काठमाडौँ, जेठ २५ गते। युरोपका उत्कृष्ट र नामी फुटबल खेलाडी शुक्रबारदेखि एउटै फुटबल प्रतियोगितामा भेला हुँदैछन्। विश्वकपपछिको बहुप्रतिक्षित फुटबल मेलाका रूपमा रहेको युरोपियन फुटबल प्रतियोगिता पोल्यान्ड र युक्रेनमा जेठ २६ गते सुरु भएर असार १२ गते सम्पन्न हुनेछ। युरो फुटबल संयुक्त रूपमा आयोजना हुन लागेको यो तेस्रोपटक हो। यसअघि सन् २००० को युरो फुटबल बेल्जियम र नेदरल्यान्ड तथा गत संस्करणमा अस्टि्रया र स्विजरल्यान्डले मिलेर आयोजना गरेका थिए। यसैगरी सन् २०१६ को युरो प|mान्सले आयोजना गर्ने पक्का भइसकेको छ। यसैगरी प|mान्समा हुने युरो कपमा २४ टिमले भाग लिने तय भइसकेको छ। यसपालि १६ टिमले सहभागिता जनाएका छन्।
पोल्यान्डको वार्सा नेसनल
रङ्गशालामा प्रतियोगिताको भव्य उद्घाटन हुनेछ। प्रतियोगिताको समापन भने युक्रेनको किएभ रङ्गशालामा हुनेछ।
विश्वकपपछि यो फुटबलको सबभन्दा ठूलो मेला हो तर फुटबल विशेषज्ञ युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरीय प्रतियोगिताका रूपमा लिने गर्छन्। विश्वकपजस्तै युरो पनि यस क्षेत्रका खेलाडीले आˆनो फुटबल जीवनमा एकपटक भए पनि खेल्ने चाहना राख्ने प्रतियोगिता हो। यस प्रतियोगिताले पनि विश्वमा नै विश्वकपसरह चर्चा पाउने, आफूलाई सावित गर्नेलाई विश्वले पछिसम्म पनि सम्झना गर्ने हुनाले फुटबलको यस महासङ्ग्राममा हरेक खेलाडीको युद्ध गर्ने सपना हुन्छ। किनभने प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने यो ठूलो मञ्च हो।
यसपटक विश्व च्याम्पियन तथा गतविजेता स्पेन, तीनपटक युरो च्याम्पियन जर्मनी, र्फममा रहेको प|mान्सका साथै इङ्ल्यान्ड र नेदरल्यान्ड पनि दावेदारितामा सबभन्दा अगाडि रहेका छन्। यद्यपि युरो च्याम्पियनसिपमा परम्परागत शक्तिशाली फुटबल राष्ट्रले पनि सङ्घर्ष गर्नुपरेका उदाहरण धेरै छन्। व्यस्त घरेलु लिगमा लगातार खट्नुपरेकाले नामी खेलाडी युरोमा प्रायः आ-आˆनो क्षमताअनुसार प्रदर्शन गर्न सक्दैनन्।
युरोकप-२०१२ आठ स्थानमा खेलाइने छ। जसमा पाँच नयाँ रङ्गशाला निर्माण भएका छन्। तीन रङ्गशालाको संरचना परिवर्तन गरी आधुनिक बनाइएका छन्। आयोजक युक्रेन तथा पोल्यान्डले युरोकप सफल बनाउन अर्बौं डलर खर्चेका छन्। सफल आयोजनाका लागि दुवै राष्ट्रले सहरको स्वरूप नै परिवर्तन गरेका छन्। पोल्यान्ड र युक्रेनले समर्थकको भीड व्यवस्थित पार्न यातायात प्रणालीमा परिमार्जन गरेका छन्।
यसपटक प्रायः सबै ठूला राष्ट्र युरोमा चयन भएका छन् तर पनि समूह 'बी' गु्रप अफ डेथका रूपमा रहेका छन्। जुन समूहमा तीनपटकको विजेता जर्मनी, पूर्व विजेताद्वय डेनमार्क, हल्यान्ड र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल रहेका छन्।
युरो कपको उपाधि जित्ने टिमले ७५ लाख युरो हात पार्नेछ। उपविजेताको पोल्टामा ४५ लाख युरो पर्नेछ। यसैगरी सहभागी सबै टिमले ८० लाख युरो पाउनेछन्।
सन् १९६० मा सुरु भएको युरोकप १३औँ
संस्करणसम्म आइपुग्दा नौ भिन्न मुलुकले उपाधि उचालिसकेका छन् । जर्मनी सबभन्दा सफल टिम हो । सर्वाधिक तीनपटक उपाधि जित्ने जर्मनीले कुल छ पटक फाइनल खेलेको छ ।
प|mान्स र स्पेनले दुई/दुईपटक युरो जितेका छन् । स्पेन गतविजेता टिम पनि हो । इटाली, तत्कालीन चेकोस्लोभाकिया, तत्कालीन सोभियत सङ्घ, नेदरल्यान्ड, डेनमार्क, गि्रसले पनि युरोकप उचालिसकेका छन् ।