Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
निर्णयको स्वरुप
मित्रमणि पोखरेल
 

नेपालको अन्तरिम संविधानको धारा १५३ बमोजिम व्यवस्था भएको निजामती सेवा र अन्य सरकारी सेवामा रहेका कर्मचारीहरूलाई विभिन्न श्रेणी तथा पदहरूमा विभाजन गरिएको छ। निजामती सेवा ऐन, २०४९ को दफा ४ मा निजामती सेवामा राजपत्राङ्कित तर्फ विशिष्ट, प्रथम, द्वितीय र तृतीय गरी अधिकृत स्तरलाई चार श्रेणीमा विभाजन गरिएको छ। त्यस्तै भने राजपत्र अनङ्कित तर्फ प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौं गरी सहायक स्तरलाई पाँच श्रेणीमा विभाजन गरी मुलुकको प्रशासन सञ्चालन तथा व्यवस्थापनमा सहजता बनाइएको छ। सरकारका अन्य संस्थान, प्राधिकरण, प्रतिष्ठान लगायतमा समेत आ-आफ्नो कानून बमोजिम कर्मचारीहरूलाई श्रेणी तथा पदहरूमा विभाजन गरिएको छ। यो व्यवस्थालाई पदीय शृङ्खला पनि भनिन्छ। यी कर्मचारीहरूलाई श्रेणीका आधारमा व्यवस्थापनका विभिन्न तहहरूमा विभाजन गर्न पनि सकिन्छ। सङ्गठनको प्रशासनलाई सुचारूपले सञ्चालन गर्न गराउन आवश्यकता तथा औचित्यका आधारमा विभिन्न श्रेणी तथा पदहरूबाट निर्णय निर्माण गरी व्यवस्थापनलाई सहजीकरण बनाइन्छ।

निर्णय निर्माणमा पदीय शृङ्खलाको आफ्नै महत्त्व रहेको छ। विशेषतः निर्णय निर्माणमा अधिकृत स्तरका कर्मचारीहरूको सहभागिता रहेका हुन्छ। अधिकृतस्तरमा सेवा गर्ने कर्मचारीमा बढी अनुभव हुने, निष्पक्षता हुने, तार्किक शक्ति तथा वार्ता गर्ने शीप राम्रो हुने, अध्ययन बढी हुने, कानुनको व्याख्या गर्न सक्ने, नेतृत्व दिन सक्ने, बुझाउन सक्ने लगायतका गुणहरू हुने भएकोले अनुभवी अधिकृतहरूलाई नै निर्णय निर्माणमा सरिक गराउनुपर्ने यसको रहस्य हो। सुरु अधिकृतले उठान गरेको टिप्पणी माथिल्लो अधिकृतमा पेश हुँदा त्यसमा भएका विभिन्न व्यहोरामा देखिएका शङ्कास्पद विषयहरूमा शुद्धाशुद्धी हुन जान्छ र निर्णयमा मनोमानी पनि हुँदैन।

मन्त्रिपरिषद् वा यसको कुनै समितिले निर्णय गर्दा चार तह, मन्त्रिस्तरबाट हुने निर्णयमा तीन तह, महत्त्वपूर्ण प्रशासनिक निर्णय गर्दा तीन तह तथा सामान्य किसिमको प्रशासनिक निर्णय गर्दा दुई तह भन्दा माथि जान नसकिने व्यवस्था सरकारी निर्णय सरलीकरण निर्देशिकाले गरेको छ। विशेषज्ञहरूबाट राय सुझाव लिने प्रचलन रहेको भए तापनि निर्णयमा यसले खासै महत्त्व राख्दैन।

सङ्गठनको लागि दैनिक प्रशासन तथा व्यवस्थापकीय निर्णय गर्न गराउनमा महत्त्वपूर्ण भूमिका खेल्ने आधिकारिक निकाय भनेको स्थायी र दीर्घ सेवी कर्मचारी सङ्गठन हो। अन्तिम निर्णय जसबाट हुन्छ त्यस व्यक्तिले सो निर्णयको कार्यान्वय पक्ष लगायत त्यसबाट प्राप्त प्रतिफल वा परिणाममा समेत सहभागिता हुनुपर्दछ। आफूभन्दा मुनिकाले मनासिव राय दिने मात्र हो। निर्णयमा आफूभन्दा मुनिका अधिकृत कर्मचारीलाई सरिक गराउनु भनेको निर्णय निर्माणमा सहभागिता गराई कार्यान्वयनमा देखा परेका समस्याहरूको समाधानमा सहजता ल्याउनु र विकास कार्यमा स्वामित्व ग्रहण गराउनु हो।

