काठमाडौँ, जेठ २८ गते। मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष रमेश सिलवालले आइतबार एमालेको भ्रातृ सङ्गठनका रूपमा स्पोर्टस् एकेडेमीलाई नलिन आग्रह गरेका छन्।
एकेडेमीमा प्रायः एमालेसँग आबद्ध व्यक्ति संलग्न भए पनि यो पार्टीसँग आबद्ध नभएको संस्था हो, खेेलकुदको विकासमा लाग्ने जो कोही पनि यस संस्था को सदस्य बन्न सक्छन्, उनले भने। पार्टीभन्दा खेलकुदसँग आबद्ध खेलाडी, प्रशिक्षक र खेल विशेषज्ञलाई एकेडेमीले बढी प्राथमिकतामा राखेको दाबी गर्दै सिलवालले एकेडेमी अहिले राष्ट्रिय खेल नीति ल्याउने र गाउँगाँउमा कम्तीमा एक व्यायामशाला स्थापना गर्ने योजनामा रहेको जानकारी दिए।
अध्यक्ष सिलवलाले एकेडेमीको पहिलो राष्ट्रिय भेलाले आगामी पुस १७ गते स्थापना दिवसको अवसरमा बास्केटबल, फुटबल, भलिबल, क्रिकेट, चेस, एथलेटिक्स, मार्सल आर्टस्, टेबुलटेनिस र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको बताए।