Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
संस्कृत शिक्षामा समयसुहाउँदो मति र गति
शान्तिकृष्ण अधिकारी
 

हामी नेपालीहरुमा एउटा भ्रम छ - जोगीहरु प्रायः ठग्ने प्रवृत्तिका हुन्छन्। उखानै छ, काम गर्नका अल्छीले जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै पर्‍यो। मलाई पनि त्यस्तै भ्रम थियो त्यस संस्थाका संस्थापक स्वामी गिरि प्रति। प्रवचनहरुमा र्झकने, रिस अत्यन्त कडा भएको, रुखो व्यवहार भएका डा.गिरिले सञ्चालन गरेको संस्था कस्तो पो होला र भन्ने लागेको थियो। साँच्चै भन्नुपर्दा म मन नलागी नलागी त्यहाँ सहभागी हुन पुगेको थिएँ। तर त्यहाँको कार्यक्रम सम्पन्न भई सक्दा नसक्दै ममा ठीक उल्टो प्रभाव पर्‍यो। संस्थाका गतिविधि पनि अवलोकन गरी सकेपछि त सबै जोगी उस्तै हुँदैनन् र रामानन्दले सञ्चालन गर्नुभएको गुरुकुल उच्चकोटीमा पर्छ भनी लेख्न करै लाग्यो।

२०६८ को चैते दशैँमा महेश संस्कृत गुरुकुल अवलोकन गर्ने अवसर प्राप्त भएको थियो। चितवनको देवघाट स्थित उक्त आश्रमको वाषिर्कोत्सव सँधै चैते दशैँमा मनाइँदो रहेछ र उक्त कार्यक्रममा अतिथि हुनका लागि त्यहाँका प्राचार्य गुरुप्रसादजीले निम्तो दिनु भएको हुँदा म त्यहाँ पुगेको थिएँ र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति शिवहरि मरहट्टा प्रमुख अतिथिको हैसियतले त्यहीँ हुनुहुन्थ्यो।

कुनै पनि शैक्षिक संस्थाको स्तर त्यस संस्थाका विद्यार्थीको गुणस्तरबाट मापन गर्न सकिन्छ। शिक्षक र संस्थापकहरुको योग्यता पनि मूल्याङ्कनका आधारमा रहला तर पनि विद्यार्थी नै पहिलो कडीमा आउँछन्। कार्यक्रममा उद्घोषक विद्यार्थी थिए र अधिकांश वक्ता पनि विद्यार्थी। सबैले संस्कृतमा फरर्र बोले, त्यो पनि शुद्ध। म त त्यति संस्कृत नबुझ्ने परेँ। त्यसैले विश्वविद्यालयका उपकुलपतिसँग सोधेँ कस्तो छ भनेर। १५ मिनेटको संस्कृत सम्भाषण प्रस्तुत गर्दा जम्मा एक ठाउँमा ती विद्यार्थीले गलत शब्द प्रयोग गरे रे। उत्तरमध्यमा तह -आई.ए. सरह)का दुई जना विद्यार्थीले न्यायशास्त्रको शास्त्रार्थ संस्कृतमै करिब २० मिनेट प्रस्तुत गर्दा सबै चकित बने। न्यायशास्त्र संस्कृतका विधाहरु मध्येमा कठिनतम विधा मानिन्छ। करिब सवासय विद्यार्थी अध्ययनरत उक्त संस्थाका १० जना जति विद्यार्थीको योग्यता देख्दा त्यहाँका सबै विद्यार्थी योग्य छन् भन्ने अनुमान लगाउन सकिन्थ्यो।

ती सबै विद्यार्थीको आवास तथा भोजनको व्यवस्था गुरुकुलकै तर्फबाट हुनेरहेछ। गुरुकुललाई विभिन्न क्षेत्रका दाताहरुबाट खाद्यान्न तथा नगद प्राप्त हुने रहेछ। हेटौँडाका वासिन्दाको दान दातव्यमा उल्लेख्य भूमिका रहेछ। त्यसै दिन पनि हेटौँडाबाट ट्रकका ट्रक खाद्यान्न आइरहेको थियो। सरकारका तर्फबाट खासै त्यस्तो उल्लेख्य सहयोग प्राप्त नहुने रहेछ। मात्र एकजना शिक्षक प्राचार्यका रुपमा संस्कृत विश्वविद्यालयले उपलब्ध गराएको रहेछ। यद्यपि संस्कृत विश्वविद्यालयबाट लिइने अधिकांश परीक्षाहरुमा त्यहाँका विद्यार्थी नै सर्वप्रथम हुने गरेका रहेछन्।

