Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
बेलैमा सोचौं !
 

यसवर्ष राजधानीमा विगत आधा दशकयताकै बढी गर्मी भएको मौसम तथा जलवायु विज्ञान विभागले पुष्टि गरेको छ। जेठको करिब अन्त्यतिर आइसक्दा पनि पूर्वमनसुनको लक्षण देखिएको छैन। राजधानीमा खानेपानीको हाहाकार नै छ। घरघरमा खनिएका इनारहरू पनि लामो खडेरीका कारण सुक्न थालेपछि जनजीवन थप कष्टकर बन्दै गएको छ। मुलुकका अन्य कतिपय क्षेत्रमा खडेरीका कारण धानको व्याड राख्नसमेत नपाइएको अवस्था छ भने कतिपय स्थानमा पानी पार्ने "प्रयास"मा स्थानीयहरू लागेका छन्। कहंीँ महिलाले उल्टो हलो जोतेर पानी मागेका छन् भने कही जलधारा गरेका छन्। बाँकेमा सुनारी क्षेत्रका बासिन्दाले स्थानीय प्रथाअनुसार पानी पारिदेऊ भनेर राजाको पूजा प्रार्थना गरेका छन्। हेटौडाजस्तो घना आवादी क्षेत्रमा खानेपानीको गम्भीर समस्या आएकाले उपभोक्ताहरूले खानेपानी संस्थानसँग्ा पानी मागेका छन् र साङ्केतिक विरोधमा खानेपानी संस्थानमा ताला लगाइदिएका छन्। खडेरी र खानेपानीको समस्या मुलुकभर देखिदा केही क्षेत्रमा भने बर्खा नलाग्दै अनपेक्षित वषर्ाको कारण आएको बाढीपहिरोले अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको छ। यस वर्षको सुरुमै कास्कीमा सेती नदी थुनिएर एक्कासि फुट्दा भएको क्षति र सुदूरपश्चिमका केही जिल्लामा हालै आएको पहिरोले जनजीवन प्रभावित भएको छ। नेपाल जलवायु परिवर्तनको असर पर्ने उच्च जोखिममा रहेका विश्वका देशहरूको अग्रपङ्क्तिमा पर्दछ। हिमालहरूको पग्लदो कारण, वनजङ्गलको विनाश, तीव्र अव्यवस्थित शहरीकरणजस्ता कारणले यहाँको वातावरणलाईर् मात्र नभएर जलवायु परिवर्तनलाई पनि असर गरेको हो कि भन्ने सङ्केत देखिन थालेको छ। जलवायु परिवर्तनका असरलाई रोक्न वा न्यूनीकरण गर्न नेपालजस्ता अल्पविकसित राष्ट्रहरूको प्रयास अपुग्दो हुनसक्दछ साच्चै भन्ने हो भने विकसित मुलुकले खपत गरेका विद्युतीय र आणविक ऊर्जालगायतको प्रयोगबाट विश्व जलवायु परिवर्तनमा परेको तीव्र असरको पीडितहरू नेपालजस्ता अल्पविकसित देश र त्यहाँका नागरिक हुने भएका छन्। नेपाल आफ्नै आन्तरिक र विश्वव्यापी कारणबाट यस्ता समस्यासँग जुध्नुपर्ने मोडमा आइपुगेको छ।

खानेपानीको समस्या समाधानमा अर्कोको मुख ताकेर मात्र पनि नहुँदो रहेछ। ठूलठूला परियोजना तथा त्यसमा लाग्ने लागत र समयका कारण हाल दैनिक रूपमा भोगिएको खानेपनीको समस्या तत्कालै समाधान गर्न सम्भव देखिदैन। अर्कोतिर राजधानीमा कुनै एउटा परियोजनामार्फत समस्या समाधान गरियो भने त्योभन्दा बढी समस्या रहेका मोफसलमा त्यस्तै परियोजना सञ्चालन गर्न सकिएला भन्ने पनि छैन। राजधानीको समाधान नै सबैतिरको समाधान पनि होइन। त्यसैले स्थानीय स्रोतको उपयोगमा निजी सरकारी साझेदारीजस्ता अवधारणमा खानेपानीको सङ्कलन, वितरण गर्नुपर्ने आवश्यकता देखिएको छ। तीव्र रूपमा हुँदैगरेको शहरीकरणा र जनसङ्ख्याको असन्तुलित वितरणले प्राकृतिक साधनस्रोतको उपयोगमा समस्या आएका हुन्। गाउँठाउँमा खोलानाला छन् तर मानिसहरू त्यहाँबाट विस्थापित भएर शहर आउने क्रममा छन् यसले गर्दा पानी र मानिस मात्र होइन प्राकृतिक सम्पदा र मानिसको साइनो टाढिदै छ। खोलामा सित्तै बगेको पानी शहर आइपुग्दा मूल्यवान सम्पत्ति हुने गरेको छ। पानीमाथि मुलुकले लगानी गरेपछि यसको व्यवसायीकरण हुने भएको छ। पानीको व्यापार गरेर आम्दानी गर्न सकिने सम्भावना पुष्टि भइसकेको अवस्थामा खानेपानीको व्यवस्थापनमा निजी लगानीको खोजी गर्नुपर्ने भएको छ। तत्कालको अवस्थालाई हेर्दा खानेपानी समस्याको समाधान भनेको यसको उत्पादन र वितरण मात्र देखिए पनि छाँगाछहरा र खोलाखेल्सा छाडेर शहर प्रवेश गर्ने बसाइँसराइ मनोविज्ञान र परिणामसँग यो समस्यालाई जोडेर हेर्नुपर्दछ। गाउँघरमा सेवा र सुविधा पुर्‍याएर जहाँ पानीलगायत प्रकृतिका सम्पदा प्रचुर मात्रामा छन् त्यहाँ नै बसौंबसौं लाग्ने बनाउन सकियो भने बसाइँसराइँले ल्याउने पानीलगायतका सम्पदाको उपयोगलाई सहज गर्न सकिन्छ। खानेपनी, वनलगायतका प्राकृतिक सम्पदाको संरक्षण, सदुपयोगमा आक्रामक नीति लिएर अघि बढेन भने आगामी दिन खानेपानीको समस्या अझ विकराल हुनेछ। जुन देशमा खानेपानीको समस्या हुन्छ त्यहाँ अन्य के कुराको सुविधा हुनसक्दछ अनुमान लगाउन सकिन्छ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px