Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
सशस्त्र क्रान्तिको अभ्युदय
 

नेपालमा राजतन्त्र अन्त्यका लागि भएको सशस्त्र सङ्घर्षका अग्रणी व्यक्तित्व रामराजाप्रसाद सिंहलाई रुसमा जारशाहीको अन्त्य गर्ने महानायक लेलिनका दाजु अलेक्ज्यान्डरसरह मानिन्छ। वि.सं. २०४२ सालको बमविस्फोटनबाट गणतन्त्रका लागि क्रान्तिको बिगुल फुकेका सिंह २०२८ सालको स्नातकतर्फको निर्वाचनमा विजयी गणतन्त्रवादी नेता हुन्। प्रस्तुत छ-गणतन्त्रका लागि निरन्तर सङ्घर्षरत सिंहका सम्बन्धमा प्रकाशित 'आत्मवृत्तान्त रामराजाप्रसाद सिंह गणतन्त्रका लागि सङ्घर्ष' कृतिबाट उद्धृत एक अंश ः

जनमत सङ्ग्रहमा बहुदलको प्रचारको क्रममा नेपालगञ्जमा मलाई गिरˆतार गरियो। पक्रने छोड्ने र फेरि पक्रने यो क्रम चारचोटि दोहोर्‍याइयो। खेमराज मायालु र दिनेश श्रेष्ठका साथ सायद म सशस्त्र क्रान्तिको सातचोटि तयारीमा लागिसकेको छु भन्ने कुराको सुइँको सरकारले पाइसकेको थियो। नेपालगञ्जका धेरै साथीहरू मेरो प्रतीक्षामा रूपैडिया साइडमा बसेका थिए।

मलाई अहिले पनि याद छ नेपालगञ्जमा सरकारी वकिलले कागज गराउँदा पुलिसले यहाँबाट छुटेर गएपछि सशस्त्र क्रान्तिमा जानुहुन्छ कि ? भनेर सोधेको थियो। मैले भनेँ यो वाहियात कुरा हो। यो मलाई बदनाम गर्न खोजिएको हो त मसँग जे प्रश्न सोधियो त्यो साँचो थियो। म साँच्चै नै सशस्त्र क्रान्तिमा जाँदैथिएँ। त्यसैले यो मेरो रिहाइको विरुद्ध थियो। पछि मलाई जहाजबाट काठमाडौँ ल्याइयो र रिहा गरियो। मेरो ध्याउन्न जसरी हुन्छ सशस्त्र क्रान्तिको सुरुवात गर्ने भन्ने थियो। त्यसैले नेपालगञ्ज जेलमा रहँदा म जेलबाट भाग्ने योजना पनि बनाउँदै थिएँ। अदालतको आदेशले छाड्ने र फेरि प्रहरीले पक्रने क्रम चलिरहेको थियो। यो क्रम कहिले समाप्त हुने हो अनुमान गर्न सकिने स्थिति थिएन। साथीहरू क्रान्तिका लागि मेरो प्रतीक्षामा बसिरहेका थिए। त्यसैले मैले जेलबाट भाग्ने योजना बनाउन थालें।

जेलमा एकजना मधेसी पुलिस थिए। जेलबाट भाग्न मैले उनको सहयोग खोजें। उनी मैथिलभाषी थिए, म पनि मैथिलभाषी। हाम्रो भाषा मिल्यो। उसको नाम र ठाउँको परिचय पाइसकेपछि मैले सोधेँ- तपाईंंको बुबा के गर्नुहुन्छ। उसले जवाफ दियो- जन्मभर पुलिसमै बसेर आखिर हबल्दारबाट भएर रिटायर्ड हुनुभयो। मैले फेरि सोधेँ जन्मभर पुलिसमा जागिर खाएर कति कमाउनुभयो त बुबाले ? के हुनु, १० कट्ठा खेत र एक हल गोरु छ। त्यत्ति हो हाम्रो सम्पत्ति- उसले भन्यो। मैले भनेँ- तिम्रो घरको नजिकै त इन्डियामा मेरो जग्गा छ। म तिमीलाई पाँच बिघा जग्गा दिन्छु मैले भनेको मान्छौ।

