नवलपरासी, जेठ १४ गते। नवलपरासीमा द्वन्द्वको बेला विस्थापित बैङ्कहरू हालसम्म पनि पुनःस्थापना हुन नसक्दा स्थानीयवासीलाई बैङ्किङ सेवा लिनका लागि सदरमुकाम परासी धाउन बाध्य छन्।
द्वन्द्वको बेला विभिन्न क्षेत्रमा रहेका बैङ्कहरू सदरमुकाम परास्ाीसहित राजमार्गको बर्दघाट क्षेत्रमा सरेको थियो। स-साना बचत रकम जम्म्ाा गर्न, ऋण लिनेलगायत सेवाका लागि सदरमुकाम धाउन पर्दा स्थानीयवासीलई समस्या परेको बताएका छन्। बैङ्कहरू ग्ााउँमा नहँुदा बचत कार्यक्रमहरू समेत प्रभावित बनेको बचत समूहहरूले जनाएको छ। बैङ्किङ विकास जति भए पनि सबै बैङ्कहरू सहर केन्दि्रत भएकोले सेवाग्राही मर्कामा परेको देउगाव गाविसका पूर्व अध्यक्ष हैदर अलि मोमिनले बताउनुभयो।
द्वन्द्वको बेला सीमावर्ती गाविस रमपुरवाको महेशपुरमा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा विस्थापित भएर सदरमुकाम परासी सरेको थियो। सदरमुकामबाट पनि सो शाखा सरेको र सबै ग्राहकहरूको जिम्मेवारी सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैङ्कलाई सुम्पिएर गएपछि सो महेशपुर क्षेत्रमा कुनै पनि बैङ्क नगएको स्थानीयवासीले गुनासो गरेका छन्। त्यसैगरि जमुनियाको सेमरीमा रहेको कृषि विकास बैङ्कको शाखा र प्रतापपुरको बेलाटारी र त्रिवेणीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा बर्दघाट सरेको र हालसम्म पनि पुनस्र्थापित हुन सकेको छैन। बैङ्कहरू सदरमुकाम र सहरी क्षेत्रमा विस्थापित भएदेखि सो क्षेत्रका जनता बैङ्किङ सेवा लिन सहर धाउन परेको हो। बैङ्कहरू सहरमुखी भएदेखि विद्युत् महसुल केन्द्रहरू पनि सहर केन्दि्रत नै रहेकाले ग्रामीण क्षेत्रका बासिन्दा बैङ्कमा निक्षेप जम्मा र ऋण लिन र विद्युत् महसुल बुझाउन पनि सहर पुग्नुपर्ने बाध्यता रहेको छ।
गाउँगाउँमा बचत कार्यक्रम सञ्चालन गर्ने विभिन्न समूहहरूले समत ग्रामीण क्षेत्रमा बैङ्क स्थापित गर्नुपर्ने माग गरेका छन्। ग्रामीण क्षेत्रमा बैङ्कहरू नहँुदा विकास निर्माणमा काम गर्ने उपभोक्ता समितिलगायत गाउँ विकास समिति र विद्यायालयहरूको समेत खाता सदरमुकाममा रहेकोले गाउँमा हुने हरेक गतिविधिमा प्रभाव परेको स्थानीयवासीको गुनासो रहेको छ।