Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
विघटनपछिको चुनौती
श्रीरामसिंह बस्नेत
 

लामो प्रसव वेदना पछि पनि शिशु जन्माउन नसकेर गर्भवतीको मृत्यु हुनु हाम्रो देशका प्रायः सबै समुदायमा भोगिने गरेको वियोग हो। अहिले नेपालको राजनीतिले पनि त्यही वियोग खपिरहेको छ, संविधान नदिइकनै संविधानसभा विघटन भएकोमा।

नयाँ संविधान बनाउनका लागि निर्धारित र जनादेश पाएको सुरुको दुई वर्षमै संविधान नबन्नु वा नबनाइनुकै परिणति आजको स्थिति हो। संविधानसभा गठन भएदेखि नै सत्ताको फोहरी खेलमा मात्र रुमल्लिरहनु देशका लागि सबैभन्दा दुर्भाग्यको कारण बन्न गयो।

जे नहुनु पर्ने त्यही नै हुनु तर हुनुपर्ने चाँहि नहुनु नै नेपालको राजनीतिको मुख्य विडम्बना हो। यो विडम्बनाको सिलसिला मुख्यतः २०५१ सालदेखि सुरु भएको हो- स्पष्ट बहुमतलाई लत्याएर दुईतिहाई बहुमतको खोजीमा निस्केका गिरिजाप्रसाद कोइरालाको अदूरदर्शी कदमबाट। त्यहाँदेखि नै नेपालको राजनीति विशृङ्खलित हुँदै आएको हो।

त्यहाँदेखि यहाँसम्म आइपुग्दा नेपालमा नहुनुपर्ने तर हुन गएका धेरै घटनाक्रम छन् जस्तै- दरबार हत्याकाण्ड, मदन भण्डारीको रहस्यमयी मृत्यु, मनमोहन अधिकारी, शेरबहादुर देउवा आदिबाट संसद् विघटन, सत्ताप्राप्तिकै लागि सशस्त्र द्वन्द्व, राजालाई प्रधानमन्त्री बन्ने रहर, राष्ट्रपतिको निर्वाचनमा अस्वाभाविकता, कटुवाल प्रकरण, चार वर्षमा चार प्रधानमन्त्रीको सरकार बन्नु तर राष्ट्रिय सहमतिको सरकार बन्न नसक्नु, सङ्घीयता र शासकीय स्वरूपबारे स्पष्टता हुन नसक्नु, सङ्घीयताले जातीय विद्वेषको रूप लिन थाल्नु, सङ्घीयता र अखण्डता दुवैको माग एकसाथ आउनु तर सरकार र नेताहरूले त्यसलाई ठीक ढङ्गले समाल्न नसक्नु र अन्ततः सम्पूर्ण नेपाली जनताको आशामाथि तुषारापात गर्दै आफ्नो दायित्व पूरा नगरिकनै संविधानसभा तुहिनु।

जुन परिवेशमा जेठ १४ गते राति प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ संविधानसभाको निर्वाचन घोषणा गरे, त्यसलाई अस्वाभाविक भन्न मिल्दैन, प्रक्रियागत कुरामा केही कमी कमजोरी भए पनि। अपेक्षित मितिमा नयाँ संविधान नआए पनि त्यसका लागि बाटो खुला राखिदिनु अपरिहार्य नै थियो। नयाँ संविधान पनि नआएको र संविधानसभाको नयाँ निर्वाचन पनि घोषणा नभएको भए स्थिति झन् कस्तो हुने थियो

होला ?

जेठ १४ गते राति नयाँ संविधान जारी हुन नसकेकोमा आम नेपाली जनतामा केही दिक्दारी छाएको छ। तर आशङ्कित नराम्रा घटना भने टरेर गएकोमा सन्तोषको लामो सास फेर्ने पनि धेरै छन्। नयाँ संविधानले जातीय सङ्घीयता, गैर जातीय पहिचानको सङ्घीयता र मधेशवादी दलका मागलाई कसरी समेट्ला भन्ने ठूलो चासो र चिन्ताको विषय बनेको थियो। जसो गरे पनि संविधानले जस् नपाउने स्थिति टड्कारो थियो। एकल जातीय पहिचानको संविधान आउनुभन्दा नआएकै बेस भन्ने जनमत कम थिएन भने त्यसको उल्टो एकल जातीय पहिचानकै सङ्घीय व्यवस्था भएको संविधान आउनुपर्ने माग पनि चर्को थियो। उता पूर्वमा त जेठ १३ गते नै लिम्बुवान् सङ्घीय राज्य भन्दै त्यसको 'अन्तरिम संविधान' र धरानलाई 'राजधानी' समेत घोषणा गरिएको थियो।

