Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
विचार/विवेचना
म्यान्मारप्रति विश्वको चासो
भवानी सुवेदी
 
केही यताको राजनीतिक सुधारसँगै म्यान्मारप्रति विश्व समुदायको चासो पनि हृवात्तै बढेको छ। खासगरी गएको अपि्रलमा सम्पन्न उपनिर्वाचन मार्फत प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले त्यहाँको राजनीतिक मूलधारमा आफ्नो उपस्थिति जनाएपछि अन्तर्राष्ट्रिय समुदायले पनि म्यान्मारप्रति सहयोगात्मक भावका साथ चासो र उत्सुकता अभिव्यक्त गर्दै आएको छ। यसक्रममा हालका दिनमा विश्वका शीर्ष नेताहरूले म्यान्मारभूमिको भ्रमण गरेका छन्। बेलायती प्रधानमन्त्री, अमेरिकी विदेशमन्त्री, दक्षिण कोरियाली राष्ट्रपति र राष्ट्रसङ्घीय महासचिवसमेतले म्यान्मार पुगेर त्यहाँ जारी राजनीतिक सुधार प्रक्रियाप्रति बलियो समर्थन जनाएका छन्। विश्व नेताहरूको यस्तो समर्थन र ढाडसपछि दशकौँसम्म अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएको म्यान्मारको राष्ट्रिय जीवनमा हौसला र उत्साह सञ्चार भएको बुझ्न गाह्रो छैन।

सन् १९८८ को सैनिक 'कु' पछि कूटनीतिक र आर्थिकरूपमा अन्तर्राष्ट्रिय समुदायबाट नाकाबन्दीको सामना गर्दै आएको म्यान्मारका लागि नेत्री सुकीको संसदीय सहभागिताले चौतर्फी बाटो खुला गरिदिएको छ। विश्वले यता आएर त्यस दक्षिणपूर्वी राष्ट्रको आर्थिक विकासमा सहयोगी हात बढाउन थालेको छ। अन्तर्राष्ट्रिय समुदायले देखाएको म्यान्मारप्रतिको सहयोगी भावलाई दृष्टिगत गर्दा त्यस मुुलुकको आर्थिक रूपान्तरण अब धेरै टाढा छैन भन्ने सहज अनुमान लगाउन सकिन्छ। यो समग्र सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायको निर्भरता र विश्वास भने म्यान्मारको संस्थापन पक्ष होइन नेत्री सुकीप्रति हो। दुई दशक लामो बन्धक जीवनपछि खुला राजनीतिमा छाएकी सुकी नै अहिले त्यहाँको राजनीतिक मियो बनेकी छन्। यस अर्थमा सुकीले म्यान्मारको राजनीतिमा नयाँ रङ ल्याइदिएकी छन्।

म्यान्मारप्रतिको विश्व चासोका सन्दर्भमा एकसाता अघि मात्र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले समेत त्यहाँको भ्रमण गरेका छन्। भारतीय प्रधानमन्त्रीको यो भ्रमण दुई मुलुकबीचको विकास साझेदारीका दृष्टिले महत्त्वपूर्ण त छँदैछ सँगसँगै यसलाई रणनीतिक दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ। सन् १९३७ सम्म बेलायत शासित भारतकै एउटा प्रदेशका रूपमा रहेको म्यान्मार भारतसँगै उपनिवेशवादबाट मुक्त भएको हो। त्यस यतादेखि नै आफ्नो सीमावर्ती मुलुक म्यान्मारसँग खास सम्बन्ध स्थापित गर्दै आएको भारतले सन् १९८८ को सैनिक 'कु' को विरोध गरेपछि भने केही वर्ष भारत-म्यान्मार सम्बन्धमा चिसोपन छाएको थियो। भारतसँगको म्यान्मारको यो दूरीलाई राम्ररी आत्मबोध गरेको चीनले रणनीतिक ढङ्गले उपयोग गर्ने नीति अख्तियार गर्‍यो। भारतका चारवटा प्रान्त मिजोरम, मणिपुर, नागाल्यान्ड र अरूणाञ्चलमा समेत १६०० किलोमिटर क्षेत्रमा सीमा जोडिएको म्यान्मारलाई नजिक राखेर चीनले भारतीय सुरक्षालाई नै चुनौती नि खोजेको बुझाइ भारतीय पक्षको रहृयो। नभन्दै चीनले म्यान्मारमा आफ्नो नौसैनिक अखडासमेत स्थापित गर्‍यो।

