Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
जनता शोकमा छन्....
निर्मलकुमार आचार्य
 

जे नहुनु थियो, आखिर त्यही भयो। पटक-पटक संविधानसभाको म्याद थपेर पनि संविधान बनाउन सफल नभएका राजनीतिक दल अन्तिम घडीमा समेत मिल्नसकेनन् र जनताको संविधानसभाबाट संविधान बनाउने मनसुबा अनाहकमै तुहिनपुग्यो। संविधानसभा किन असफल साबित भयो ? दुनियासामु प्रस्ट भइसकेको छ, तैपनि राजनीतिक दल न्वारानदेखिको बल लगाई एक, अर्कालाई दोषारोपण गरेर आफू पानीमाथिको ओबानो बन्ने विफल प्रयास गरिरहेका छन्।

संविधानसभाबाट संविधान बनेर सुखी, शान्त, समृद्धशाली नेपाल बन्ने सपना देखेका आम नेपाली यतिखेर किंकर्तव्यविमूढ बनेका छन्। आशा गरिएका, भरोसा राखिएका र शिरोपर गरिएका नेताहरू कर्मपरायणताबाट च्युत भई यसरी लज्जाजनक स्थितिमा आउने कल्पनासम्म पनि जनताले गरेका थिएनन्। अन्तिम घडीमा भए पनि सुखद समाचार आउने विश्वास पालेका जनतालाई वज्रपातमा परिने पटक्कै लागेको थिएन। ऐतिहासिक कालखण्डमा अनेक उतारचढाव आए पनि राजनीतिक दलमा जनअपेक्षित सुधार नआएको उदाहरण यसपालि पनि छर्लङ्ग भएको छ। व्यक्तिगत, समूहगत तथा दलगत स्वार्थको भुमरीमा जेलिएका नेताहरू मुलुक र मुलुकवासी भयानक सङ्कटमा पर्न थाल्दा पनि राष्ट्रिय सोच अँगाल्नेतर्फ अग्रसर नदेखिनुले भविष्य अत्यन्तै कष्टकर एवं अकल्पनीय ठहरिन सक्ने आशङ्का बढेको छ।

संविधानसभाको लज्जाजनक अवसानका पछाडि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थको खेल नरहेको ठोकुवा गर्न पक्कै सकिँदैन तर त्यसो भनेर आˆनो आङ कन्याई छारो उडाउनु पनि बेस हुँदैन। सङ्क्रमणकालमा रहेको मुलुक देशी, विदेशी नानाथरी स्वार्थको घेरामा पर्नु अस्वाभाविक होइन, तिनका अन्तर्निहित स्वार्थलाई चिन्दै र चिर्दै राष्ट्र र राष्ट्रवासीको परम हित सिद्ध गर्नसक्नु दलीय खुबीको विषय हुनसक्थ्यो। दलीय एकताको अभावले गर्दा नै आज मुलुक संवैधानिक तथा राजनीतिक सङ्कटको भुमरीमा रिङ्न बाध्य बनेको छ।

संविधानसभाको विघटनपछि मुलुक अत्यन्तै तरल, जटिल र सकसपूर्ण अवस्थामा रहे पनि राजनीतिक हस्तीमा अझै सामयिक, सामूहिक सोच जागेको छैन। राजनीतिक दलबीच बढ्दो दूरी र ध्रुवीकरणले आशङ्काका बादल घनीभूत बनाएका छन्। ध्रुवीकरणको मति र गति चर्कंदै गएका खण्डमा तनाउ मात्रै होइन, भिडन्तसमेत बढ्नपुगी कहिल्यै नसकिने भयावह युद्धको चपेटामा मुलुक पर्ने सम्भावना तीव्र छ।

