किएभ , जेठ २८ गते। प्रायः पहेँलो जर्सीमा खेल्ने दुई टिम युक्रेन र स्विडेनले सोमबार ओलम्पिक रङ्गशालामा समूह 'डी'मा एकअर्काविरुद्ध खेल्नेछन्।
युक्रेनका समर्थकले जितभन्दा कमको नतिजा अपेक्षा गरेका छैनन्। पहिलो पटक प्रमुख प्रतियोगिताको आयोजना गरिरहेको युक्रेनसमक्ष घरेलु समर्थकलाई अनुकूल नतिजा दिने ठूलो चुनौती छ। स्विडेनका प्रशिक्षक इरिक हाम्रेनले पनि आयोजकले पहिलो खेलमा प्रायः राम्रो खेल्ने प्रतिक्रिया दिएपछि युक्रेनमाथिको दबाब अझ बढेको हो। यसैगरी, युक्रेन पहिलो पटक युरो कप खेल्दैछ।
युक्रेनसमक्ष घरेलु समर्थक र मैदानको फाइदा छ तर फुटबल खेल्ने क्षमताको कुरा गर्दा भने स्विडेन अगाडि देखिन्छ। त्यसैले युक्रेनका प्रशिक्षक ओलेग ब्लोखिनले पनि खेलअगाडि समर्थकलाई ठूलो आशा नगर्न अनुरोध गरेका छन्।
युक्रेन आयोजक हो, त्यसैले यत्रतत्र जितको अपेक्षा छ, मलाई आप\mनो जिम्मेवारीबारे ज्ञात पनि छ, त्यसैले खेलाडीलाई आप\mनो राष्ट्रको सम्मानको रक्षा गर्न मैले भनेको छु, युक्रेनका प्रशिक्षक ब्लोखिनले बताए।
समूह 'डी'मा बाँकी दुई टिम प|mान्स र इङ्ल्यान्ड दावेदार राष्ट्र हुँदा पनि स्विडेन र युक्रेनलाई पहिलो खेल जित्ने थप दबाब छ। यी दुवै टिमले पहिलो खेल जित्ने अनि बाँकी दुई खेल बराबरीमा खेलेर नकआउट चरणमा पुग्ने योजनामा बुनेका छन्। प्रशिक्षक ब्लोखिन पनि भन्छन्, स्विडेन र युक्रेनबीचको खेल हार्ने टिम प्रतियोगिताबाट पाखा लाग्ने निश्चित छ।
कागजमा स्विडेनको टिम बलियो देखिन्छ। एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच अहिले शानदार र्फममा छन्। सिरी एमा २८ गोल गरेर उनी युरो खेल्न आएका छन्। युक्रेनका स्टार खोलडी कप्तान एन्द्री सभचेन्को हुन्। विश्वस्तरीय स्ट्राइकर सेभचेन्कोले आप\mनो चमक केही गुमाइसकेका छन् तर स्विडेनका खेलाडीको उनीप्रति ठूलो सम्मान छ। सेभचेन्कोजस्ता खेलाडीलाई नजरअन्दाज गर्नु मुख्र्याइ हुन्छ, युक्रेनका विन्गर पनि शानदार छ, स्विडेनका विन्गर सेवेस्टियन लार्सनले भने। एपी