पोज्नान -पोल्यान्ड), जेठ २९ गते। स्पेन र इटालीजस्ता ठूलो क्लब सम्मिलित समूह सीमा क्रोएसियाले शीर्ष स्थान बनाएको छ।
क्रोएसियाले आˆनो पहिलो खेलमा आइतबार राति आयरल्यान्डको कमजोर डिफेन्सको फाइदा उठाउँदै आयरल्यान्डलाई ३-१ ले हरायो। क्रोएसियाका लागि मारिया मान्जुकिकले दुई गोल गरे। जसरी पहिलो खेलमा जित हासिल गर्यौँ, अहिलेसम्म विश्वास लागिरहेको छैन, हामीलाई थाहा थियो खेल कठिन हुनेछ तर हामीले महान् जित हासिल गर्यौँ- गोलकर्ता मान्जुकिकले भने। क्रोएसियाका प्रशिक्षक स्लाभेन विलिचले एक जित नै क्वाटरफाइनल पुग्न पर्याप्त हुने सम्भावना रहेको प्रतिक्रिया दिएका छन्।
समूह सी मा क्रोएसियाले तीन अङ्क बनाएको छ। आइतबार राति नै भएको पहिलो खेलमा स्पेन र इटालीले १-१ ले बराबरीमा खेली एक/एक अङ्क बनाए। दस वर्षपछि पहिलोपटक प्रमुख प्रतियोगिता खेलिरहेको आयरल्यान्ड अन्तिम स्थानमा छ। क्रोएसियाले बिहीबार इटालीविरुद्ध खेल्नेछ।
खेलको तेस्रो मिनेटमा नै हेड गोलमार्फत पहिलो गोल गरी क्रोएसियालाई स्वप्निल सुरुआत दिलाएका थिए। यद्यपि क्रोएसियाको खुसी धेरैबेर टिकेन। खेलको १९ औँ मिनेटमा नै आइडेन म्याकगेडीको पि|mकिकलाई सदुपयोग गर्दै सिन सेन्ट लेजरले हेडद्वारा नै गोल गरी खेल बराबर गरे।
पूर्वार्द्ध सकिन दुई मिनेटमा बाँकी छँदा निकिचा जेलाभिचले गोल गरेपछि क्रोएसियाले पुनः अग्रता बनायो। सन् २००९ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदार्पण गरेका जेलाभिचले प्रतिस्पर्धात्मक खेलमा पहिलोपटक गोल गरेका हुन्। उनले गरेको गोलले आयरल्यान्डका प्रशिक्षक जियोभानी ट्रापाटोनीलाई भने रुष्ट पारे। उनले भने— दोस्रो गोल अफसाइड थियो, रेप|mीले सही निर्णय गरेन।
उत्तरार्द्धको तेस्रो मिनेटमा नै मान्जुकिचले इभान परिसिचको क्रसमा हेडबाटै गोल गरी अग्रता दोब्बर पारे। खेलको ७७ औँ मिनेटमा क्रोएसियाका इभान राकिचिट गोलको निकै नजिक पुगेका थिए। गोलरक्षक गिभन 'बिट' भइसकेको स्थितिमा बल भने गोलपोष्टभन्दा केही इञ्चबाट बाहिरिए।
मान्जुकिचले आयरल्यान्डलाई हराउन प्रशिक्षकको सबभन्दा ठूलो हात रहेको खुलासा गरे। खेलअघि हामीलाई आइरिस टिमको बलियो र कमजोरीबारे ज्ञात थियो, प्रशिक्षकले सबै सूचना हामीलाई दिएका थिए— उनले भने।
आयरल्यान्डले १४ खेलपछि तीन गोल बेहोरेको हो। आयरल्यान्डका गोलकर्ता लेजर पनि तीन गोल बेहोरेर हार्ने कल्पना नगरेको बताउँछन्। खेलको विश्लेषण गर्ने हो भने तीन गोल खानुपर्ने थिएन, हामी निराश बनेका छौँ— लेजरले भने।
स्पेन-इटाली बराबरीमा
वार्सा। गत विजेता तथा लगातार तेस्रो प्रमुख प्रतियोगिताको उपाधि जित्ने अभियानमा रहेको स्पेन विश्वसनीय खेल देखाउन नसक्दा आइतबार राति इटालीसँग १-१ ले बराबरीमा रोकिएको छ।
यद्यपि समूह सीको पहिलो खेलमा आएको यस नतिजाले स्पेन र इटाली दुवै खुसी देखिएका छन्। सन् २००८ मा युरोपेली च्याम्पियन्सिप जितेपछि दुई वर्षअघि विश्वकप फुटबल उपाधि पनि हात पारेको स्पेनले इटालीलाई हराउने अनुमान गरिएको थियो तर मिडफिल्डर सेक फाबि्रगासको गोलले मात्र स्पेनले खेल बराबर गर्नसक्यो।
यस नतिजापछि स्पेनको लगातार १४ जितको यात्रा समाप्त भएको छ। खेलको ६० औँ मिनेटमा स्थानापन्न खेलाडी एन्टोनियो डि नाटालेको गोलबाट इटालीले अनपेक्षित अग्रता बनाएको थियो। यद्यपि चार मिनेटपछि फाबि्रगासले गोल गरी खेल बराबर गरे। एपीक्रोएसिया शीर्ष स्थानमा

यस नतिजापछि स्पेनको लगातार १४ जितको यात्रा समाप्त भएको छ। खेलको ६० औँ मिनेटमा स्थानापन्न खेलाडी एन्टोनियो डि नाटालेको गोलबाट इटालीले अनपेक्षित अग्रता बनाएको थियो। यद्यपि चार मिनेटपछि फाबि्रगासले गोल गरी खेल बराबर गरे। एपी