त्यस्तै मधेशवादी दल र नेताहरू मधेशलाई टुक्र्याएर आउने संविधान आफूलाई स्वीकार्य नहुने अडानमा थिए भने महिना दिन देखिको अखण्ड सुदूर पश्चिमको आन्दोलन चरमोत्कर्षमा थियो। यस परिवेशमा सबै पक्षको चित्त बुझ्ने संविधान ल्याउन सम्भव थिएन। परिवेशलाई यसरी अनावश्यक रूपमा उत्तेजक बनाउनु वा बन्न दिनुमा जस्तो माग पनि पूरा गरिदिने आश्वासन बाँढ्ने राजनीतिक दल, नेताहरू र सरकारको असावधानी नै मुख्य कारण थियो। देशको कुनै पनि भागमा भइरहेको आन्दोलन सरकार वा पार्टीको नियन्त्रणमा थिएन।

यस स्थितिमा अन्तिम समय सीमा - डेड लाइन) छोप्ने मात्र उद्देश्यले जबर्जस्ती संविधान नामको कुनै लेखोट जारी गर्नु पेट्रोलियम पदार्थ पोखिएर छरपस्ट भएको ठाउँमा सलाइको एउटा काँटी कोरेर फाल्नु जस्तो मात्र हुनेथियो। यो सङ्कट र यसबाट हुनसक्ने जनधनको क्षतिलाई तत्कालका लागि टार्न निर्वाचनको घेाषणाले राम्रो भूमिका खेलेकोलाई भने स्वीकार्नु पर्दछ।

अब केही चर्चा गरौं घोषित निर्वाचनका बारेमा। सर्वप्रथम त आगामी मङ्सिर ७ गतेका लागि तोकिएको नयाँ संविधानसभाको निर्वाचनले कानुनी र राजनीतिक वैधता पाउनु जरुरी छ। साथै निर्वाचन घोषणा गर्ने सरकार कामचलाउमा परिणत भइसकेकाले अब बन्ने चुनावी सरकार कसरी बन्छ र कस्तो बन्छ भन्ने कुरा निकै कौतुहल र महìवपूर्ण छ।

त्यसपछि अब बन्ने संविधानसभा पनि पुरानै स्वरूप र शैलीको बन्ने कि त्यसमा परिमार्जन गर्ने ? भन्ने प्रश्नको सर्वसम्मतिबाट निक्र्यौल हुनु जरुरी छ। अबको संविधानसभा पनि ६०१ सदस्यीय नै बनाउनु आवश्यक छैन भने प्रत्यक्ष निर्वाचित र समानुपातिकको अनुपातमा पनि पुनर्विचार गर्नु अत्यावश्यक छ। साथै संविधानसभालाई नै व्यवस्थापिका संसद्को पनि भूमिका दिने र सरकार बनाउने र ढाल्ने काम त्यसैबाट हुने पहिलेको व्यवस्थालाई फेरि दोहोर्‍याउनु बुद्धिमानी हुनेछैन। यसो गरेमा नयाँ संविधानसभाले पनि पुरानैको नियति भोग्नपर्ने स्थिति नदोहरिएला भन्न सकिँदैन।

विगत चार वर्षमा भएका तमाम गल्ती, कमीकमजोरी र बद्नियतबाटसमेत पाठ सिकेर नयाँ सोच र सङ्कल्पकासाथ अघि बढ्न सकेमा मात्र नयाँ संविधानसभाबाट नयाँ संविधान आउला, नत्र 'सहमतिको विकल्प छैन' भन्ने विगतको एकोहोरो साझा राग अब पनि अलापी रहने तर काम भने त्यसको ठीक विपरीत गर्ने हो भने देशको अझ अधोगति बाहेक अरू केही हुने छैन।

नयाँ संविधान नजन्माइकन संविधानसभाको अन्त्य हुनु नेपालको लागि ऐतिहासिक महìवको राजनीतिक शोक हो। अब यो शोकलाई शक्तिमा बदलेर त्यो क्षतिको पूर्ति गर्नु सबै राजनीतिक पक्षको एकमात्र साझा कर्तव्य हो, किनकि यो स्थिति आउन दिनुमा सबै पक्ष कुनै न कुनै रूपमा जिम्मेवार छन्।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px