पेरिस, जेठ १७ गते। अमेरिकाकी सेरेना विलियम्स प|mेन्च ओपन टेनिस प्रतियोगिताको पहिलो चरणबाटै पाखा लागेकी छन्। सेरेनालाई मङ्गलबार राति प|mान्सकी १११औँ वरीयताका भिर्जिनी रजानोले तीन घण्टा तीन मिनेटसम्म चलेको खेलमा ४-६, ७-६ -५), ६-३ ले हराइन्।
गतवर्ष चोटले पीडित बनेकी सेरेनाको प्रदर्शन यसवर्ष उत्साहजनक भएकाले उनीलाई उपाधिको प्रवल दावेदारका रूपमा हेरिएको थियो। यस नतिजासँगै १८औँ खेलमा उनको अपराजित यात्रा समाप्त भएको छ। दस वर्षपछि प|mेन्च ओपन उपाधि जित्ने प्रयासमा रहेकी सेरेना ग्रान्डस्लाम प्रतियोगिताको पहिलो चरणमा हारेको यो पहिलोपटक हो। सेरेनाले १३ पटक ग्रान्डस्लाम उपाधि जितेकी छन्।
म निराश छु तर यही त जीवन हो, अब गल्ती केलाउँछु र भविष्यमा गल्ती नदोहोर्याउने प्रयास गर्छु -गतवर्ष चोटले यहाँ भाग नलिएकी सेरेनाले भनिन्।
विश्वका शीर्ष पुरुष खेलाडी नोभाक जोकोभिच भने बुधबार स्लोभेनियाका ब्लाज काभासिचलाई सोझोसेटमा ६-०, ६-४, ६-४ ले हराएर तेस्रो चरणमा पुगे। जोकोभिच डन बुज र रोड लाभर पनि एक सत्रमा चार ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बन्ने अभियानमा छन्। जोकोभिचले अर्को चरणमा प|mान्सका निकोलस डेभिल्डर अथवा जर्मनीका माइकल बेररमध्ये एकविरुद्ध खेल्नेछन्।
प|mेन्च ओपनमा आफूलाई राजा सावित गरिसकेका राफेल नाडाल पनि इटालीका सिमोनी बोलेलीलाई सहजै ६-२, ६-२, ६-१ ले हराएर दोस्रो चरणमा पुगे। नाडाल सातौँपटक यहाँ उपाधि जितेर कीर्तिमान राख्ने दाउमा छन्। प|mेन्च ओपन सर्वाधिकपटक ब्योन बर्ग र नाडाल -छ/छ) ले जितेका छन्। प|mेन्च ओपनमा नाडालको प्रदर्शन ४६ जित र एक हारको छ। त्यसैले यसपालि पनि नाडालको अगाडि ठूलो चुनौती देखिँदैन तर नाडाल प्रत्येक खेल कठिन हुने प्रतिक्रिया दिन्छन्।
नाडालले अर्को चरणमा उज्वेकिस्तानका डेनिड इस्टोमिनविरुद्ध खेल्नेछन्। इस्टोमिनले पहिलो चरणमा रुसका इगोर कुनिट्सिनलाई ६-१, ७-५, ६-० ले हराएका थिए।
महिला एकलमा जापानकी आयुमी मोरिटाले स्लोभेनियाकी पोलोना हर्कोगलाई ३-६, ६-४, ६-३ ले हराएर पहिलो चरण पार गरिन्। उनले दोस्रो चरणमा रुसकी मारिया सारापोभाविरुद्ध खेल्नेछिन्।