गुरुकुलको अनुशासन कडा रहेछ र त्यहाँका विद्यार्थीले सबै क्रियाकलाप र आचरण वैदिक पद्धति अनुरुप सम्पन्न गर्नु पर्ने रहेछ। विद्यालयका विद्यार्थीहरुलाई पीतवस्त्र र विद्यापीठ -क्याम्पस) का विद्यार्थीहरुलाई श्वेतवस्त्र उपलब्ध गराइँदो रहेछ। दुबै तहका विद्यार्थीको पोशाक भनेको धोती-कुर्ता रहेछ। गुरुकुलले विद्यार्थीहरुलाई बिहानदेखि बेलुकीसम्मको समयतालिका दिएको रहेछ, जुन अनिवार्यरुपमा पालना गर्नु पर्ने रहेछ। त्यसैले त्यहाँका शत् प्रतिशत विद्यार्थी प्रवेशिका परीक्षामा विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण हुँदा रहेछन्। विद्यार्थीले शिक्षक पिटेका समाचार आइरहने वर्तमान समयमा त्यहाँको वातावरण अध्ययन गर्नु अत्यन्त सान्दर्भिक देखिन्छ।

संस्कृत विश्वविद्यालयको उद्देश्य हाम्रो प्राचीन पद्धतिको संरक्षण र सम्बर्द्धन गर्नु हो। संस्कृत अध्ययन गुरुकुलीय परम्परामा नै हुनु पर्ने हो। गुरुकुल प्राचीन परम्परामा कसरी सञ्चालन हुन्थे त्यो अध्ययनको विषय होला। तर महेश गुरुकुलले त्यस परम्पराको अंश प्रस्तुत गर्न सकेको छ भन्दा अत्युक्ति नहोला। त्यसैले संस्कृत विश्वविद्यालयले त्यहाँको वातावरण अध्ययन गरी पठन पाठन शैलीमा परिवर्तन ल्याउनु उचितै होला।

गुरुकुलीय पद्धतिमा फेरि र्फकने भन्दा आधुनिक विद्यार्थी जमातलाई अस्वाभाविक लाग्न सक्ला। यसको मतलब २१ औँ शताब्दीका विद्यार्थीलाई ढुङ्गे युगमा पुनरागमन गराउने निश्चय नै होइन। विद्यार्थीले जुन विषय अध्ययन गर्दैछन् त्यसमा पारङ्गत बनाउने हो। गुरुकुलमा पनि अंग्रेजी पढाउन सकिन्छ। त्यहीँ कम्प्युटर शिक्षा प्रदान गरी आजको युगको माग बमोजिमको आधुनिक पुस्ता उत्पादन गर्न सकिन्छ। नेपाली, संस्कृत र अंग्रेजी तीन भाषामा लेख्न र प्रवचन दिन सक्ने विद्यार्थी उत्पादन नै विश्वविद्यालयको प्रमुख लक्ष्य हुनु पर्दछ। सारतत्वमा भन्नु पर्दा संस्कृत तर्फको जुन विषय पढ्दैछन् त्यही विषयको आधिकारिक विद्वान्का रुपमा प्रस्तुत गर्न सक्नु नै विश्वविद्यालयको सफलता हो भनी मान्नु पर्दछ। विश्वविद्यालयका ती उत्पादनले संस्कृतप्रति रहेको समाजको हेय र भ्रमलाई ती उत्पादनले चिर्न सक्नु पर्दछ। यसरी हेर्दा संस्कृत विश्वविद्यालयले लक्ष्य प्राप्त गर्न सके जस्तो देखिँदैन।

