काठमाडौँ, जेठ १५ गते। नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रक्रिया अघि बढाउन दलहरूलाई आग्रह गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ। नेकपा -एमाले) मुख्यालय मदननगर बल्खुमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ निर्वाचनका लागि गर्नुभएको सिफारिस स्वेच्छाचारी र असंवैधानिक भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो।