Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
गणतन्त्रको चार वर्ष
जुनारबाबु बस्नेत
 

च्यूरा वा चिउरा जे भने पनि यसको मिठास र कम्तीमा पनि नेपाली व्यापकताको बयान छैन। भिजाएर वा उसिनेको धानबाट चिउरा बन्छ। उहिले ढिकी वा ओखलमा चिउरा बन्थ्यो, अहिले मिलमा पनि चिउरा बन्छ। यो कसले आविष्कार गर्‍यो होला ? पक्कै यो पश्चिमा वैज्ञानिकको प्रयोगशालामा आविष्कार भएको होइन। यो दक्षिण एसियाकै खाना हो। त्यो पनि अझ बढी त नेपालमै लोकपि्रय होला।

राजधानीको नेवार समुदायको च्यूरासित गहिरो सांस्कृतिक सामीप्य छ। तराईमा पनि उत्तिकै लोकपि्रय। पहाडमा पनि च्यूरासित दसैँ जोडिन्छ। बजारशास्त्रले हिमालतिर पुगे पनि उसले नाईनास्ति भन्दैन। लोकपि्रयता र समानता छन् च्यूरामा। च्यूरामा दही अनि केरा पनि थपे। केरा पनि अझ मालभोग भए त। त्यसको मिठास भनिसाध्य छैन, हुन्न्ा। सबैले रुचाउने यो च्यूरा नेपाली जीवनको समान आधार बन्न सक्छ। तर यो चार वर्षमा देशले बनाएको च्यूरा भने अत्यन्तै महँगो हुँदैछ ?

त्यसो त आज जेठ १५, गणतन्त्र दिवस। राष्ट्रले गौरव मनाउने दिन। नेपाललाई नयाँ दिशा दिएको दिन। समृद्धिको यात्रातर्फको यात्रा संस्मरण गर्ने दिन। समृद्धिका लागि प्रतिवद्धता व्यक्त गर्ने दिन। त्यसै पनि देशले दही र केरासँगै च्यूरा खानुपर्ने दिन। चार वर्ष अघिको त्यो हौसला, त्यो उत्साह अनि आर्थिक तथा सामाजिक समृद्धिप्रति अपार उत्साह छाएको दिन। सबै कुरा ठिक समयमा भएको भए मुलुकले नयाँ संविधान दुई वर्ष अघिनै पाउँथ्यो। नयाँ निर्वाचनले देशलाई नयाँ सरकार दिन्थ्यो। त्यो नयाँ सरकारले पनि शायद एक वर्षमा सम्पादन गरेका कामहरूको समीक्षा गथ्र्यो यतिबेला। विपक्षहरूले आलोचना गर्थ्ो होलान अनि सरकार जनमत र प्रतिपक्षको कदर गर्दै थप प्रतिवद्धताको मैदानमा हुन्थ्यो। गणतन्त्र दिवसको दिनमा मुलुकले समृद्धिको आधारशीला खडा गर्दैहुन्थ्यो। अर्थतन्त्रका आधारहरू सतहमा आउन थाल्थे जसरी अरू मुलुकहरू राष्ट्रिय दिवसका दिन आत्मगौरवका अनन्त संसारमा डुबुल्की मार्छन्।