ए Û त्यो तपाईंंको जमिनदारी हो ? उसले जिज्ञासा राख्यो।

हो, त्यो हाम्रो जमिनदारी हो। यदि तिमीले मलाई यहाँबाट भगाउन सक्यौ भने म त्यो जमिनदारीको पाँच बिघा जग्गा र १५ हजार रुपियाँ दिन्छु। उसले भाग्ने चाँजोपाँचो मिलाइदिएको भए मैले दिने सोचाइ बनाएर भनेको थिएँ कि मलाई भगाएपछि तिमी पनि पुलिसको जागिर छाडेर भाग्न चाहन्छौ भने थप १० हजार रुपियाँ पनि दिन्छु। यदि, राइफल पनि लिएर भाग्न सक्यौँ भने अर्को १० हजार रुपियाँ थप गरिदिन्छु। रुपियाँ दिन सकिँन भने त्यसबापत पनि जग्गा मिलाइदिन्छु।

जन्मभर उसका बाबुले जम्मा १० कट्ठा जग्गा मात्र कमाउन सके। अहिले मलाई सहयोग गर्दा पाँच बिघा जग्गाको व्यवस्था हुन लागिरहेको छ। त्यसैले मैले कुराले उसलाई के गरौँ के गरौँ हुन थाल्यो।

मलाई लामो समयसम्म राख्ने सम्भावना थियो। त्यसैले त्यो पुलिसलाई यदि तिमी मलाई लिएर भाग्न सक्छौ भने पैसा पहिले नै दिन्छु पनि भनेको थिएँ।

होइन, यहाँबाट भागेर घरमा पुगेपछि तपाईंले जे दिनुहोला, दिनुहोला। तपाईंंप्रति मलाई विश्वास छ, उसले भन्यो, मेरो राइफलमा गोली भइहाल्छ। भए जति लोड गरेर हाल्छु। त्यसपछि भाग्ने बेला अरूको पनि गोली र राइफल खोस्छु र लैजान्छु। यसरी त्यो पुलिसको सहयोगमा भाग्ने तयारी भइरहेको थियो।

तर चौथो दिन मलाई जहाजमा हालेर काठमाडौँ लग्यो। मायालुजी र दिनेश श्रेष्ठजीलाई नेपालगञ्ज जेलमै राखेको थियो। अनि भाग्ने योजना त्यत्तिकै तुहियो। म काठमाडौँ ल्याइएर रिहा भएँ। त्यसबेला बागमतीका अञ्चलाधीश सुन्दरप्रसाद शाह थिए। एकजना मानिस मलाई के भन्न आयो भने तपाईंंलाई अञ्चलाधीशले बोलाउनुभएको छ, भेट्न जानुस् रे Û

मेरो के काम छ र उनलाई भेट्ने ? मैले भनें यदि मैले कुनै अपराध गरेको छु र मलाई पुर्जी दिन्छन् भने म भेटौँला। जनमत सङ्ग्रहको बेलामा मलाई गिरˆतार गरेर बल्ल अहिले रिहा गरिएको छ। मैले अञ्चलाधीशलाई अहिले भेट्न जाँदा के भन्छन् मान्छेले ? म जान्न।

