पेरिस -बेल्जियम), जेठ १६ गते। प|mान्सेली क्लब लिलीका स्ट्राइकर इडिन हर्जाडले मङ्गलबार आगामी सत्रमा इङ्लिस पि्रमियर लिग चेल्सीबाट खेल्ने जानकारी दिएका छन्।
यसअघि २१ वषर्ीय हर्जाडले युरोपका विभिन्न क्लबले आफूलाई प्रस्ताव राखेको बताएका थिए। बेल्जियमका हर्जाड चेल्सीमा पाँच वर्षका लागि करिब तीन करोड २० लाख पाउन्डमा आबद्ध हुने बताइएको छ।
चेल्सीले डिडियर ड्रोग्बा र सालोमन कलाउलाई टिमबाट मुक्त गरेपछि हर्जाडले चेल्सीमा मौका पाएका हुन्। मिडफिल्डर हर्जाड अहिले बेल्जियमको राष्ट्रिय टिमको सेवामा छन्। उनले शनिबार इङ्ल्यान्डविरुद्धको मैत्रीखेल खेल्ने सम्भावना रहेको छ। हर्जाडले बेल्जियमका लागि २६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। यस विषयमा चेल्सी भने मौन छ। चेल्सीले सम्झौता पक्का भएपछि आफैँ घोषणा गर्ने बताएको छ। एजेन्सी
सारापोभा र जोकोभिचलाई सफलता
पेरिस, जेठ १६ गते। रुसकी दोस्रो वरीयताप्राप्त मारिया सारापोभाले मङ्गलबार रोमानियाकी अलेक्ज्यान्डर चादन्तुलाई ६-०, ६-० ले हराएर प|mेन्च ओपनको दोस्रो चरणमा पुगेकी छन्। उपाधि दावेदारमध्ये एक सारापोभालाई पहिलो चरण जित्न मात्र ४८ मिनेट लाग्यो। यसवर्ष अस्ट्रेलियन ओपनको फाइनलमा पराजित हुने सारापोभा रोल्यान्ड ग्यारोमा उपाधि जितेर चारै ग्रान्डस्लाम विजेता बन्ने सुरमा छिन्।
यसअघि विम्बल्डन च्याम्पियन पेट्रा क्विटोभाले जुनियर विम्बल्डन च्याम्पियन एस्लिघ बार्टीलाई ६-१, ६-२ ले हराएर पहिलो चरण पार गरिन्। गतवर्ष विम्बल्डन र डब्लूटीए च्याम्पियनसिप जितेर सनसनी फैलाएपछि क्विटोभाले यसवर्ष सोही प्रदर्शन दोहोर्याउन सकेकी छैनन्। अस्ट्रेलियाकी १६ वषर्ीया बार्टी यस वर्षमा प|mेन्च ओपनमा सहभागीमध्ये सबभन्दा कान्छी खेलाडी हुन्। यसैगरी प्रतियोगिताकी सर्वाधिक उमेरकी किमिको डाटे पनि पहिलो चरणबाटै पाखा लागेकी छन्। सन् २०१० मा प|mेन्च ओपन जित्ने प|mान्सेस्का सियाभोनीले ४१ वषर्ीया डाटेलाई ६-३, ६-१ ले पराजित गरिन्।
शीर्ष वरीयताप्राप्त नोभाक जोकोभिच सोमबार राति इटालीका पोटिटो स्टारासलाई ७- -३), ६-३, ६-१ ले हराएर दोस्रो चरणमा पुगे। एपी