बिडम्बना, आज च्यूरा महँगो भएको छ। प्राकृतिक स्रोत र साधनले भरिएको देश , आज अभावमा छटपटिएको छ। आलेखका अक्षरहरू तयार हुँदा पटक पटक थपिएको संविधानसभाको म्यादका अन्तिम पलहरू छिरोलिएका छन् - बानेश्वर, बालुवाटार, शितल निवास...मा। निर्धारित समय दुई वर्षको दोब्बर। पूरै चार वर्ष। चारवर्ष सकिन केही घण्टा शेष रहँदाका क्षणहरूमा नेपाल आमाको क्रन्दन। त्यो क्रन्दनमा निस्पृह छ राजनीति अनि त्यसैले थुपारेका फोहरहरू। लगभग सिङ्गो देश नशामा । कसैलाई जातको नशा । कसैलाई पहिचानको नशा। कसैलाई भातको नशा। कसैलाई मधेशको नशा। कसैलाई बन्दको नशा। कसैलाई खण्डको नशा। कस्ौलाई अखण्डको नशा। जनता शास्तीको चरम दुरावस्थामा। लहानमा चारदिनदेखि अलपत्र यात्रु। स्थानीयले दया र सहिष्णुताको सागर खन्याउँदैछन्। खाना खुवाउँदै छन्। अलपत्र यात्रु, वृद्धवृद्धा। सुत्केरीको चीत्कार। सुदूरका अस्पतालमा स्लाइन सकियो। अक्सिजन छैन। सिटामोल नपाएर बढ्दै छ ज्वरो। किसानका करोडौँ रुपियाँका उत्पादन खेतबारीमै असरल्ल। चार वर्षको अन्तिमसम्म के भएन र ? तैपनि सास हुन्जेल आश हुनेनौ भयो। साँच्चै अन्तिम क्षणसम्म आश मरेको छैन। द्वेष भए पनि, आक्रोश भए पनि, भय भए पनि, त्रास भए पनि समय अवसर हो। समय संसार हो। क्षणको बेहोसीले संसार जल्न सक्छ। तर होसीले संसार जोखिन सक्छ। जोगिने आशा र चमत्कारको जिगिवीषा नेपाली जनताले पालेका छन्। अन्तिम घडीमा कुनै चमत्कार भएर देशलाई अनिष्टको अन्धकारबाट जोगाउने उपाए खोजी हुने जनताको आशा ? विचरा जनताले के पो विराए र ?

च्यूरा धनी गरिब सबैको खान्गी । साच्चै च्यूरा आर्थिक लोकतन्त्र। तर यो चार वर्षमा देशले कस्तो च्यूरा बनायो ? नीतिबिनाको नेता, विधिविनाको विधान अनि सिद्धान्तबिनाको राजनीतिको आधारभूत चरित्र मौलाउँदै छ। यो चार वर्षे च्यूराका साझा विशेषता के रहे। माक्र्सको जात के थियो, खोजियो। लेनिनको गोत्र खोजियो। माओको नाक हेरियो। गान्धीको गन्ध हिंसामा खोजियो। यसले नेपाली समाजलाई कहाँ पुर्‍याउँला ? महान् समाजवादी चिन्तक रोजा लक्जेम्वर्गले उहिल्यै भनेकी हुन्- कम्युनिष्टहरूले जातीय मुद्दा उठाउँदा ती जातिभित्रका माथिल्ला वर्गले उपयोग गरेर वर्गीय मुद्दा पतनको बाटोमा जान्छ। सायद् गइरहेकेा छ। आज काम गरेर आजै खाने लाखौँ नेपाली अहिले जिउदै मरिरहेका छन्। उसो त सोभियत सङ्घको त्यो दुर्दशा अनि युगोस्लाभिया र रुवान्डाको कथा नेपाली वामन्थीका लागि पाठ भएन। सबैका लागि समानताको आधार हुने च्यूरा लाक्षाणिक अर्थमा खालास् च्यूरा हुनजान्छ। झन्डै आज त्यही भएको छ। बरु थप अरू पनि।

हो, नेपालीका लागि यी चार वर्षका च्यूरा लाक्षाणिक अर्थमा पुगेको छ। धरै विषय फलामका च्यूरा भएका छन्। नेपालमा अब कम्तीमा २० वर्ष माक्र्सवादको चिन्तन हुने छैन। जात र गोत्र अनि रङ्ग र वर्णमा प्रगतिका धेरै कुरा अल्झने छन। राज्य खोज्ने रहरले आˆनै भूमि बिरानो हुने आजको दुर्दिन कसरी चाँडो अन्त्य होला। वामपन्थी चिन्तक प्रा. डा. चैतन्य मिश्रले त्यसै भनेका होइनन् - कम्युष्टि बाहुल्य अहिलेको नेपालमा वर्गीय मुद्दा ओझेलमा पारेर बढो विचित्रको अवस्था देखिएको छ। अब वर्गीय मुद्दा त पुँजीपतिले पो उठाइदिनु परेको छ। कम्युनिष्ट राजनीतिज्ञहरूले त छाडे। लोकतन्त्रको आधार जति व्यैक्तिक स्वतन्त्रता हो त्यतिनै माक्र्सवादको समुचित विश्लेषणबाट आर्थिक समानतामा अग्रसर हुने बाटो पनि। शायद माक्र्सवादको विकास नभएको भए पश्चिमा पुँजीव्ाादले आजको समृद्धि हासिल गर्न सक्ने थिएन। तर नेपालीका लागि किन अति महँगो हुँदै छ चार वर्षको च्यूरा ?

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px