सबै रिसराग, क्रोध, आक्रोशको केन्द्रबिन्दु चाहिँ अहिले पनि सत्ता नै बनेको छ। कसैलाई सत्ता जाने डर त कसैलाई सत्ता नपाउने चिन्ता। योभन्दा ठूलो विडम्बना मुलुक र मुलुकवासीका लागि अरू केही हुनसक्ला ? सत्ता कसको हातमा छ र कसको हातमा जान्छ वा जाँदैन जनसरोकारको विषय होइन, जनताले यत्ति बुझेका छन्, ठूला भनिएका एनेकपा माओवादी, नेपाली काङ्गे्रस, नेकपा -एमाले) र मधेसी मोर्चाका नेता मिलेका भए संविधान आउँथ्यो र अहिले मिलेका खण्डमा पनि तमाम समस्या छुमन्तर हुने अवस्था छ। राजनीतिक निर्णयका आधारमा संविधानसभा ब्युँताउनसकिने दृष्टिकोण पनि अगाडि आएको छ। राजनीतिक सहमतिबाट संविधानसभा बौराउने नै हो भने बौराइएको संविधानसभालाई केही दिन निरन्तर जारी राखी संविधान घोषणा गर्नु समय, श्रम र खर्चका हिसाबले उचित होइन र ? संविधान जारी गरेर बरू संंसद्को चुनाव घोषणा गरिनु चाहिँ बढी बुद्धिमानी होला कि Û

राजनीतिक सहमतिका निम्ति गोलमेच बैठक महौषधी ठहरिनेमा विमति रहँदैन। निकै वर्षअघिदेखि चर्चामा रहेको गोलमेच बैठकले सार्थकता पनि पाउनेछ। दल, नागरिक समाज, बुद्धिजीवीलगायतका अधिकांश पक्षलाई समेटी अघि बढ्नु निश्चय नै श्रेयष्कर हुनेछ।

प्रत्येक दलले राष्ट्रिय हितका निम्ति सत्तास्वार्थ त्याग्ने हो भने दलविशेषका स्वार्थमा नमुछिएका न्यायमूर्ति, नागरिक समाजका प्रतिनिधि आदि सम्मिलित सरकार निर्माण गरेर पनि अघि बढ्न नसक्ने होइन।

राजनीतिक दलभित्रको रडाको यतिखेर सर्वाधिक चर्चामा छ। गाउँमा आगो लाग्दा निभाउनतिर नगई घरभित्रैको झगडामा लाग्नेलाई ठीक मान्न नसकिएझैँ अनिश्चयको आगोमा मुलुक दन्किरहेका बखत आन्तरिक झगडाको नौटंकी मञ्चनलाई कदापि उचित मान्न सकिँदैन। किचलो हुनु स्वाभाविक हो र आन्तरिक किचलो औचित्यपूर्ण ढङ्गबाट समाधान पनि हुनुपर्छ तर मुलुकलाई अनिर्णयको बन्दीबाट मुक्त तुल्याउन खर्चिनुपर्ने बुद्धि दलभित्र एक अर्कालाई छिड्की हान्ने सुर्‍याइँमा खर्च भइरहनुलाई चाहिँ बेमौसमको बाजा नमानिरहन सकिँदैन।

जनता यतिखेर कुनै एक दल वा समूहलाई मात्रै दोषी मान्ने पक्षमा नरहेको हेक्का सबैले राख्नैपर्छ। मुलुकलाई जतिसक्दो छिटो निकासको बाटामा नलैजाने हो भने संविधानसभाको मृत्युपछि शोक मनाइरहेका जनताले के गर्ने हुन् ? अनुमान बाहिरको कुरो हुनसक्छ। जनताका नाममा राजनीति गर्ने, युद्ध गर्ने, विद्रोह गर्ने र सत्तामा पुग्ने तमाम नेताले होसियार हुनैपर्छ। जनताको मौन खबरदारीलाई बेलैमा आत्मसात् गरिनुपर्छ, नत्र वितृष्ण जनताले कुन बेला, के कस्तो विरोधको आँधीबेहरी सिर्जना गर्ने हुन्, ठेगान हुँदैन। त्यसैले शोकाकूल आम नेपाली जनतालाई अभिभावकका रूपमा नेताहरूले एकस्वरमा शान्ति, संविधानको प्रत्याभूति दिनैपर्छ। आजको राष्ट्रिय माग यही हो।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px