संस्कृत विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या कम हुने गरेकोमा चिन्तित छ। संस्कृत माध्यमिक विद्यालयहरु साधारणमा परिणत हुने गरेकाले विद्यार्थीको कमीको समस्या यसले अझै झेल्नु पर्ने देखिन्छ। त्यसको निराकरणका लागि एस्.एल्.सी. उत्तीर्णहरुका लागि संस्कृत भाषा प्रशिक्षणका कक्षाहरु सञ्चालन गरेर केही प्रयत्न गरिएको छ। अन्य विश्वविद्यालयहरुको दाँजोमा यति गर्दा पनि विद्यार्थी सङ्ख्यामा सन्तोषजनक प्रगति हुन सकेको छैन। यसैमा नै पदाधिकारीहरु चिन्तित छन्। अझ अब १२ कक्षासम्म विद्यालयस्तरमा पढाइ हुने र विश्वविद्यालयले उत्तरमध्यमा -प्रविणता प्रमाणपत्र) तह पढाउन नपाउने भएपछि के हुने हो त्यो त अनिश्चित नै छ।

संस्कृत विश्वविद्यालयको अहिलेको संरचना उपयुक्त नहुन सक्छ। यसका लागि त विश्वविद्यालयले प्रशासनिक संरचनामा व्यापक परिवर्तन गरी महेश गुरुकुलकै पद्धतिमा ढाल्नु पर्ने हुन्छ जसका लागि सरकार र संस्कृत विश्वविद्यालयका पदाधिकारीहरुले ठूलै हिम्मत गर्नु पर्ने हुन्छ। यो विश्वविद्यालय अहिले जस्तो जताततै विद्यापीठ खोल्ने, सम्बन्धन दिने, छात्रवृत्ति वितरण गर्ने र सबै विषय सबै विद्यापीठमा पढाउने प्रवृत्ति अनुरुप सञ्चालन गर्ने होइन।

यो विश्वविद्यालयले पाँच विकास क्षेत्रमा एक एक वटा गरी जम्मा ५ वटा विद्यापीठ सञ्चालन गर्नुपर्दछ। प्रत्येक विद्यापीठमा जम्मा १०० विद्यार्थी गरी कुल ५०० विद्यार्थीका लागि विश्वविद्यालयमा कोटा निर्धारण गरिनुपर्दछ। त्यो भन्दा बढी विद्यार्थी आएमा अर्को वर्षका लागि प्रतिक्षा सूचीमा राखिनु पर्दछ। भर्ना लिएका विद्यार्थीलाई आवासीय रुपमा भोजनवृत्ति सहित विद्यापीठमै राख्ने र विद्यापीठबाट बाहिर जानु पर्ने भएमा गुरुकुलमा वा सेनामा जस्तो प्रचलन छ त्यस्त नियम बनाइनु पर्दछ। संस्कृत विश्वविद्यालयमा अध्यापन हुने जति विषय छन् तिनलाई विभिन्न विद्यापीठमा बाँडेर एउटामा पढाइ हुने विषय अर्कोमा नपढाउने व्यवस्था मिलाउनु पर्दछ। कुनै विद्यार्थी लापरवाही गरी अनुत्तीर्ण हुन्छ वा विश्वविद्यालयको अनुशासनमा रहँदैन उसको भोजनवृत्ति तत्काल रोकिनु पर्दछ। यसरी विश्वविद्यालय सञ्चालन गर्न अहिले सरकारले जति बजेट दिने गरेको छ त्यति नै पर्याप्त हुन्छ। आवास र भोजनवृत्ति सहित भन्दैमा आत्तिनु पर्ने हुँदैन। अध्ययन अध्यापनको परम्परा भने ग्रन्थको उल्था गर्ने र नेपालीमा बुझ्ने अहिलेको जस्तोबाट परिवर्तित हुनु पर्दछ। विश्लेषणात्मक र तुलनात्मक ज्ञान दिई विद्यार्थीलाई पूर्वीय र पाश्चात्य परम्परा र प्रवृत्तिको समालोचनात्मक अध्ययन गर्न सक्ने तुल्याउनु पर्दछ।

लेखक नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति हुनुहुन्छ ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px