अञ्चलाधीश सुन्दरप्रसाद शाह मलाई रामराजाबाबुसँग भेट गराइदिनुपर्‍यो भनेर मेरो एकजना नातेदारकहाँ पुगेछन्। ती नातेदारले मकहाँ पूजा छ, जाउँ भनेर मलाई लिएर गए। घरमा पूजा रहेनछ, अञ्चलाधीश सुन्दरप्रसाद आएर बसेका रहेछन्। मलाई निकै रिस उठ्यो। अञ्चलाधीश सुन्दरप्रसाद के भन्छन् भने रामराजाबाबु अब युग बदलियो। हामीले तपाईंंको भाषण सुनेका छौँ। तपाईंका भाषणका शब्द राम्रा छन् तर भाषणमा तपाईंंले जे व्यक्त गर्ने गर्नुभएको छ त्यो उग्रतातिर जाने मान्छेमा देखापर्ने स्वाभाविक लक्षण हो। तपाईंं त्यही बाटोतिर जाँदै हुनुहुन्छ। तपाईं अहिले जतातिर जाने सोचाइ बनाइरहनुभएको छ त्यो नसोच्नोस्। हामी तपाईंलाई एकपटक महाराजाधिराजसँग भेट गराउन चाहन्छौँ।

ठट्टाको स्वरमा मैले भने म के गरौँ Û तपाईंहरूलाई लाग्छ होला महाराजाधिराजसँग भेट गर्नु भनेको देवताको दर्शन गर्नुसरह हो तर त्यही देवताले मलाई बिगारिरहेको छ। स्वर्गीय महाराजाधिराजसँग जेलबाटै लगेर मलाई दुईचोटि भेट गराइयो तर मैले के पाएँ ? देवताबाट केही फल पाइन्छ भन्छन्। तर मैले ती देवतालाई भेट्दा केही पाउनुको सट्टा गुमाएँ। राष्ट्रिय पञ्चायतमा स्नातक मतदाताहरूको भोट पाएर जितेको व्यक्ति त्यही राष्ट्रिय पञ्चायतबाट निष्कासित गरिएँ। कुनै अपराध नगरेको व्यक्ति चार वर्षसम्म सुरक्षा कानुनअन्तर्गत जेलमा बसेँ। महाराजाधिराजको दर्शनपछि अलिकति भए पनि फल पाउनुपर्ने हो किनकि उहाँ देवता हो भनेर तपाईंहरू भन्नुहुन्छ। देवता भनेको ईश्वर पनि हो तर मलाई यस्ता ईश्वर फापेनन् नफाप्ने ईश्वरसँग म भेट गर्दिनँ।

त्यस्तो कठोर भावना नराख्नोस्-उनले भने।

मैले भने कठोर भावना राखेको होइन। म महाराजाधिराज महेन्द्रप्रति अनुगृहित छु। यसकारणले कि कम्तीमा उनले मेरो कुरा त सुने। मलाई आफ्ना कुरा भन्ने मौका त दिए। मलाई एक्लै जेलबाट दरबार लगिएको थियो। यदि चाहेको भए त्यसबेला मलाई मार्न पनि सक्थे तर राजा महेन्द्रले त्यसो गरेनन्। रुचिकर नलागे पनि मेरो कुरा सुने। एउटा गणतन्त्रवादी र विद्रोही मान्छेको कुरा उनले सुनेकोमा म उनको तारिफ गर्छु। उनलाई के लाग्यो होला भने इतिहास त बदल्न सकिन्छ भने यो त व्यक्ति हो यसलाई म बदल्न सक्छु। त्यसैले, उनले मलाई दरबारमा झिकाए तर वीरेन्द्र राजा भएपछिको व्यवहार त्यस्तो रहेन। जनमत सङ्ग्रहमा समेत मलाई गिरˆतार गरी जेल हालियो। त्यसैले, अब मलाई राजासँग विश्वास छैन।

उनले भने- 'तपाईंले जुन क्रान्तिको कुरा गरिरहनुभएको छ, त्यो त कल्पना मात्र हो।'

मैले जवाफ दिएँ- 'हो, क्रान्ति कल्पना हो। हामी सबै कल्पनाको सहारामा बाँचेका हुन्छौँ। तपाईंलाई क्रान्ति कल्पना लाग्ला तर हाम्रा लागि क्रान्ति वास्तविकता पनि हो। त्यसैले अब म राजनीति अर्कैरूपले गर्छु। महाराजासँग भेट गर्दिनँ।'

