काठमाडौँ, जेठ ३० गते। नेपाल तयारी पोसाक सङ्घको एक प्रतिनिधि मण्डलले मङ्गलबार अर्थमन्त्री वर्षमान पुनलाई भेटी निकासीमूलक उद्योगलाई सरकारले गर्नुपर्ने कार्यहरूको बारेमा तयार पारिएको साझा कार्यसूचीको बारेमा जानकारी गराएको छ। त्यस अवसरमा प्रतिनिधि मण्डलले नेपालको निर्यात व्यापार बढ्न नसक्नु र वैदेशिक लगानी नभित्रिनुमा बन्द हड्ताल, श्रम समस्या र सुरक्षाको प्रबन्ध नहुनु नै प्रमुख कारक तìव रहेको जानकारी गराएको थियो। सो अवसरमा अर्थमन्त्री पुनले निर्यात व्यापार बढाउन सङ्घले तयार पारेको साझा कार्यसूची कार्यान्वयनमा जोड दिने बताउनुभएको थियो।
सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्य समिति सदस्य उदयराज पाण्डेको नेतृत्वमा गएको उक्त टोलीमा निर्यात प्रबर्द्धन समितिका सदस्यहरू लगायतका व्यवसायीहरूको उपस्थिति रहेको थियो।