कुरालाई नकार्न सकिन्न। यसका लागि सर्वप्रथम त समस्याको मूल जरो के हो त्यसको सही पहिचान हुनु आवश्यक छ। कुनै पनि रोगको राम्रो उपचार गर्नु अघि सर्वप्रथम त्यसको सही निदान हुनुपर्दछ। तब मात्र त्यसको उचित र प्रभावकारी उपचार हुन सक्तछ।

यस हिसाबले भन्नुपर्दा प्रतिभा पलायनको सबैभन्दा महत्त्वपूर्ण कारकतत्व भनेको हाम्रो विद्यमान त्रुटिपूर्ण शैक्षिक प्रणाली नै हो भन्न सकिन्छ। जसले शैक्षिक बेरोजगारहरूको सङ्ख्या मात्र बढाइरहेको छ। तर राष्ट्रको माग र आवश्यकतालाई परिपूर्ति गर्न सकिरहेको छैन। त्यसपछि अन्य कारकतत्वको बारेमा भन्नुपर्दा प्रतिभाको उचित कदर र पहिचान हुन नसक्नु अनि दक्ष र तालिमप्राप्त व्यक्तिले समेत उपयुक्त रोजगारको अवसर प्राप्त गर्न नसकी सडक गल्लीमा भौंतारिएर हिंड्नुपर्ने अवस्था विद्यमान रहनु हो।

यी र यस्ता समस्यातर्फ केन्दि्रत रही कृषिमा आधुनिकीकरण, वातावरण मैत्री उद्योगहरूको विकास, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र महिला, दलित एवं उत्पीडितहरूको उचित शिक्षा र सीपमूलक तालिमको व्यवस्था एवं रोजगारीमा जोड दिनुपर्ने टड्कारो खांचो देखिएको छ। राज्यले यसतर्फ बेलैमा ध्यान नपुर्‍याउने हो भने स्थिति भयावह बन्दै जाने र यसले मुलुकमा जटिल आर्थिक-सामाजिक समस्या निम्त्याई सिंगो मुलुक द्वन्द्वमा धकेलिनेछ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px