उनले भने-'युग बदलिएको छ। बदलिएको यो युगको पहिचान तपाईंं गर्नुहोस्। पञ्चायती व्यवस्थामा समाहित हुनुहोस्। यसका लागि महाराजाधिराजसँग तपाईं भेट गर्नुहोस्। अहिले महाराजाधिराज काठमाडौँबाहिर होइबक्सन्छ। यदि तपाईंले भेट्ने हो भने म त्यहीँ जाने व्यवस्था पनि मिलाउँला। होइन भने एक हप्तापछि काठमाडौँमै आइबक्सन्छ र सरकार आइबक्सेपछि बिहीबार भेट गराइदिन्छु।' राजालाई भेटाउने योजना मलाई अप्ठ्यारोमा पार्ने प्रयत्न थियो। त्यसैले मैले एउटा उपाय निकालें अब म काठमाडौँबाट बाहिरिन्छु। उम्कने योभन्दा अर्को उपाय अब छैन। त्यसैले उहाँलाई भनिदिएँ 'भेट्नका लागि किन काठमाडौंबाहिर जानुपर्‍यो र काठमाडौँमै भेटौँला।' यसो भन्दा नै मप्रतिको निगरानी कम हुन्थ्यो र म सजिलै काठमाडौँबाहिर जान सक्थेँ।

नेपालमा बसेर धेरै अल्मलिनु ठीक छैन भन्ने मैले सोचिरहेको थिएँ। साथीहरू सबै बाहिर गइसकेका थिए। उनीहरू मेरो प्रतीक्षामा थिए। अब म क्रान्तिको तयारीमा लाग्नुथियो। त्यसैले मैले अञ्चलाधीशसँग काठमाडौँमै राजालाई भेट्छु भनेँ।

त्यही मौका छोपेर २-३ दिनपछि काठमाडौँबाट सुटुक्क बाहिर निस्केँ। मलाई नखोजून् भनेर अञ्चलाधीशलाई पढाएको थिएँ कि महाराजाधिराजलाई म भेट्नेछु। कसैलाई पनि मैले काठमाडौँ छाडेको कुरा थाहा थिएन। म सोझै कोइलाडीस्थित घरमा गएँ। कोइलाडीबाट नाउ चढेर इन्डियातिर लागेँ।

जेलमा बस्दा हाम्रो 'न्युक्लियस' बनेको थियो। त्यसमा म, खेमराज मायालु, राजेन्द्र खरेल र रामप्रसाद गिरी थियौँ। जेलबाट छुटेपछि यसलाई पार्टीको रूप दिने योजना थियो। पार्टी खोल्ने भनेको क्रान्तिका लागि हो तर हामी जति थियौँ त्यतिबाट क्रान्ति सम्भव थिएन। त्यसैले जेलबाट छुटेको २-३ वर्षसम्म सङ्गठन निर्माणको अथक प्रयत्न गरेको थिएँ। यसका लागि विराटनगरदेखि नेपालगञ्जसम्म पुगेको थिएँ। हरेक ठाउँमा ५-७ जनाको 'न्युक्लियस' बनाउने र क्रान्तिका योजना बनाउने काम भइरहेको थियो। क्रान्ति सुरु भएपछि कति मान्छे टिक्न सक्थे त्यो अर्कै कुरा हो तर सङ्गठन निकै राम्रो भएको थियो। साथीहरूबीच राम्रै सङ्गठन भएपछि अब म क्रान्तिका लागि पैसा, स्रोत-साधन आदिको व्यवस्था गर्नतिर लागेको थिएँ। स्नातक निर्वाचन जितेपछि म चार वर्ष जेल बसेँ। आर्थिक हिसाबले जेल बसाइ मेरा लागि फाइदाजनक नै भयो। कसरी भने चुनाव जितेपछि जेलमा बस्नुपरेकाले मलाई 'एम्नेस्टी इन्टरनेसनल' ले एचष्कयलबच या तजभ थ्भबच -वर्ष कैदी) बनाएको थियो र सबैसँग अपिल गर्दै भनेको थियो- हामीले उहाँको अफिस देख्यौँ, अफिस बन्द भइसकेको छ। उहाँकी श्रीमती आफ्ना नाबालक छोरा लिएर माइतमा जानुपर्ने स्थिति छ। त्यसैले रामराजाप्रसाद सिंहलाई हामी सबैको आर्थिक सहयोगको जरुरत छ।'

