काठमाडौँ, जेठ २५ गते। तीन दिनयता लगातार घटेको पुँजी बजार बिहीबार भने सुधारतर्फ अग्रसर देखिएको छ। तीन दिनमा झन्डै २५ अङ्कले घटेको नेप्से बिहीबार सामान्य वृद्धि भएपछि यस्तो सुधार देखिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबारको कारोबारमा नेप्से चार दशमलब २४ अङ्कले बढेर ३६९ दशमलब ७७ बिन्दुमा पुगेको छ। बिहीबारको कारोबारमा एक हजार ४५५ वटा कारोबारबाट एक लाख ९५ हजार १९९ कित्ता शेयर किनबेच भई पाँच करोड सात लाख २८ हजार ५२८ रुपियाँयाको कारोबार भएको थियो।