इस्लामावाद, जेठ ३१ गते। जन्मभूमि भारत भएका पाकिस्तानी महान् गजल गायक मेहदी हसनको ८४ वर्षको उमेरमा बुधबार निधन भएको छ। लामो समयदेखि विभिन्न रोगसँग लडिरहनुभएका मेरो पिताको अपराहृन १२ः२२ मा निधन भयो- छोरा आरिफ हसनले भन्नुभयो।
भारतमा समेत निकै प्रख्यात हसनलाई केही दिन पहिले कराँचीको आगा खान अस्पतालमा भर्ना गरिएको थियो। हसनले गजल गायनमा करिब ५० वर्ष व्यतित गर्नुभयो। जसबाट उहाँ गजल सम्राटको रूपमा स्थापित हुनुहुन्छ।
भारतको राजस्थानको लुना गाउँमा परम्परागत सङ्गीतसँग जुडेको एक परिवारमा सन् १९२७ मा हसनको जन्म भएको थियो। सन् १९४७ मा भारतको विभाजन हुँदा उहाँको परिवार पाकिस्तान बसाइँ सरेको थियो। एजेन्सी