विश्वबाटै एक्लिएको म्यान्मारमा चीनको एकाएक बढ्दो प्रभाव यिनै उद्देश्यका साथ भारतले पनि म्यान्मारप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउने नीति तय गर्‍यो। यसै मेसोमा उसले सन् १९९१ मा आएर म्यान्मारको सैन्य सत्ताको समर्थन गर्‍यो। भारतको यो कदम पश्चिमा मुलुकबीच निकै आलोचित बन्यो। त्यस यता निरन्तर म्यान्मारको विकास गतिविधिमा साझेदारी निर्वाह गर्दै आएको भारत त्यहाँको पछिल्लो राजनीतिक सुधार प्रक्रियापछि म्यान्मारसँगको सम्बन्धलाई थप उचाइ दिन सक्रिय देखिएको छ। प्रधानमन्त्री सिंहको भ्रमण यसै शृृङ्खलाको पछिल्लो कडी हो।

म्यान्मारमा चीनको बढ्दो प्रभाव र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीलाई न्यून गर्ने बाहेक म्यान्मारसँग सम्बन्धलाई नयाँ आयाम दिनैपर्ने भारतका लागि अन्य कारण पनि छन्। उत्तरपूर्वी भारतीय राज्यमा बढ्दो आतङ्कवादी गतिविधि र त्यसमा संलग्न साना-ठूला समूहले अझै पनि म्यान्मारमा सुरक्षित शिविर जमाइरहेका छन्। म्यान्मारलाई आफ्नो प्रभावमा लिएर त्यस्ता समूहलाई ठेगान लगाउने रणनीति अन्तर्गत पनि नयाँदिल्लीले म्यान्मारसँग कुम जोड्न खोज्नु स्वाभाविक हो।

उता ग्यास, सुन, फलाम र हीरालगायतका अपार खनिजले सम्पन्न म्यान्मारले आफ्नो यो प्राकृतिक सम्पत्तिको समुचित दोहन गर्न सकिरहेको छैन। आफूमा निहित यस्ता प्राकृतिक खनिजको भरपुर उपयोगका निम्ति पनि उसलाई भरपर्दो साझेदार शक्तिको खाँचो खड्किएको छ। म्यान्मारको यो चाहनालाई पूरा गर्न भारतले चासो देखाएको छ। प्रधानमन्त्री सिंहको पछिल्लो भ्रमणमा पनि यिनै सन्दर्भमा दुवै मुलुकबीच आपसी सहयोगसम्बन्धी १२ बुँदे सम्झौता भएको छ।

भारतले मात्र होइन म्यान्मारको राजनीतिक सुधार प्रक्रियाको समर्थनको सङ्केतस्वरूप प्रायः ठूूला औद्योगिक राष्ट्रले समेत म्यान्मारमा लगानी अभिवृद्धि गर्न उत्सुकता देखाएका छन्। उनीहरूको यो उत्सुकतालाई आफ्नो हित संवर्द्धनमा कसरी अधिकतम ढङ्गले सदुपयोग गर्ने भन्ने कुरा चाहिँ त्यहाँको राजनीतिक सुधार प्रक्रिया र संस्थापनपक्षको सुझबुझमा निर्भर गर्दछ। त्र

भारतले मात्र होइन म्यान्मारको राजनीतिक सुधार प्रक्रियाको समर्थनको सङ्केतस्वरूप प्रायः ठूूला औद्योगिक राष्ट्रले समेत म्यान्मारमा लगानी अभिवृद्धि गर्न उत्सुकता देखाएका छन्। उनीहरूको यो उत्सुकतालाई आफ्नो हित संवर्द्धनमा कसरी अधिकतम ढङ्गले सदुपयोग गर्ने भन्ने कुरा चाहिँ त्यहाँको राजनीतिक सुधार प्रक्रिया र संस्थापनपक्षको सुझबुझमा निर्भर गर्दछ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px