मसँग भेट्न आउँदा एम्नेस्टीले मेरो ससुरालीको ठेगाना लिएको थियो। विदेशीले मेरो सहयोगका लागि एम्नेस्टीलाई पैसा पठाउन थालेछन्। यससम्बन्धी चिठी एम्नेस्टीले श्रीमतीलाई पठायो। श्रीमतीले यो कुरा मेरो बुबालाई भनिन्। 'यसरी पैसा र चिठी आउन थालेको छ' भनी बुबाले जेला मलाई खबर पठाउनुभयो। मैले श्रीमतीलाई के खबर पठाएँ भने 'त्यो पैसा फिर्ता पठाइदिनु र भन्नु कि म अहिले माइतमा आफ्नो बुबाआमाको साथमा बसेकी छु। मेरा छोराहरू अहिले स्कुल जाने अवस्थाका छैनन्। त्यसैले तपाईंहरूले पवित्र उद्देश्य राखेर पठाएको यो पैसा फिर्ता पठाएको छु। मलाई आवश्यक परेमा माग्नेछु।' उनले यसै भनेर चिठी पठाइन्।

मलाई ज्यानमुद्दा लागेका बेला दुइटा प|mेन्च युवा जेलमा थिए। पासपोर्टसम्बन्धी केसमा उनीहरू जेल परेका थिए। एउटा अलिक अल्लारे थियो। अर्को प|mेन्च केटाले अङ्ग्रेजी राम्रोसँग जान्दथ्यो। जे ग्वेभारासँग भेट गर्नका लागि सिकेको प|mेन्च म अलिकति जान्दथें। उसले अङ्ग्रेजी जानेको, मैले अलिअलि भए पनि प|mेन्च जानेको। त्यसैले, हामी दुईको निकै राम्रो सम्बन्ध थियो। जेलमा बस्दा ऊ अन्तरङ्ग कुरा गर्ने साथी भइसकेको थियो। उसलाई भन्थेँ- 'मैले क्रान्ति सुरु गरेपछि तिमीहरूले कसरी सहयोग गर्छौ मलाई ?

उसले भन्यो- 'म आउँछु तिमीलाई सहयोग गर्न।'

ऊ पछि जेलबाट छुटेर गयो। उसले आफ्नो देशमा गएपछि मेरो सहयोगका लागि केही अभियान चलाएको पनि रहेछ।

म चार वर्ष जेलमा बसेर रिहा भएँ र जनमत सङ्ग्रहको समयमा फेरि गिरˆतार गरिएँ। यसचोटि एम्नेस्टीलाई के लागेछ भने रामराजाप्रसाद त्यसबेलादेखि नै जेलमा छ। उसले पुनः मेरो सहयोगका लागि अपिल गरेछ कि 'उहाँ यति लामो समयदेखि जेलजीवन व्यतित गरिरहनुभएको छ। हामी सबै मिलेर उहाँलाई आर्थिक सहयोग पुर्‍याऊँ ताकि उहाँलाई र उहाँको परिवारलाई मद्दत पुगोस्।' म जेलबाट छुटेँ। एम्नेस्टीले पहिलो जम्मा भएको पैसा पठाइदियो र यसचोटिको अपिलपछि जम्मा भएको पैसा पनि पठायो। नेपालीमा रूपान्तरण गर्दा त्यो रकम करिब ४-५ लाख भयो। त्यो रकम मैले सशस्त्र सङ्घर्षको तयारीका लागि खर्च गरेँ।

