लन्डन, जेठ १४ गते। युरोपेली च्याम्पियनसिपका लागि खेलिएको मैत्री खेलमा शनिबार राति स्विजरल्यान्डले जर्मनीलाई ५-३ ले हराएको छ। बुल्गेरियाले पनि विश्वकप उपविजेता नेदरल्यान्डलाईर् २-१ ले पराजित गर्यो भने फिक्का प्रदर्शन गरेको पोर्चुगल आˆनै मैदानमा मेसेडोनियासँग गोलरहित बराबरीमा रोकियो।
विश्वविजेता तथा युरोपेली फुटबल उपाधि रक्षा गर्ने क्रममा रहेको स्पेनले भने सर्वियालाई २-० ले हरायो। जर्मनी, पोर्चुगल र नेदरल्यान्ड युरो-२०१२ को समूह चरणमा एउटै समूहमा रहेका छन्। जुन समूहमा डेनमार्क पनि छ। डेनमार्क सोही रात ब्राजिलसँगको मैत्री खेलमा ३-१ ले पराजित भयो।
इङ्ल्यान्डले भने नर्वेमा १-० ले जित हासिल गर्यो। रोय हड्सनको प्रशिक्षकत्वमा इङ्ल्यान्डको यो पहिलो खेल हो। नर्वेमा इङ्ल्यान्डका लागि एस्ले योङले निणर्ायक गोल गरे। खेलको नवौँ मिनेटमा एन्डी क्यारोलको पासमा योङले गरेको गोलपछि सो खेलमा थप गोल हुन सकेन।
स्पेनका घाइते स्ट्राइकर डेभिड भियाको स्थानमा टिममा परेका एडि्रयन लोपेजले खेलको ६४औँ मिनेटमा गोल गरी आप\mनो उपयोगिता सिद्ध गरे। स्पेनको जर्सीमा लोपेजको यो पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो। खेल सकिन १६औँ मिनेट बाँकीछँदा उनलाई नै लडाइदिएपछि स्पेनले पेनाल्टी प्रहार गर्ने अवसर पायो। जुन मौकालाई शान्ति काजोर्लाले सदुपयोग गरे।
यसैगरी गत उपविजेता जर्मनीले प्रमुख खेलाडीलाई विश्राम दिनुको ठूलो मूल्य चुकायो। जर्मनीले विशेषतः वायर्न म्युनिखका खेलाडीलाई आराम दिएका थिए। जसको फाइदा उठाउँदै स्विजरल्यान्डका इरेन डर्डियोकले हृयाटि्रक गरे। जर्मनीविरुद्ध स्टेफन लिख्स्टाइनर र एडिमिर महमेदीले पनि गोल गरे। स्विजरल्यान्ड आगामी युरो कपमा भने सहभागी छैन। जर्मनीका लागि माट्स हुमल्स, एन्द्री स्कुर्ले र स्थानापन्न खेलाडी मार्को रियसले गोल गरे।
एम्सटरडममा नेदरल्यान्डले आप\mनो स्वाभाविक प्रदर्शन गर्न सकेन। रोविन भान पर्सीले मध्यान्तर हुनै लाग्दा गोल गरी घरेलु टिमलाई अगाडि पारेका थिए। भान पर्सीको यो २६औँ अन्तर्राष्ट्रिय गोल हो तर उत्तरार्द्धमा बुल्गेरियाले दुई गोल गरी नेदरल्यान्डलाई स्तब्ध पार्यो।
यसैगरी क्रिस्टियानो रोनाल्डोको उपस्थितिमा पनि पोर्चुगलले मेसेडोनियाको डिफेन्स भेद्न सकेन। मेसेडोनियालाई हराउन नसकेपछि घरेलु समर्थकले आप\mनै खेलाडीविरुद्ध नारा लगाएका थिए। ग्रुप अफ डेथ मानिएको समूह 'बी'मा रहेको अर्को टिम डेनमार्कले ब्राजिलको ओलम्पिक फुटबल टिमलाई पनि हराउन सकेन। ब्राजिलका लागि हल्कले दुई गोल गरे।
दुई हप्तापछि पोल्यान्ड र युक्रेनमा संयुक्त रूपमा आयोजना हुने युरो-२०१२ का लागि पहिलो रोजाइका खेलाडी छान्न प्रशिक्षकलाई यी मैत्री खेलले ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ। एपी