काठमाडौँ, जेठ १२ गते। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६३औँ वाषिर्क साधारणसभाले सात दशमलब ३७ प्रतिशत बोनस सेयर बाँडफाड गर्ने निर्णय गरेको छ।
आर्थिक वर्ष ०६७-६८ मा ३९ करोड ७४ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३८ करोड ३१ लाख बीमा शुल्क आर्जन भइसकेको बताइएको छ।
सो इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा १५.९२ प्रतिशत बीमा शुल्क बढी आर्जन गरेको हो।
मुलुककै पहिलो बीमा कम्पनीको रूपमा स्थापित नेपाल इन्स्योरेन्स कम्पनीले नर्जीवन बीमाअन्तर्गत अग्नि, मोटर, सामुदि्रक, इन्जिनियरिङ, हवाई जस्ता विविध बीमा गर्दै आएको छ।
हाल मुलुकभर गरी १६ वटा कार्यालय स्थापना गरी बीमा सेवा उपलब्ध गराउँदै आएको सो इन्स्योरेन्सले साधारणसभामा आˆनो सेवालाई अझै बढी पारदर्शी ग्राहकमुखी तथा सरल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।