पेरिस, जेठ २४ गते। प|mेन्च ओपनको पुरुष एकल सेमिफाइनलमा शीर्ष वरीयताका नोभाक जोकोभिच र सर्वाधिक ग्रान्डस्लाम विजेता रोजर फेडरर एकअर्काविरुद्ध भिडन्त गर्ने भएका छन्।
चार ग्रान्डस्लामको उपाधि लगातार जित्ने तेस्रो खेलाडी बन्ने प्रयासमा रहेका जोकोभिचले मङ्गलबार राति सन् १९८३ पछि प|mेन्च ओपन जित्ने पहिलो प|mान्सेली खेलाडी बन्ने दाउमा रहेका जो विल्प|mेड सोङ्गालाई निराश पारे। यद्यपि सोङ्गाले विश्वका नम्बर एक खेलाडीलाई प्रतियोगिताबाट पाखा लगाउन चार म्याच अङ्क पाएका थिए। जोकोभिचले पाँचौँ वरीयताका सोङ्गालाई ६-१, ५-७, ५-७, ७-६
-६), ६-१ ले हराएरै छाडे। ग्रान्डस्लाम प्रतियोगितामा जोकोभिचको यो लगातार २६औँ जित हो।
इतिहास कायम गर्न दुई खेल पछाडि रहेका जोकोभिचलाई सेमिफाइनलमा १६ पटक ग्रान्डस्लाम जितिसकेका रोजर फेडररले रोक्ने प्रयास गर्नेछन्। गतवर्ष फेडररले जोकोभिचलाई सेमिफाइनलमा हराएका थिए। सो हारले जोकोभिचको लगातार ४३ जितको अभियानमा पूर्णविराम लागेको थियो। त्यसपछि पुनः जोकोभिचले ग्रान्डस्लाममा हार बेहोरेका छैनन्।
फेडरर पनि कठिन खेलमा जित हासिल गरी अन्तिम चारमा पुगे। फेडररले सुरुका दुई सेट गुमाएर पनि अर्जेन्टिनाका नवौँ वरीयताप्राप्त हुँवा मार्टिन डेल पोट्रोलाई ३-६, ६-७ -४), ६-२, ६-०, ६-३ ले हराए। पहिलो दुई सेट जितेपछि पोट्रोले पुनः फेडररविरुद्ध स्तब्धकारी जित निकाल्ने सम्भावना देखिएको थियो। सन् २००९ मा अमेरिकी ओपनको फाइनलमा पोट्रोले नै फेडररलाई स्तब्ध पारेका थिए तर यसपटक फेडररले आप\mनो अनुभवको प्रयोग गर्दै बाँकी लगातार तीन सेट जिते र उपाधि होडमा आप\mनो सम्भावना कायम राखे।
महिला एकलमा इटालीकी सरा इरानी जर्मनीकी एन्जेलिक कर्बरलाई सोझो सेटमा ६-३, ७-६ -२), ले हराएर सेमिफाइनलमा पुगिन्। इरानी ग्रान्डस्लामको अन्तिम चारमा पुगेको यो पहिलोपटक हो। उनले अब अमेरिकी ओपन विजेता साम स्टोसुरविरुद्ध खेल्नेछिन्। छैटौँ वरीयताकी स्टोसुरले क्वाटरफाइनलमा १५औँ वरीयताकी डोमिनिका चिबुल्कोभालाई ६-४, ६-१ ले बिदा गरिन्।