Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
त्रिविका आंशिक प्राध्यापकको पीडा
लक्ष्मीधर गुरागाईं
 

मुलुकको जेठो विश्वविद्यालय अन्तर्गतका आंशिक प्राध्यापकहरू म्हिनौंदेखि आन्दोलनमा छन्। आफ्नो मागप्रति त्रिवि पदाधिकारीको ध्यानाकर्षण गर्न उनीहरूले लामो समयदेखि आन्दोलन घोषणा गरे। जुलुस निकाले, उपकुलपति कार्यालयका ढोकामा धर्ना बसे।

पदाधिकारीबाट सम्बोधन हुने आशा र विश्वासको बत्ती बालेर विगत तीन सातादेखि उनीहरू त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयको ढोकामा धर्ना बसिरहेका छन्। स्नातकोत्तर तह उत्तीर्ण गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा स्नातक र स्नातकोत्तर तहसम्म प्राध्यापन गरेर आफ्नो घाँटी सुकाउने यी प्राध्यापकहरूको पीडा सुन्ने जो कोहीको पनि गह भरिन्छ।

त्रिभुवन विश्वविद्यालयका आधाभन्दा बढी हिस्साको कक्षाभार बहन गरेर प्राध्यापन कार्यमा संलग्न यी आंशिक प्रध्यापकहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दैगएको छ। महिनाको दुई हजारदेखि पाँचहज्ाार रुपियाँसम्म मात्र कमाइ हुने यी आंशिक प्राध्यापकहरूले आफ्नो कमाइले आधा पेटसमेत खान नपाउने स्थिति छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा विगत दुई वर्षदेखि ग्रामीण विकास विषय प्रध्यापन गर्दै आएका एक जना प्राध्यापकले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा भने "आंशिक प्राध्यापकहरूलाई विश्वविद्यालयले एक पिरियडको रु १०२ रुपियाँ दिन्छ ।

मुलुक यही हो, देशमा बारम्बार बन्द हडताल, चक्काजाम आदिका कारणबाट सधैंँ कक्षा पनि चल्दैन। त्यसले गर्दा एक महिनामा दसदेखि पन्ध्र दिन पढाइ भयो भने रु एक हजारदेखि रु पन्ध्रसयसम्म कमाइ हुने गर्दछ। त्यति पैसाले कोठाको भाडा कसरी तिर्नु, के खानु" भनेर गुनासो गर्दा ती प्राध्यापकका गह भरिएका थिए। अर्का एक आंशिक प्राध्यापकले भने "बाआमाले खाइ नखाई गरेर स्नातकोत्तरसम्म पढाए।

पढाइ सकेर क्याम्पसमा प्राध्यापन गर्दैछु भन्न पनि लाज लाग्छ। स्कुलमा भुरा पढाउनेहरूको भन्दा आधा पनि कमाइ हुँदैन। यसरी क्याम्पसमा आंशिक प्राध्यापन गर्ने प्राध्यापकहरूको विश्वविद्यालयले ठूलो शोषण गरेको छ। कैयौं समयदेखि पेटभरि खाएको छैन। " ती आंशिक प्राध्यापकले भावुक हुँदै प्रश्न गरे "त्रिविको यो शोषणबाट हामी आंशिक प्राध्यापकहरू खै कहिले मुक्त हुौंला ?"

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नेमध्ये कसैलाई माथैमाथ छ, कसैका पुर्पुरामा हात छ। आंगिक क्याम्पसमा काम गर्ने कतिपय प्राध्यापकहरू पढाउँदैनन्। राजनीतिकदलका सङ्गठित सदस्यसमेत हुनाले उनीहरूले पढाउनु पर्दैन। त्रिभुवन विश्वविद्यालयमा हाजिर गरेर टाप कस्ने 'हाटा प्राध्यापक' र हाजिर गरेर हिँडने हाहीं प्राध्यापक'को नै बोलबाला छ। हाटा गर्ने प्राध्यापक महोदय क्याम्पसमा टेकेर हाजिर गर्नासाथ बाटो तताउने गर्दछन् भने 'हाहीं वाला एकछिन् स्टाफरुममा बसेर आकाशपाताल कुरा जोतेर वरिपरिका श्रोताहरूलाई आफ्नो विद्धत्ताको परिचय दिएर बाटो लाग्ने गर्दछन्। ती हाटा र हाहीं प्राध्यापकहरूका ठाउँमा यी आंशिक प्राध्यापकहरूले पढाउने गर्दछन्।

एक महिनाभन्दा पहिलेदेखि उपकुलपति कार्यालयको ढोकामा धर्ना बसेका त्रिविका आंशिक प्राध्यापकहरू आफ्ना मागप्रति विश्वविद्यालयले कुनै चासो नदेखाएको भनेर आक्रोश व्यक्त गर्नथालेका छन्। उनीहरूको आक्रोश योभन्दा पनि बढ्दै जानु भनेको त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पाठ्यक्रममा पनि प्रतिकूल प्रभाव पर्न जानु हो भन्ने कुरालाई त्रिवि पदाधिकारीहरूले राम्ररी हेक्कामा राख्नुपर्दछ।

यस अघिका वर्षहरूमा आंशिक प्राध्यापकहरूले गरेको सङ्घर्षका क्रममा भएका सम्झौतामा आइन्दा आंशिक प्राध्यापक नियुक्त नगर्ने, भएका सबैलाई करारमा नियुक्त गर्ने सम्झौता भए पनि विश्वविद्यालयले त्यसलाई हेक्का राख्न नसक्नु पनि दुःखपूर्ण पक्ष हो।

त्रिभुवन विश्वविद्यालयजस्तो सरस्वतीको पवित्र मन्दिरमा विद्वान प्राध्यापकहरूमाथि विश्वविद्यालयको चर्को शोषण र दमन छ। विश्वविद्यालयमा प्राध्यापन क्षेत्रमा प्रवेश गराउँदा कक्षाभार पुर्‍याएर, सेवा निवृत्त भएका प्राध्यापकहरूका रिक्त दरबन्दीमा र नयाँ दरबन्दी सिर्जना गरेर भए पनि कार्यरत आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्त गर्न त्रिविले अविलम्ब पहल सुरु गर्नुपर्ने देखिन्छ।

आन्दोलनरत आंशिक प्राध्यापकहरूले पनि मेरा गोरुको बाह्र टक्का नगरी त्रिभुवन विश्वविद्यालयसित आफ्ना मागहरूप्रति लचिलो बन्न सक्नुपर्दछ भने त्रिभुवन विश्वविद्यालयले पनि आन्दोलनरत आंशिक प्राध्यापकहरूसित वार्ता गरेर समस्याको समाधान गरी यो समस्या बारम्बार नउठ्ने गरी समाधान गर्नेतर्फ पहलकदमी गर्न अब ढिलो गर्न नहुने देखिन्छ। नत्र यसको परिणाम निकै घातक हुन बेर नलाग्ने देखिन्छ। त्र

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px