Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
युवाशक्ति र राष्ट्रको भविष्य
लक्की चौधरी
 

युवा भनेका भविष्यका कर्णधार र नेतृत्वकर्ता हुन्। राष्ट्रका मेरुदण्ड हुन्। आजका भौतिक, भविष्यका बौद्धिक सम्पत्ति हुन्। युवा विनाको राष्ट्र रस विनाको फलसरह हो। युवा परिवर्तनका संवाहक हुन्। योजना कार्यान्वयनका गतिला शक्ति हुन्। आमाबाबुका लागि जसरी छोराछोरी जीवनका सहारा हुन्छन्, त्यसरी नै युवा राष्ट्रका सहारा हुन्।

सही समय, सही विचार र उपयुक्त वातावरणमा युवालाई प्रशिक्षित गरी परिचालन गर्न सक्नुपर्छ। अन्यथा युवा विनाशकारी सावित पनि हुन सक्छन्। कुलत, हत्या हिंसा, विकृति र विसङ्गतिमा फसेका युवालाई सही बाटोमा लगाउन निकै कठिन हुन्छ। युवालाई त्यता लाग्नै नदिनु र समयमै सही प्रशिक्षण र तालिम दिई राष्ट्रनिर्माणमा लगाउन सके मात्र युवा वर्ग राष्ट्रको भविष्य सावित हुनसक्छन्।

नेपालमा जति पटक नयाँ परिवर्तन सम्भव भएको छ त्यसको अग्रपङ्क्तिमा युवा नै देखिए। त्यसैले पनि युवालाई परिवर्तनका बाहक मानिएको हो। नेपालमा मात्रै हैन, विश्वमा भएको परिवर्तनको श्रेय पनि युवालाई छ। युवा यस्तो शक्तिको स्रोत हो जसले चाहेमा असम्भव भन्ने कुनै काम हुँदैन।

राजनीतिक दलका नेताहरूले युवालाई सडकका घोडामात्र बनाएका छन्। आन्दोलन, तोडफोड र चक्काजाम जस्ता काममा युवालाई परिचालन गरिएको छ। रोजगार र विभिन्न पदको लोभ देखाएर आफ्नो वरिपरि युवालाई घुमाइराख्ने प्रवृत्ति हावी छ। यसले युवालाई कामचोर र उत्पादनहीन बनाउँछ। यस्तो सोच र प्रवृत्ति युवाका लागि त राम्रो हुँदै होइन, राज्यका लागि पनि प्रत्युत्पादक हुन्छ।

अहिले नेपालमा राजनीतिकरणले सबै मुद्दा छायाँमा परेका छन्। युवाको मुद्दा पनि चरम राजनीतिक भासमा जकडिएको छ। त्यसैले पनि युवाको समस्या समाधानमा कठिनाइ भइरहेको छ। युवाशक्तिलाई 'फुटाऊ र राज गर' तथा 'प्रयोग गर र फाल' का रुपमा हेरिएको छ। बेरोजगारी, गरिबी र अशान्तिलाई सहन नसकी अधिकांश युवा विदेशी रहेका छन्। गुणात्मक शिक्षाको कमीले युवावर्ग शिक्षा आर्जनपछि पनि काम र रोजगार पाउन सकेका छैनन्। नेपालको शिक्षा नीति फितलो र बेकामे सावित भइरहेको छ। बेरोजगार उत्पादन गर्ने कारखाना सावित भइरहेका छन्।

नेपाली युवालाई अन्य मुलुकको युवासरह प्रतिस्पर्धी बनाउन सकिएको छैन। यसैैकारण नेपाली युवा स्वदेशमा बेकामे भई यताउता भड्किन बाध्य छन्। रोजीरोटीकै कारण उनीहरू विदेशिन बाध्य छन्। नेपालका युवाशक्ति धमाधम विदेशतिर लागेपछि यहाँको सृजनात्मक काम ओझेलमा परेको छ। गाउँबस्तीहरू युवाविहीन भएका छन्। यहाँका उर्वरभूमि बाँझो बनेका छन्।

युवाका तागत र मेहनतलाई स्वदेशकै भूमि उर्वर बनाउन खर्चिनु पर्छ। यहाँका डाँडाकाँडा र पाखापखेरा उर्वर बनाउन लगाइनुपर्छ। यहाँका बाँझो खेतबारी र खरियानलाई गुल्जार बनाउनुपर्छ। धन कमाउन विदेशकै भूमि ताक्नुभन्दा मेहनत गरेर स्वदेशकै भूमिमा सुन फलाउन सक्नुपर्छ। स्वदेशमा फलेका फल र फुलेका फूल आफ्नै लागि हुन्छ। विदेशमा गरेको परिश्रमको फल विदेशीकै लागि हुन्छ। स्वदेशी शक्तिलाई विदेशमा खर्चेर हाम्रो मुलुक समुन्नत बन्दैन। हामी र हाम्रो राष्ट्र समुन्नत बनाउन हामी युवाको शक्ति र स्रोत हाम्रै भूमिमा खर्चिन सक्नुपर्छ।

