Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
बजेट सीमा चार खर्ब २९ अर्ब
सीताराम विलासी
 

काठमाडौँ, जेठ २५ गते। संविधान जारी नगरी संविधानसभा विघटन भएपछि सिर्जित राजनीतिक जटिलताको प्रभाव आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि पर्ने सङ्केत देखिएको छ।

सरकारी पक्षले विपक्षीहरूसँग सहमति गरेर समयमा बजेट ल्याउने बताउँदै आए पनि विपक्षीहरू वर्तमान सरकार विघटन गरी सहमतिको सरकार हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएपछि बजेट निर्माण अन्योलमा पर्ने चिन्ता बढेर गएको हो। बजेट जस्तो संवेदनशील विषयमा सबै दल एकमत हुनुपर्ने भन्दै अत्यावश्यक मुद्दाहरूमा विपक्षीसँग सहमति गरेर भए पनि बजेट समयमा जारी गर्नुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका छन्। अर्थ मन्त्री वर्षमान पुनले पनि सहमतिमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने बताउँदै आउनुभएको छ।

गत वर्ष सरकारलाई निर्वाधरूपमा बजेट ल्याउने मार्ग प्रशस्त गरिदिने प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस लगायतका दलहरू यसपटक पनि प्रतिपक्षमै रहेकाले बजेट निर्माणमा अवरोध हुने संभावना कम रहेको अनुमान गरिएको छ। नयाँ आर्थिक वर्ष सुरु हुन करिब एक महिना बाँकी रहँदा सरोकारवाला निकाय बजेटको आकार र स्वरूपका बारेमा अन्योलमा छन्। कस्तो बजेट बनाउने भन्ने कुरामा कर्मचारीतन्त्र पर्ख र हेरको स्थितिमा देखिन्छ भने स्वयं सरकार पनि बजेटको स्पष्ट स्वरूप दिन सकेको छैन।

समयमै राष्ट्रिय सहमतिमा बजेट निर्माणको वातावरण बन्न नसके सन् २०१२-१३ लाई लगानी वर्षको घोषणा गर्ने, ठूलो वैदेशिक लगानी भित्राएर ठूला परियोजनाहरू अगाडि बढाउने, रोजगारी बढाउने, आर्थिक सम्वृद्धि ल्याउने सरकारी योजना अलपत्र पर्नसक्ने विश्लेषकहरू बताउँछन्। संविधान निर्माण भएर आर्थिक क्षेत्रले पनि स्थायित्व पाउने आशा रहे पनि संविधान निर्माण कार्य अवरुद्ध भई यो वर्ष फेरि अध्यादेशबाट अधुरो बजेट आउने सङ्केत देखिएपछि नेपालको निजी क्षेत्र, दातृ निकायले पनि निराश भएको छ।

यद्यपि सुशासन र आर्थिक सम्वृद्धिलाई आˆनो प्रमुख मुद्दा बनाउँदै आएको वर्तमान सरकारले आर्थिक मुद्दा र बजेट निर्माणको कुरामा सबैलाई विश्वासमा लिएर अगाडि बढ्ने उनीहरूले आशा लिएको बताउँदै आएका छन्। सरकारी अधिकारीहरू बजेटको सामान्य तयारी पूरा भए पनि नयाँ कार्यक्रमहरू ल्याउने, ठूला आयोजनालाई कसरी अगाडि बढाउने भन्ने कुरा स्पष्ट हुन नसक्दा बजेटलाई ठोस रूपमा अगाडि बढाउन नसकिएको स्वीकार गर्दछन्।

अर्थ मन्त्रालयका प्रवक्ता राजन खनाल बजेटले बजेट निर्माणमा नियमित खर्च र अघिल्ला आयोजनाको बारेमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल भइरहेको बताउनुभयो। राष्ट्रिय सहमतिको संभावनालाई पनि ध्यानमा राखेर असार अन्तिमसम्मको समयमा बजेट बनाउने सोचमा अर्थ मन्त्रालय देखिन्छ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता पुरुषोत्तम घिमिरे बजेटको प्रारम्भिक कार्य सम्पन्न भएको र नयाँ कार्यक्रम तथा पछि थपिएका मन्त्रालयका योजनाका बारेमा टुङ्गो लगाउन बाँकी रहेको बताउनुहुन्छ। आयोगले आगामी आर्थिक वर्षका लागि चार खर्ब २९ अर्ब रुपियाँको बजेट सिलिङ तोकेको छ।

अर्थ विश्लेषक हरि रोकाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको प्रयत्न गरिरहेको र अर्थमन्त्रीले पनि सहमतिमै बजेट ल्याउने कुरा सार्वजनिक रूपमा बोल्दै आउनु भएकाले राजनीतिक दल, राष्ट्रिपति समेतलाई विश्वासमा लिएर बजेट ल्याउने कुरामा सरकार सफल हुने उहाँले रहेको बताउनुहुन्छ।

