पेरिस, जेठ २० गते। अमेरिकाकी गैरवरीयताप्राप्त भाभारा लेप्चेन्कोले शनिबार प|mेञ्च ओपनको तेस्रो चरणमा पूर्वविजेता इटालीकी प|mान्सेस्का सियाभोनीलाई ३-६, ६-३, ८-६ ले स्तब्ध पारेकी छन्।
यसअघि, ग्रान्डस्लामको दोस्रो चरण पार गर्न नसकेकी लेप्चेन्कोले सन् २०१० को विजेता सियाभोनीलाई तीन घन्टा दुई मिनेटको भिडन्तपछि हराइन्। सियाभोनीले गत वर्ष पनि फाइनल खेलेकी थिइन्। उज्वेकिस्तानमा जन्मेकी लेप्चेन्कोले गत वर्ष मात्र अमेरिकाको नागरिकता लिएकी हुन्।
पुरुष एकलमा रोजर फेडररले चार सेटमा घरेलु खेलाडी निकोलस माहुतलाई ६-३, ४-६, ६-२, ७-५ ले हराएर अन्तिम १६ मा स्थान बनाएका छन्। उनले अब बेल्जियमकी डेभिड गोफिनविरुद्ध खेल्नेछन्।
शीर्ष वरीयताका नोभाक जोकोभिचले भने सजिलै निकोलस डेभिल्डरलाई ६-१, ६-२, ६-२ ले हराए। जोकोभिच डन बुज र रोड लाभर पनि एक सत्रमा चार ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बन्ने अभियानमा छन्।
महिला एकलमा शीर्ष वरीयताकी भिक्टारिया अजारेन्का क्यानाडाकी अलेक्ज्यान्द्रा वोज्नेस्कीलाई ६-४, ६-४ ले हराएर अघि बढिन्। सन् २०१० मा यहाँ उपविजेता रहेकी छैटौँ वरीयताप्राप्त सामन्था स्टोसुर पनि रुसकी नाडिया पेट्रोभालाई ६-३, ६-३ ले हराएर चौथो चरणमा पुगिन्। उनले अब अमेरिकाकी १९ वषर्ीया स्लोयनी स्टेफन्सविरुद्ध खेल्नेछिन्।
अन्य खेलमा डोमिनीका चिबुल्कोभाले मारिया जोस मार्टिनेजलाई ६-२, ६-१, पेट्रा मारिर्टिकले अनाबेला मेडिना गारिगुइस र एन्जेलिक कर्बरले ˆलाभिया पेनेटालाई ४-६, ६-३, ६-२ ले हराए। एपी