वि.सं. २०६६ साल माघ १४ गते नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय युवानीति २०६६ ले युवा भनेका १६ देखि ४० वर्षसम्मका महिला, पुरुष र तेस्रो लिङ्गीलाई उल्लेख गरेको छ। २०५८ को जनगणना अनुसार नेपालमा कुल जनसङ्ख्याको ३८.८ प्रतिशत युवा रहेका छन्। यद्यपि युवालाई उमेर समूहसँग मात्र दाँज्ने गरिएको छ। यिनलाई सोच, विचार र चिन्तनशैलीको क्रियाशीलतासँग पनि दाँज्नुपर्ने आवश्यकता छ।

युवाका समस्या समाधानका निम्ति व्यापक जनदबाब तथा बहसहरू हुन थालेपछि तत्कालीन सरकारले २०६५ भदौ १५ गते पहिलोचोटी युवा तथा खेलकुद मन्त्रालयको गठन गरेको थियो। यद्यपि युवाका समस्यालाई विभिन्न पञ्चवषर्ीय योजनामार्फत केही हदसम्म सम्बोधन गर्ने रणनीति राज्यले लिंदै आएको छ।

नेपालको अन्तरिम संविधानको धारा ३५ -२०) मा देशको विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नेछ भनी उल्लेख गरिएको छ। युवाको समस्या ठूलो भए पनि त्यसको सम्बोधन तथा व्यवस्थापनका लागि पर्याप्त नीति र ऐन छैनन्। पछिल्लोपटक विभिन्न नीति, नियमावली र साझेदारी कार्यक्रममार्फत युवाका समस्यालाई सम्बोधन गर्न खोजिएको छ।

जुन पार्टीको भागमा युवा मन्त्रालय पर्छ, त्यही पार्टीका कार्यकर्तालेे बढी लाभ लिने गलत परिपाटी सुरु भएको छ। यो राज्यका लागि विकृति हो, समस्याको समाधान होइन। यसलाई सरकारले तत्काल सुधार गर्नुपर्छ। राज्यले युवा शक्तिको सही परिचालन र सदुपयोगका लागि राम्रो नीति बनाउन नसक्दा र बनेका नीति पनि राम्रोसँग कार्यान्वयन गर्न नसक्दा युवावर्गको ठूलो हिस्सा विदेशी भूमिमा रोजीरोटीका लागि भौंतारिनुपरेको छ।

श्रम तथा यातायात मन्त्रालयको तथ्याङ्क अनुसार हाल करिब २२ लाख ३७ हजार ७६७ नेपाली युवा विदेशमा कार्यरत छन्। दैनिक १५ सयको सङ्ख्यामा युवा विदेश पलायन भइरहेका छन्। रेमिट्यान्सको लोभले सरकारले युवालाई विदेशिनबाट रोकेको छैन। स्वदेशमा रोकेर रोजगारको व्यवस्था गर्न नसकेर पनि राज्य लाचार बनेको छ। सृजनात्मक काममा युवालाई लगाउन सरकारले उचित नीति तथा योजना अख्तियार गर्न सकेको छैन।

नेपालमा युवा भनेर १६ देखि ४० वर्ष उमेर समूहलाई मान्ने गरे पनि संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानेको छ। बालबालिकासम्बन्धी महासन्धि १९८९ र अन्तर्राष्ट्रिय श्रमसङ्गठनले १८ वर्षभन्दा माथिकालाई युवा मानेको छ। विश्व युवा प्रतिवेदन सन् २००५ अनुसार २० करोड युवा गरिबीको रेखामुनि रहेको देखाएको छ। ५१ करोड ५० लाख युवाको प्रतिदिन आम्दानी दुई अमेरिकी डलरभन्दा कम छ। विश्वमा १३ करोड युवा अशिक्षित छन्। आठ करोड ८० लाख युवा बेरोजगार छन्। जसमध्ये आधाभन्दा बढी युवाको जनसङ्ख्या एसिया र अपि|mकामा मात्र देखिन्छ।

गरिबी, बेरोजगारी र न्यून आम्दानीले हत्या, हिंसा, अपहरण र अराजकताका घटना बढाएको छ। 'मर्ता क्या नहीं कर्ता' भनेझैं भोको पेटका लागि मानिस जे पनि गर्न तयार हुन्छ। पेट पाल्ने समस्याले युवावर्ग चोरी, डकैती र अपहरणजस्ता डरलाग्दा घटनामा संलग्न हुने गरेका छन्। यसको न्यूनीकरणका लागि राज्यले युवालाई रोजगार, पहुँच र पर्याप्त अवसरको निर्माण गर्न सक्नैपर्छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px