बजेट ल्याउने कुरामा दलहरूबीच साझा दृष्टिकोण र सहमति जरुरी छ भन्दै दलहरू बजेट रोक्ने पक्षमा गए भने त्यसले ठूलो नोक्सान पुर्‍याउने बताउनुहुन्छ। बजेट ल्याउने कुरामा अवरोध हुन्छ भन्ने मलाई लाग्दैन, उहाँले भन्नुभयो, दलहरू बजेट रोक्ने पक्षमा जाँदैनन्। सरकारले संविधानसभा निर्वाचन पनि घोषणा गरेकाले सो निर्वाचनलाई ध्यानमा राख्दै पुराना आयोजनाहरूलाई निरन्तरता दिने, राष्ट्रिय हितका ठूला परियोजनाहरू अगाडि बढाउन बजेट केन्दि्रत हुनुपर्ने रोक्काको भनाइ थियो।

अर्थविद् डा. चिरञ्जीवी नेपाल राष्ट्रिय सहमति नबनेको अवस्थामा कामचलाउ सरकारले अध्यादेशबाट ल्याउने बजेटबाट जनताले कुनै नयाँ कुरा आशा गर्न नसक्ने बताउनुहुन्छ। राजनीतिक सहमति कायम हुने र पूर्ण बजेट आउने संभावना आफूले नदेखेको उहाँको भनाइ छ। अहिलेको अवस्थामा सरकारले दीर्घकालीन नीति र कार्यक्रमसहितको बजेट ल्याउन सक्ने स्थिति नरहेको, करका नयाँ दरहरू निर्धारण गर्न र राजस्व लक्ष्य अनुसार असुल गर्नसक्ने अवस्था नरहेको, वैदेशिक सहयोगका प्रतिबद्धता पनि प्राप्त हुन नसक्ने भन्दै उहाँले स्पष्ट आर्थिक नीति लिन नसक्ने अवस्थामा आउने बजेट कर्मचारीलाई तलब खुलाउने कुरामा मात्रै सीमित हुने बताउनुभयो।

लगानी वर्ष घोषणा गर्ने, लगानी बोर्डमार्फत विदेशी लगानी भित्राउने कुरा सरकार आफैले अन्त्य गरेको भन्दै अबको अवस्थामा मुलुकमा महँगी, बेरोजगारी बढ्न सक्ने, लगानीका प्रतिबद्धता घट्दै जाने, पुँजी पलायन बढ्ने, वित्तीय अनुशासन लथालिङ्ग हुने, उत्पादन घट्नुका साथै समग्र आर्थिक क्षेत्रमा शिथिलता आउने, त्यसले मुलुकको प्रभाव अन्तर्राष्ट्रिय क्षेत्रमा नराम्रो हुँदै जाने चिन्ता प्रकट गर्नुभयो।

योजना आयोगको रु. चार अर्ब २९ खर्बको बजेट अब मुलुकले पचाउन नसक्ने नेपालको भनाइ छ। उहाँले राजस्व राम्रोसँग उठन नसकेको र विकास खर्चको स्थिति निराशाजनक रहेको अवस्थामा यति ठूलो बजेटको कुरा गर्नु हास्यास्पद हुने बताउनुभयो।

अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार अहिलेको सरकारले कानुनी हिसाबले अध्यादेशबाट बजेट ल्याउन सक्ने भए पनि त्यसरी आउने बजेटको कार्यान्वयन कमजोर हुन्छ। सरकारले सङ्क्षिप्त आकारको बजेट ल्याएर काम चलाउन सक्ने उहाँको सुझाव छ।

अधिकारीले सरकारले मुलुकलाई अप्ठ्यारोमा पर्नसक्ने जस्तो महँगी, सडक अवरोध नियन्त्रण, कृषकलाई मलबिउ आदि राहत दिने, निजी क्षेत्रलाई निराश हुन नदिने जस्ता कुराहरूमा अन्य दलसँग सहमति गरेर भए पनि बजेट ल्याउन प्रयत्न गर्नुपर्ने भन्दै अन्य दललाई पेलेर बजेट ल्याउँछु भनियो भने त्यसले न मुलुकको हित गर्छ, न लक्ष्य प्राप्त हुन्छ भन्नुभयो। संविधानको खाका दिन सकेको भए रु. चार खर्ब ६० अर्बको बजेट पनि ल्याउन सकिन्थ्यो भन्दै एक तिहाई पनि पुँजीगत खर्च हुन नसकेको अवस्थामा ठूलो बजेट ल्याउने कुराले उपभोग र महँगी बढाउने, मुलुकलाई थप घाटा पुर्‍याउनुका साथै आर्थिक वृद्धि कमजोर हुने बताउनुभयो।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px