राजपुतहरूमा सुन, हीरा-जवाहरत लगाउने चलन धेरै हुन्छ। हाम्रो परिवारसँग पनि हीरा, जवारत धेरै थियो। मेरी श्रीमती धनी राजपुतकी छोरी थिइन्। उनको सुन मात्रै करिब चार किलो थियो। हीरा, जवारत पनि थुप्रै थियो। क्रान्तिको तयारीका लागि मैले श्रीमतीको सुन पनि धेरै बेचेँ। तयारीको सुरुवात श्रीमतीको सुन बेचेर गरेको थिएँ। त्यो पनि निकै उदारतापूर्वक दिइन् बिचरीले। बेच्न सकिने जति सुन उनले दिइन्। हीरा त बेच्न पनि गाह्रो, किन्नेलाई पनि गाह्रो। दोकानमा गयो भने त्यसको भाउ नै नदिने। दुई छोराको हुनेवाली बुहारीका लागि सुनलगायत हीरा-जवारत पङ्कज -कान्छो छोरा) को बिहेका लागि खर्च गर्‍यौं। बेच्दा-बेच्दा किन्ने मान्छेले केसम्म भन्यो भने- 'के तपाईंहरू टाट पल्टिन लाग्नुभएको हो र यसरी सबै बेच्न खोज्नुहुन्छ ?' क्रान्तिमा आर्थिक हिसाबले हामी धेरै खर्चिलो थिएनौँ। तैपनि क्रान्तिका लागि खट्दा मलाई धेरै ऋण लाग्यो। सशस्त्र क्रान्ति गर्नु भनेको आर्थिक दृष्टिले निर्क खर्चिलो काम हो। मैले मानिसबाट धेरै पैसा लिइसकेको थिएँ। जग्गासमेत बेचेर क्रान्तिका लागि भएको खर्चको ऋण तिरेँ। पटकपटक गरी करिब १५ बिघा जति जग्गा मैले यसरी बेचें। हतियार किन्नुपर्‍यो भने पैसा लिएर जान्थें र जग्गा बेचेर तिर्थें। क्याम्प चलाउनका लागि चाहियो भने फेरि जग्गा बेचेर लैजान्थें। लक्ष्मणबाबुले पनि जग्गा बेचेर क्रान्तिका लागि रकम लगाउनुभयो। मलाई के लाग्थ्यो भने 'हामी जमिनदार त हौँ तर शोषक जमिनदार होइनौँ। त्यसैले राम्रो काममा खर्च गर्नुपर्छ।

भारत प्रवासको २५ वर्षमा हामीले धेरै सम्पत्ति गुमायौँ। भारतमा पनि हाम्रो जमिनदारी थियो। नेपाल-भारत सिमानामा 'थली विक्रमशेर' भन्ने ठाउँ छ। त्यहाँ पनि हाम्रो ठूलो जिमिदारी थियो। त्यहाँ ५० बिघा जग्गा थियो। केही काम गर्ने मानिसलाई दियौँ र बाँकी ४० बिघा चार भाइमा १०-१० बिघाका दरले बाँड्यौँ। मेरो भागमा परेको १० बिधामध्ये अब करिब एक डेढ बिधा मात्र बचेको होला। साढे आठ बिघाजति बेचेरै सकियो। हिन्दुस्तानकै अरू ठाउँमा पनि जग्गा छ। कति ठाउँको जग्गा नबिकेर पनि बेच्न सकिएन। जस्तै समदाकटैयामा अहिले पनि मेरो नाउँमा १० बिघा जति जग्गा होला। अरू ठाउँमा पनि हाम्रो जग्गा छ। कति जग्गा हामीले अत्यन्त कम मूल्यमा बेचेका छौँ। कोशीमा पनि केही जग्गा निस्केको थियो। त्यो जग्गा पनि सशस्त्र क्रान्तिका दौरान बेचियो।

