धुन्चे रसुवा, जेठ २६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले विपन्न जनता महँगीको मारमा परेको बताउनुभएको छ। रसुवा जिल्लाको धैबुङ्ग गाविसको जीवजीवेमा शुक्रबार भएको साना किसान सहकारीको व्यवस्थापन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
अहिलेको महँगीको मारमा विशेष गरी किसान नै परेका छन्, साना किसान गरिब हुन्छन्, उनीहरूले आफूले उत्पादन गरेको सामग्रीहरू बजारमा बिक्री गर्दा पनि उचित मूल्य नपाउने, आफूले किन्ने हरेक सामानहरूमा विशेष गरी कृषक नै महँगीको मारमा परेकाले साना किसान झन् गरिब बन्दै गएको बताउनुभएको छ।
रसुवा जिल्लामा ६ महिना अघि मात्र स्थापना भएको साना किसान सहकारीको परिपक्वताको प्रमाणपत्र दुई सहकारीको अध्यक्षहरू टीका देवकोटा र विष्णु पौडेललाई प्रदान गर्दै गभर्नर खतिवडाले यस्तो कुरा बताउनुभएको छ।
गभर्नर खतिवडाले साना किसानले सधैँ पीडा, महँगीको मारमा, बन्द हडतालले गर्दा पाउने गरेका छन् भन्दै यसलाई निरुत्साहित गर्दै किसानलाई आˆनो पेसा र व्यवसायमा अझ अग्रसर बनाउनको लागि साना किसान बैंक र सहकारीले सहयोग गर्ने हुँदा कृषकलाई सहकारी नछान्न समेत आग्रह गर्नुभएको छ। कृषि पेसा परम्परादेखि नै चल्दै आएको पेसा हो यसलाई मर्यादित र व्यावसायिक बनाउनका लागि पनि किसानलाई व्यवसायमा ऊर्जा दिनका लागि सहकारीको योगदान महìवपूर्ण हुने उहाँले बताउनुभयो।
गभर्नर खतिवडाले साना किसानलाई कृषि पेसामा आधुनिकीकरण र सुरक्षित गर्न कृषि उत्पादित वस्तु र पशुहरूको बीमा गरिनुपर्ने बताउनुभयो।
रसुवा जिल्लामा मङ्सिर महिनामा मात्र गठन भएको साना किसान सहकारीको ६ महिना पुग्ने वित्तिकै स्वामित्व हस्तान्तरण भएको नेपालमै पहिलो उदाहरण भएको साना किसान बैंकका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकले बताउनुभयो।
साना किसान सहकारीको स्थापना गाउँमा बस्ने साना कृषकको लागि कृषि मल, बीउ, नस्ल सुधार, व्यवसायको लागि ऋण प्रवाह गर्ने, स्वरोजगार व्यवसाय प्रबर्द्धन गर्नको लागि स्थापना भएको हो, यसमा सबै कृषकले साथ दिएर आˆनोपन दिनुपर्ने अध्यक्ष पाठकले बताउनुभयो।
अन्य बैंक भनेको सुकिलामुकिलाहरूको लागि ठूला व्यवसाय गर्न र घर घडेरीहरू खरिद गर्नको लागि मात्र भएकाले गाउँ गाउँमा खोलीएको साना किसान सहकारीले झुत्रा झाम्रा किसान, च्यातिएको कपडा लगाउने किसानलाई पनि फाइदा पुग्ने किसिमले खोलिएको सहकारी भएकाले गर्दा एक माना दूध पनि साना किसान सहकारी संस्थाहरूमामार्फत व्यवसाय गर्नको लागि सहयोग पुग्ने अध्यक्ष पाठकले बताउनुभयो।