राजनीतिक सुनिश्चितताको आशामा झण्डै दुई महिनादेखि बढ्नथालेको सेयर बजार मुलुकमा नयाँ संविधान बन्न नसकेको अवस्थामा पुनः ओरालो लाग्ने हो कि भन्ने त्रास लगानीकर्ता माझ छाउन थालेको छ। सेना समायोजनका विषयमा राजनीतिक दलहरूबीच कुरा मिलेको अवस्थाबाट बढ्न थालेको सेयर बजार अहिले करिब एक सयको अङ्कले माथि रहेको छ। मुलुकले नयाँ संविधान पाउने कुरा सुनिश्चित भएको अवस्थामा नेप्से हालको बिन्दुबाट पनि करिब एकसय माथि जानसक्ने संकेत बजारमा देखिएको चर्को मागले अनुमान गरिएको भए पनि अब त्यो सम्भव देखिएन।
चारवर्षको समय लगाएर पनि संविधानसभाद्वारा मुलुकले संविधान पाउन नसक्नु र वर्तमान सरकारको आधिकारिकताका बारेमा पनि दलहरू पिच्छे आ-आˆनै अडानका कारण राजनीतिक अस्थिरता अझ बढ्ने संकेत देखिएको छ तर त्यसले बजारलाई केही प्रभाव पार्ने भए पनि वर्तमान सेयर बजार धेरै उच्च बिन्दुमा नरहेको हुनाले खासै असर नपर्ने देखिन्छ। सेयर बजारमा प्रभाव पार्ने विभिन्न सेयर प्रभावक तìवहरूमध्ये राजनीतिक माहोल र सरकारले अवलम्बन गर्ने आर्थिक नीति पनि हुन्। तर सधैँ बजार राजनीतिक उथलपुथलको आधारले मात्र चल्ने भन्ने कुरा भने साँचो होइन।
मुलुकले संविधान पाउन नसकेको साँचो हो। तर संविधान पाएको अवस्थामा पनि धेरै ठूलो वर्गको विरोध हुने खालको संविधान बनेको अवस्थाले मुलुकको सेयर बजार लगायत समग्र अर्थतन्त्रलाई नै अझ ठूलो प्रभाव पार्ने खतरा भएकोले संविधान नआउनुलाई क्षणिक रूपमा नराम्रो कुरा भए पनि मुलुक अहिले नै ठूलो समस्यामा परेको मान्न सकिन्छ। अबका दिनमा मुख्य कुरा सरकारले राजनीतिक सङ्क्रमण बढेको नाममा आर्थिक मुद्दाहरूलाई थाती नै राखेर अघि बढ्छ वा आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्छ भन्ने कुरा गहन हो। जनआन्दोलन ६३ देखि अहिलेसम्म बनेका हरेक सरकारले मुलुकमा राजनीतिक सङ्क्रमण रहेको रट लगाएर आर्थिक मुद्दालाई खासै प्राथमिकतामा राख्न सकेको पाइँदैन। मुलुकमा सङ्घीयता र शासकीय स्वरूप जस्ता गहन विषयमा दलहरूबीच अन्तिम समयमा आएर चर्को बहस सुरु भएकोले त्यसलाई समाधान गर्न नसकिएको जस्तो देखिए पनि आगामी दिनमा हुने चुनाबी मुद्दामा नै पार्टीहरूको आ-आˆनो धारणा आउने र त्यसलाई जनताले चुन्ने अवस्थामा पछि आउने संविधान अझ राम्रो हुने निश्चित छ।
मुलुकले नयाँ संविधान पाउन नसकेपछि नेप्सेमा मंगलबार एकै दिनमा २० दशमलब ९८ अङ्कले गिरावट आयो । तर कारोबार भने ८४ लाख ४४ हजार मात्र हुनुले सेयरको कारोबारमा धेरै गिरावट नआउने निश्चित छ । बैङ्क तथा वित्तीय संस्थाहरूको नाफा केही प्रभावित भए पनि निक्षेप प्रशस्त मात्रामा बढेको कारण थप लगानीका सम्भावनाहरू बढ्नेछ। सेयर बजारलाई प्रभाव पार्ने अर्को महìवपूर्ण कुरा भनेको बैङ्क तथा वित्तीय क्षेत्रले निक्षेपमा दिने ब्याज दर तथा कर्जामा लिने ब्याज हो। हाल ब्याज दर घट्दो अवस्थामा रहेकोले त्यसले पुराना सेयरधनीलाई थप कर्जा लिएर बजारमा लगानी गर्न अझ बढी प्रोत्साहन गर्नेछ भने बैङ्कको निक्षेपका घट्दो ब्याज दरले पनि बजारमा नयाँ लगानी भित्र्याउन मद्दत गर्छ। विगत दुई महिनामा सेयर बजारमा भएको कारोबारलाई आधार मान्ने हो भने कारोबार रकम निकै उच्च रहेको पाइएको छ। त्यसमा पनि नयाँ लगानीकर्ताहरूले हालको बढेको मूल्यमा सेयर खरिद गरेको हुनाले उनीहरूले अबका दिनमा सस्तोमा सेयर बेच्ने सम्भावना नरहेको तथा पुराना लगानीकर्ताले आफूसँग भएको सेयर अझै घाटाको सौदा हुने भएकोले बेच्ने सम्भावना नभएकोले पनि आगामी दिनमा कारोबार कम भए पनि नेप्से भने हृवात्तै ओरालो लाग्ने सम्भावना कम देखिन्छ।
राजनीतिक सङ्क्रमण बढेको भए पनि अबका दिनमा सरकारले बजारलाई पुरानो अवस्थामा आउन नदिनका लागि केन्द्रीय निक्षेप प्रणाली तत्काल लागू गर्ने, आसन्न बजेटमा बजारलाई सकारात्मक प्रभाव पार्ने खालको नीति ल्याउने, गैरआवसीय नेपालीका लगानी भित्राउनका लागि सजिलो हुने खालको नीति तत्काल ल्याउने, बजारमा संस्थागत लगानी भित्र्याउन लचिलो नीति लिने तथा लगानी बोर्ड मार्फत राष्ट्रको हितमा हुने खालको ठूला आर्थिक महìवका परियोजनाहरू राष्ट्रिय सहमतिको आधारमा ल्याउने कुरालाई भने महìवका साथ राजनीतिक मुद्दासँगै समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ।
अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई हालको अवस्थाबाट पुनः ओरालो लाग्न नदिन सरकारले आˆना आर्थिक नीति बजार मैत्री बनाउनु जरुरी छ भने मुलुकमा आर्थिक क्रियाकलाप बढाउनका लागि बन्द, हडताल, चक्काजाम जस्ता कुराहरू रोकिनु अनिवार्य छ।