भगवानको कृपा भन्नुपर्छ, क्रान्तिका लागि मैले कुनै विदेशीको हातमा बिक्नुपरेन। क्रान्तिका लागि जति पनि साथी आए कोही खाली हात लिएर आएनन्। सबैले केही न केही लिएर आएका छन्। केही नहुने साथीहरू पनि ५-६ सय रुपियाँ लिएर आएका छन्। यसरी सबै साथीले आफ्नो घरको सम्पत्ति क्रान्तिका लागि लगानी गरेका छन्।

कति साथी बीचमा मलाई छोडेर गए तर ती साथी आज पनि मलाई भेट्न आउँछन्। जस्तै डा. बाबुराम भट्टराईको साथमा राम कार्की आउनुभयो। उहाँले भन्नुभयो- 'हामीले तपाईंंलाई एक्लै छोडेर ठूलो गल्ती गर्‍यौँ। हामीलाई लाग्थ्यो तपाईंं ठूलो शोषक हो। हामीलाई शोषण गरेर कहाँ गइदिने हो Û हामी पनि अहिले सशस्त्र सङ्घर्ष गरेर यहाँ आइपुगेका छौँ। तर तपाईंं त पहिल्यै क्रान्तिको बाटोमा लागिसक्नुभएको थियो। यो कुरा हामीले बुझ्न सकेनौँ।' मैले भनेँ- 'जनवादी मोर्चाले सुरु गरेको क्रान्तिलाई मैले सम्पन्न गर्न सकिनँ तर पनि अहिले माओवादीले क्रान्ति गर्न लागेको देख्दा मलाई निकै सन्तोष लागेर आउँछ।' जनमतसङ्ग्रहको घोषणापछि हामीले काठमाडौँमा सभा गरेका थियौँ। त्यो सभामा मैले बहुदलीय जनवादका विषयमा भाषण गरेको थिएँ। त्यो सभामा जानुभन्दा अगाडि बहुदलीय जनवादी मोर्चाको गठन गरेका थियौँ। पार्टी गठनका लागि एउटा बैठक भएको थियो। बैठकमा करिब ७०-८० जना थियौँ। बैठकमा सबैजना पुग्न सकेनन्। त्यही बैठकबाट नै जनवादी मोर्चाको गठन भएको निर्णय गर्‍यौँ। त्यो बैठकले मलाई पहिलो अध्यक्ष बनायो।

काठमाडौँको विशाल आमसभामा पानी परेको बेला पनि छाता ओढेर हजारौँ-हजार श्रोता उपस्थित थिए। त्यसबेला मेरो एउटा वक्तव्य आएको छ। मैले त्यसबेला जनमतसङ्ग्रह होइन, संविधानसभाको माग गरेको थिएँ। त्यसो गरे तापनि जनमतसङ्ग्रहको घोषणा गरेर राजाले जनतालाई चुनौती दिन खोजेकाले बहुदलको पक्षमा मत दिन भनेको थिएँ। मेरो भनाइ थियो।

'क्रान्तिको प्रबल प्रभञ्जनात्मक वेगलाई पुनः बीचैमा रोकियो। केही कुल्चदै नकुल्ची, मङ्गलकारी विध्वंसै नगरी क्रान्ति सेलाएर गयो। एकपटक फेरि हाम्रो विराट् राजनीतिक र आर्थिकसम्बन्धी विषम प्रश्नहरूको क्रान्तिकारी समाधान हुन दिइएन बरु जनमतसङ्ग्रहको नाटक गरेर पुन टारियो, पुनः अल्मल्याइयो। आज हामी स्वणिर्म भविष्यको स्वर्ण बिहानको मिर्मिरेमा होइन यथास्थितिको दिशाहीन अन्धयुगको सँघारमा पुगेका छौँ। परिवर्तनका अग्रदूतहरू किसान, मजदुर, विद्यार्थी, कर्मचारी, बुद्धिजीवीलगायतका जागृत वर्गद्वारा अहिले सञ्चालित विभिन्न आन्दोलनमा आशाको किरण देखापरिरहेको छ। यिनै आन्दोलनद्वारा आज क्रान्तिकारी राष्ट्रिय इच्छा र आकाङ्क्षा मुखरित भइरहेको छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px