मेलबर्न, जेठ २३ गते। अष्ट्रेलिया र भारतबीच खुल्ला व्यापार सम्झौता -एफटीए)का लागि आवश्यक तयारी भइरहेको बताइएको छ। भारत र अष्ट्रेलियाबीच व्यापार र लगानी बढाउने दिशामा विगत केही वर्षदेखि राम्रो प्रगति हुँदै आएको भए पनि आगामी दिनमा त्यसलाई तीव्रता दिन खुल्ला व्यापार सम्झौता आवश्यक भएको जनाइएको छ।
अष्ट्रेलिया-इण्डिया इन्स्िटच्युट -एएलएल)का निर्देशक अमिताभ माट्टोका अनुसार भारत र अष्ट्रेलियाबीच भइरहेको व्यापार हाल सन्तोषजनक रहे पनि खुल्ला व्यापार सम्झौताका विषयमा भइरहेको कामलाई तीव्रता दिनुपर्ने देखिएको छ।
भारत र अष्ट्रेलियाबीचको व्यापारमा अष्ट्रेलियाको खानी उद्योगहरूमा भारतीय लगानी बढाउने र त्यसले पाउने प्रतिफलको मुद्दा निकै अहम बन्दै गएको छ।
भारत र अष्ट्रेलियाबीच हुँदै आएको व्यापार र लगानीको अवस्थालाई बढाउँदै जाने दिशामा गतवर्ष नै आगामी पाँच वर्षमा दुई देशबीचको व्यापारलाई दोब्बर पार्ने सहमति भइसकेकाले आगामी दिनमा खुल्ला व्यापार सम्भौता हुने कुरा सम्भव भएको हो।
अष्ट्रेलियाका लागि भारत विश्वकै चौथो ठूलो निर्यात बजार रहँदै आएको छ जसमा सुन, कोइला र तामा निर्यात प्रमुखरूपमा रहेको छ। त्यसैगरी अष्ट्रेलियामा अध्ययन गर्नका लागि जाने भारतीयहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ।
भारतले भने अष्ट्रेलियातर्फ आˆनो उत्पादनहरूको निर्यात बढाउन सहुलियतपूर्ण व्यवस्था खोजेको छ भने सूचना र प्रविधिलगायत क्षेत्रका भारतीय दक्ष जनशक्तिका लागि अष्ट्र्ेलियामा थप अवसरहरू खोजिरहेको बताइएको छ। भातर र अष्ट्रेलियाबीच हाल २० अर्ब अमेरिकी डलरको कारोबार हुँदै आएको छ भने त्यसमा वाषिर्क २० प्रतिशतको वृद्धि हुँदै आएको छ।