काठमाडौँ, जेठ २९ गते। इन्टरनेसनल मनी एक्सप्रेस -आईएमई) आफ्नो स्थापनाको बाह्रौं वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा विभिन्न कार्यक्रम गरी वाषिर्कोत्सव मनाएको आईएमईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आफ्नो सेवालाई अझै छिटो छरितो एवं प्रभावकारी सेवाका रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्याउँदै आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्वदेश तथा विदेशमा आइपर्ने दैवीप्रकोप वा दुर्घटनाका पीडितहरूलाई राहत प्रदान गर्दै आम नेपालीबीच सुख-दुःखको साथी बन्ने जमर्को गर्दै अघि बढेको जनाएको छ।