पेरिस, जेठ १४ गते। अस्ट्रेलियाकी छैटौँ वरीयताप्राप्त सामान्था स्टोसुर आइतबार वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता प|mेन्च ओपनको पहिलो चरणमा बेलायतकी इलेना बाल्टाचालाई सोझो सेटमा ६-४, ६-० ले हराएर दोस्रो चरणमा पुगेकी छन्।
सन् २०१० मा यहाँ उपविजेता रहेकी स्टोसुरले अर्को चरणमा अमेरिकाकी इरिना फाल्कोनी अथवा रोमानियाकी एडिना गालोभिट्समध्ये एकविरुद्ध खेल्नेछिन्। अमेरिकी ओपन च्याम्पियन स्टोसुरले सेन्टर कोर्टमा प्रारम्भदेखि नै बेलायतकी नम्बर एक खेलाडीविरुद्ध दबाब बनाएकी थिइन्। स्टोसुरले सुरुमै ३-० ले अग्रता लिए पनि पहिलो सेट सहजै जित्न भने सकिनन्। पहिलो सेटमा इलेना खेलमा फर्किने कोसिस गरेकी थिइन् तर दोस्रो सेटमा भने स्टोसुरले विपक्षी खेलाडीलाई एक खेल जित्ने मौका पनि दिइनन्।
अर्को खेलमा चेक गणतन्त्रकी २०औँ वरीयताप्राप्त लुसी साफारोभाले बेलारुसकी अनास्टासिया याकिमोभालाई सहजै ६-२, ६-० ले पराजित गरिन्। पूर्वविजेता रुसकी स्वेतलाना कुज्नेसोभा पनि क्रोसियाकी मारिया ल्युसिचलाई ६-१, ६-३ ले हराएर अगाडि बढिन्। सन् २००९ मा प|mेन्च ओपन जितेकी कुज्नेसोभालाई पहिलो चरण पार गर्न मात्र ६१ मिनेट लाग्यो। यसैगरी अमेरिकाकी मेलानी आउडिनले पनि स्विडेनकी जोहना लार्सनलाई ६-३, ६-३ ले हराएर पहिलो चरण पार गरिन्।
इटालीका फाबियो फोग्निनी एकल खेल जित्ने पहिलो पुरुष खेलाडी बने। उनले पहिलो चरणमा प|mान्सका एडि्रयन मानारिनोलाई ६-०, ७-५, ६-१ ले हराए। अन्य खेलमा क्रोसियाका मारिन सिलिकले स्पेनका डानियल मुनोजलाई ६-४, ६-४, ७-५, पूर्व नम्बर एक हुँवा कार्लोस फरेरोले प|mान्सका जोनाथन डास्नियर्स डी भेगीलाई ६-१, ६-४, ६-३ पराजित गरे। एएफपी