काठमाडौँ, जेठ १७ गते। मुलुकले चार वर्षमा पनि संविधान पाउन नसके पछि त्यसको नकारात्मक असर सेयर बजारमा पर्ने क्रममा नेप्सेमा बुधबार पनि दोहोरो अङ्कले तल झरेको छ।
नेपाल स्टक एक्सचेन्जमा बुधबार भएको कारोबारमा नेप्सेमा १८.६९ अङ्कको गिरावटसहित नेप्से ३७३.२ को बिन्दुमा बन्द भएको छ।
नेप्सेमा बुधबार भएको कारोबारमा नेप्सेमा दुई पटक सक्रिर्ट बे्रकरसहित नेप्सेमा चार दशमलव ७७ प्रतिशतको गिरावट आएको हो।
नेप्सेमा गिरावट आउने क्रम जारी रहे पनि कारोबार रकममा भने सुधार आउनुले आगामी दिनमा नेप्सेमा आएको गिरावट थामिने आशा गरिएको छ।
बजारमा अझै पनि बिक्रीको चाप रहे पनि कतिपय कम्पनीहरूको सेयर खरिदको माग पनि बढ्न थालेकोले आगामी दिनमा नेप्सेमा सामान्य गिरावट जारी रहे पनि उच्च गिरावट भने थामिने विश्वास विज्ञहरूले व्यक्त गरेका छन्।
नेप्सेमा बुधबार जम्माजम्मी ४९ वटा कम्पनीको एक हजार ४२१ वटा कारोबारबाट ९६ हजार ४५२ कित्ता सेयरको कारोबार भई तीन करोड ६९ लाख नौ हजार १७८ रुपियाँको सेयर खरिद-बिक्री भएका छन्।
बुधबारको कारोबारमा गुमाउने प्रमुख कम्पनीहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क एक सय ८७ रुपियाँ, एनआईबी बैङ्क ५० रुपियाँ, एभरेष्ट्र बैङ्क एक सय ४ रुपियाँ, चिलिमे हाइड्रो पावर लि. ७९ रुपियाँ नबिल बैङ्क एक सय ३३ रुपियाँ, बैङ्क अफ काठमाण्डू ६१ रुपियाँ रहेका छन्।