धुन्चे , जेठ १३ गते। हिमाली क्षेत्र लाङटाङमा चौरी गाईको दूधबाट उत्पादित चिजको उत्पादन यो वर्ष बढ्ने भएको छ। वि.सं. २००९ सालमा स्विटजरल्यान्डका वर्नर सुल्थेुसले सुरु गरेकमा चिज उत्पादन केन्द्र अझै पनि सुचारु रूपले सञ्चालन भइरहेको छ।
उच्च हिमाली क्षेत्र लाङटाङमा उत्पादन भएको चिज विदेशी तथा स्वदेशी पर्यटकले विशेष मन पराउने गरेका छन्। लाङटाङ घुम्ने आउने पर्यटकहरूले चिजलाई एक चिनोको रूपमा लैजाने गरेको लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिङका केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो।
गत वर्ष चार हजार किलो चिज र दुई हजार किलो बटर उत्पादन भएको थियो। यस वर्ष ६ हजार किलो चिज र तीन हजार किलो बटर उत्पादन गर्ने लक्ष्य रहेको छ, केन्द्र प्रमुख तामाङले बताउनुभयो।
लाङटाङ क्षेत्रमा ४३ जना कृषकहरूले उत्पादन गरेको दूधबाट प्रतिलिटर २७ देखि ३२ रुपियाँसम्म लिने गरेका छन्। दूधको उत्पादन कम हुनाले कार्तिकदेखि वैशाख महिनासम्म चिज उत्पादन बन्द हुने गरेको छ। समयानुकूल दूधको मूल्यमा वृद्धि गर्नु पर्नाले केही मूल्यमा वृद्धि भए पनि यहाँको चिज राम्रोसँग नै बिक्री हुने गरेको केन्द्रले जनाएको छ।
भर्खरै मात्र लाङटाङको भ्रमणमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मीले चिज उत्पादन केन्द्रको सुधारका लागि सुझाव दिनुभएको छ। उहाँले ˆयाक्ट्रीको वरिपरी फोहोरमैलो व्यवस्थापन, घेराबार, चौरीपालक कृषकलाई प्रोत्साहित गर्नु पर्ने, चौरीखर्क तथा चरन व्यवस्थापन गर्नु पर्ने र इन्धनको रूपमा बैकल्पिक ऊर्जाको प्रयोग गर्न प्रहरी नायव उपरीक्षक अच्युत पुडासैनीले पनि लिखित केही सुधारका लागि सुझाव दिनु भएको छ।