निर्णयको उद्देश्य, लक्ष्य तथा प्रकृति अनुसार जुनसुकै सिद्धान्तको प्रयोग गरी निर्णय निर्माण हुनसक्ने भए पनि यसमा माथिल्लो पद तथा श्रेणीका अनुभवी कर्मचारीहरूको सहभागिता रहेको हुन्छ। सङ्गठनको आकार, प्रकार, सेवा प्रवाहको किसिम, संस्थाको उद्देश्य, कार्यक्षेत्र आदिको आधारमा विभिन्न तहबाट निर्णय गरिन्छन्। यसबाट व्यवस्थापनमा सहभागिता बढ्छ। कर्मचारीहरू संस्थाप्रति प्रतिबद्ध हुन्छन्। विकास निर्माणका कामकाजमा भावनात्मक रूपमले स्वामित्व ग्रहण गर्दछन्। सङ्गठनको विकास, प्रगति तथा उन्नतिमा सहभागिता भई सार्वजनिक सेवामा समेत निखारता एवं प्रभावकारिता आउँछ। कर्मचारीहरूले आफूलाई दक्ष तथा सक्षम बनाउने मौका पाउँछन्। सेवाग्राहीहरूले सार्वजनिक सेवा स्फुर्त, स्वच्छ, निष्पक्ष, निस्वार्थपूर्वक, पूर्वाग्रहरहीत एवं सरल ढङ्गले पाउन सक्छन्। राज्यले आफ्नो अनुकूल प्रशासन तथा व्यवस्थापन गर्न सक्छ। भ्रष्टाचार तथा अनियमितता जस्ता सामाजिक तथा आर्थिक अपराधहरूको बृद्धि हुन पाउँदैन।

निर्णय निर्माण गर्ने क्रममा समस्याको पहिचान, विकल्पको पहिचान तथा विश्लेषण, उत्तम विकल्पको छनौट, सम्भाव्यताको अध्ययन आदि जस्ता कामहरू गर्नुपर्ने हुन्छ। यस्ता कामहरू अवधारणात्मक शीप, सञ्चार सीप, मानवीय सीप, विश्लेषण गर्न सक्ने शीप, कानुनको व्याख्या गर्ने सीप, प्राविधिक सीप भएका अनुभवी, अध्ययनशील तथा कर्तव्यनिष्ठ कर्मचारीहरूबाट मात्र सम्भव हुन्छ। अतः पदीय शृङ्खला अनुसार माथिल्लो तहको सहभागितामा निर्णय निर्माण गर्दा कार्यान्वयन गर्न, उपलब्धि हासिल गर्न, अनुगमन तथा मूल्याकन गर्न, अपनत्व अनुभव गर्न लगायतका अन्य धेरै फाइदा हुन्छ। यसले प्रशासनमा पारदर्शिता तथा खुल्लापन ल्याउँछ। सूचनाको हकको सम्मान हुन्छ भने कममा स्वतन्त्रता पनि आउन सक्छ।

कार्यालयहरूमा निर्णय उठान कोबाट वा कसरी उठान गर्ने भन्ने द्विविधा हुने गरेको पाइन्छ। कुनै सेवाग्राहीबाट निवेदन वा समस्या पेश भएपछि सोको तोकादेश सम्बन्धित शाखामा आइसकेपछि कतिपय अवस्थामा कामको प्रकृति र कर्मचारीहरूको उपस्थितिका आधारमा छिटोभन्दा छिटो कार्यफछ्र्यौट गर्नका लागि राजपत्र अनङ्कित कर्मचारीबाट पनि टिप्पणी उठान भएको देखिन्छ। यसबाट तात्विक समस्या आइहाल्दैन। यसले सहायक कर्मचारीहरूमा स्वामित्वबोध हुन जान्छ। तर उद्देश्य, लक्ष्य तथा नीति निर्माण गर्ने क्रममा, रायसल्लाह लिने क्रममा, जनदवावमा कामकाज गर्ने क्रममा, जटिल निर्णय निर्माणमा तथा भविष्यमा असर वा प्रभाव पार्ने विषयमा निर्णय गर्दा विशेष गरी होसियारीपूर्वक अनुभवी तथा जिम्मेवार कर्मचारीहरूबाट नै टिप्पणी उठान गरिनुपर्दछ।

मौखिक आदेश, तोक आदेश, ठाडो आदेश, विषय उपर प्रस्ताव, टिप्पणी, समूह छलफल, गोष्ठी, राय सल्लाह माग, सामूहिक बैठक आदि निर्णय निर्माणका विभिन्न स्वरूपहरू छन्। सेवा दिनुपर्ने समय, कार्यको प्राथमिकता, विषयको महत्त्व, कार्यबोझ, समस्याको प्रकृति आदिको आधारमा नै निर्णयको स्वरूप निर्धारण गर्न सकिन्छ। हाम्रो सन्दर्भमा निर्णय निर्माण गर्दा कर्मचारीहरूले संविधान, सुशासन ऐन तथा नियमावली, सरकारी निर्णय सरलीकरण निर्देशिका, आर्थिक कार्यविधि ऐन तथा नियमावली, सार्वजनिक खरिद ऐन तथा नियमावली, सरकारी परिपत्रहरू, स्थापित नजीर, सुझाव तथा सिकायत लगायतका आधारमा गर्ने गरिन्छ। यावत कारणहरूले गर्दा पनि निर्णय निर्माण जस्तो महत्त्वपूर्ण काममा पदीय शृङ्खलाले महत्त्वपूर्ण भुमिका खेल्ने कुरालाई स्वीकार गर्नुपर्दछ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px