Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
सरकारलाई कार्यसञ्चालन गर्न राष्ट्रपतिको आग्रह
नारद गौतम
 

काठमाडौँ, जेठ १६ गते। राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारलाई अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्यसञ्चालन गर्न स्मरण गराउनुभएको छ। साथै, राष्ट्रपति यादवले देशको पछिल्लो परिस्थितिप्रति विशेष जिम्मेवारी बोध गर्दै अन्तरिम संविधान, २०६३ को मर्मअनुरूप राजनीतिक सहमति र सहकार्यको संस्कृतिलाई प्रोत्साहित गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह पनि गर्नुभएको छ।

संविधानसभा तथा व्यवस्थापिका-संसद्को विघटनपछि राष्ट्रपति कार्यालयले मङ्गलबार आˆनो औपचारिक धारणा सार्वजनिक गर्दै राष्ट्रपति यादवले यस्तो आग्रह गर्नुभएको हो।

राष्ट्रपति कार्यालयबाट छ बुँदामा जारी गरिएको दुई पृष्ठ लामो विज्ञप्तिमा राष्ट्रपति यादवले संविधानसभाको अनपेक्षित अवसानका कारण उत्पन्न राजनीतिक अन्योलको निकास शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै पहिल्याइने विश्वास पनि व्यक्त गर्नुभएको छ।

संविधानसभाको विघटनपछि राजनीतिक दलहरू दुई धुव्रमा विभाजित भई सत्तापक्ष मङ्सिर ७ मा घोषित संविधानसभाको निर्वाचनतर्फ र विपक्षमा रहेका दलहरू प्रधानमन्त्रीको राजीनामा माग गर्दै आन्दोलनतर्फ जाने भन्न थालेपछि राष्ट्रपति यादवको यस्तो धारणा

आएको बताइन्छ।

राष्ट्रपति कार्यालयका उपसचिव ध्रुवराज जोशीका अनुसार राष्ट्रपति यादवले 'यो मन्त्रिपरिषद्द्वारा सम्पादन गरिएका कार्यहरूका निम्ति सम्माननीय राष्ट्रपतिले सम्मानीय प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरूलाई धन्यवाद दिनुभएको छ।'

अन्तरिम संविधान, २०६३ को धारा ३८ को -९) मा उपधारा -७) बमोजिम प्रधानमन्त्री आˆनो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गरिरहने भनी उल्लेख भएबमोजिम राष्ट्रपति यादवले दैनिक कार्यसञ्चालन गर्न वर्तमान सरकारलाई स्मरण गराउनुभएको हो।

यसैगरी, संविधानको धारा ३८ को उपधारा ७ -ख) मा 'निज व्यवस्थापिका-संसद्को सदस्य नरहेमा' भन्ने वाक्यांश रहेको छ। राष्ट्रपति कार्यालयले संविधान अनुसार संविधानसभा र व्यवस्थापिका-संसद्को अस्तित्व नरहेकाले प्रधानमन्त्री भट्टराईकोे संविधानसभा र संंसद्को सदस्यता पनि स्वतः समाप्त हुन गएको स्पष्ट पारेको छ।राष्ट्रपति कार्यालयले प्रधानमन्त्री भट्टराईले संविधानको धारा ६२ -२) अनुसार अर्को संविधानसभाको निर्वाचन मिति २०६९ मङ्सिर ७ तोक्नुभएको पत्र जेठ १४ गते राति ११ः२५ प्राप्त भएको जनाएको छ।

यसअघि राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सबै दलका बीचमा सहमति कायम गरेर अगाडि बढ्न आग्रह गर्नुभएको थियो।

यस्तै, प्रधानमन्त्री भट्टराईले सबै राजनीतिक पार्टीबीचमा राष्ट्रिय सहमतिको वातावरण बनाउन आफू प्रयत्नशील रहेको जानकारी राष्ट्रपतिलाई गराउनुभयो।

राष्ट्रपति निवासमा मङ्गलबार भएको भेटमा राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो। राष्ट्रपतिले सहमतिसाथ अगाडि बढेमा आˆनोतर्फबाट सरकारलाई सहयोग रहने विश्वास दिलाउनुभएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिनुभयो।राष्ट्रपतिले सबैलाई समेटेर, विश्वासमा लिई अन्तरिम संविधानले तय गरेको सहमतीय पद्धतिबाट अगाडि बढ्नु राम्रो हुने सुझाव दिनुभएको र दुवै संस्था -राष्ट्रपति र प्रधानमन्त्री)ले संवैधानिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ।

भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग भन्नुभयो, 'सरकारप्रमुखको हैसियतले तपाइर्ंलाई मेरो पनि सहयोग हुन्छ, राष्ट्रिय सहमतिको वातावरण बनाएर जानूस्। हामी दुवै एउटा समझदारीबाट काम गरेर अगाडि बढ्नुपर्छ।'' प्रधानमन्त्रीको निजी सचिवालयले जनाए अनुसार शीतलनिवासमा राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री भट्टराईले राजनीतिक दलबीच सहमतिको वातावरण बनाएर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले भेटमा भन्नुभयोे, 'संविधानसभाको विघटन भएर अर्को संविधानसभाको निर्वाचन हुन्छ भन्ने संवैधानिक प्रावधान नभएकाले अब हामीले सहमतिको बाटो खोज्दै अगाडि बढ्नुपर्छ।' सहमतिबाट अगाडि बढ्ने आˆनो प्रयत्नमा राष्ट्रपतिको सहयोग पनि आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ रहेको बताइएको छ।

संविधानसभाको विघटन भएपछि प्रधानमन्त्रीले आगामी मङ्सिर ७ मा संविधानसभाको चुनाव घोषणा गर्नुभएको छ। चुनावी घोषणासँगै दलहरूबीच फरक-फरक मत रहेको छ।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px