हिमोफिलिया एक वंशानुगत समस्या हो तर कसैमा वंशानुगत नभएर अन्य कारणले पनि हुन सक्छ। मानव शरीरमा रगत जमाउन रगतमा विशेष प्रकारको प्रोटिन ˆयाक्टरको कमी वा अनुपस्थितिले गर्दा कसैको लामो समयसम्म रगत नरोकिन सक्छ। यही समस्यालाई हिमोफिलिया भनिन्छ।
रक्तस्रावको स्थितिमा हाम्रो शरीरले उक्त रक्तस्राव रोक्न निम्न लिखित तीन चरणको कार्य गर्दछ। रक्तस्राव भएको स्थानको रक्तनलीहरूमा सङ्कुचन पैदा हुन्छ। प्लेटलेट प्लगको निर्माण हुन्छ। छालामा फाइबि्रन जालोको निर्माण भई रक्तस्राव रोकिन्छ। तर हिमोफिलिक व्यक्तिमा एफ आठ वा एफ नौ को मात्रा रगतमा कम हुने भएकोले छिटै फाइबि्रन जालोको निर्माण हुन सक्दैन र रक्तस्राव धेरै समयसम्म जारी रहन्छ। यसका साथै सामान्य वा ठूलो चोटपटक लागेमा वा ठोकिएमा हिमोफिलिकहरूमा आन्तरिक रक्तस्रावको कारणले गर्दा घुडा, कुहिना जस्ता जोर्नी वा मांशपेशीहरू सुन्निने र दुख्ने हुन्छ।
हिमोफिलिया प्राय पुरुषहरूमा हुन्छ। महिलाहरू न्ागन्यरूपमा मात्र पीडित हुन्छन। प्रति दश हजार शिशुहरूमा एक जना हिमोफिलिक हुने सम्भावना हुन्छ। हिमोफिलिया महिलाहरू म्ाार्फत सर्ने हुन्छ त्यसैले महिलाहरूलाई बाहक पनि भनिन्छ। हिमोफिलिया एक्स क्रोमोजोमबाट मात्र सर्दछ। सानो बालकको शरीरमा निल डाम देखिन सक्छ। दात फेरिदा, लड्दा वा शल्यक्रिया गर्दा धेरै समयसम्म रक्तस्राव हुन सक्छ, जुन हिमोफिलियाको स्पष्ट लक्षण हो।
रगतको विशेष प्रकारको परीक्षण जसलाई ˆयाक्टरका एस्से भनिन्छ। यही परिक्षणबाट हिमोफिलियाको पहिचान गरिन्छ, एफ आठ को कमी भएमा हिमोफलीया 'ए' र एफ नौको कमि भएमा हिमोफलिया 'बि' भनिन्छ। यही ˆयाक्टरको मात्रा अनुसार हिमोफिलियाको गम्भीरता निर्धारण हुन्छ। ˆयाक्टरको मात्रा एक प्रतिशत भन्दा कम भएमा गम्भीर एकदेखि पाँच प्रतिशतसम्म भएमा माध्यम र छ प्रतिसतभन्दा माथि भएमा अल्प हिमोफिलिया भनिन्छ।
उपचार ः
हिमोफिलियाको उपचार रगत तथा रक्ततत्वहरू प्रतिस्थापन गरेर गरिन्छ। धेरै रक्तस्राव भएको अवस्थामा ताजा रगत दिएर उपचार गरिन्छ तर आन्तरिक रक्तस्राव भई जोर्नी वा मांशपेशी सुन्निएको अवस्थामा प्लाज्मा वा क्रायो प्रेसिपिटेट दिनुपर्दछ। यी रक्ततत्वमा भएको ˆयाक्टरले रक्तस्राव रोक्नमा मद्दत गर्ने भएकोले बिरामीले छिट्टै स्वास्थ्य लाभ गर्दछ तर मस्तिष्क रक्तस्राव वा गम्भीर आन्तरिक रक्तस्रावको अवस्थामा रगतबाट विशेष प्रकारले बनाइएका एन्टी हिमोफिलिक ˆयाक्टर लगाएर उपचार गनुपर्दछ। यी औषधिहरू नेपालमा पाइदैनन, विदेशबाट झिकाउनु पर्ने हुन्छ।
हिमोफिलियाको उपचार गर्दा निम्न लिखित कुरालाई ध्यान दिनु पर्दछ।
शरिरको जुन अङ्गमा रक्तस्राव भएको हो सो अङ्गलाई हलचल वा दबाव बाट बचाएर पूर्ण विश्राम दिने। दुखाई कम गर्ने औषधि विशेषज्ञको सल्लाह अनुसार लिने। बरफले उक्त स्थानमा सेक्ने। ˆयाक्टर वा प्लाज्मा लगाउने। ब्यायाम गर्ने।
हिमोफिलिकले जान्नै पर्ने केही कुराहरू ः
अनावश्यक शल्यक्रिया नगर्ने। अप्रेशन गर्नैपने भएमा हिमोफिलिया सेवा केन्द्रमा वीर अस्पतालमा जानकारी गराउने। हिमोफिलियाको रम्रोसँग पहिचान भएको हुनुपर्दछ, ˆयाक्टर अवरोधक -इन्हिविटर) छ, छैन थाहा पाउनु पर्दछ। एच.आइ.भी तथा हेपाटाइटिसको जाँच गराउनुपर्दछ। एच.आइ.भी तथा हेपाटाइटिसको जाँच गरिएको रगत तथा रक्ततत्व मात्र प्रयोग गर्ने। रगत, प्लाज्मा, ˆयाक्टर लगाउँदा डिस्पोजेबल सुइ, सिरिन्जको मात्र प्रयोग गर्ने। हेपाटाइटिस 'बी' को खोप लगाउने। प्रयोग गरिएका सुइ, सिरिन्ज, बटरˆलाई आदि वस्तुहरू उचित र सुरक्षित स्थानमा विसर्जन गर्ने। हिमोफिलियाको उचित उपचार सेवा पाएमा यस्ता व्यक्तिहरू प्ानि सामानरूपमा जीवन यापन गर्न सक्षम हुन्छन। हिमोफिलिया पिडित व्यक्तिले आजीवन रक्ततत्व तथा ˆयाक्टर लिएर उपचार गनुपर्ने हुन्छ। हाम्रा आदरणीय रक्तदाताहरूले मल्टिपल ब्यागमा दान गरिएको रगतबाट प्लाज्मा छुट्याएर हिमोफिलिया तथा अन्य रक्त रोग भएका व्यक्तिहरूको जीवन रक्षा हुने भएकोले रक्तदान गर्ने सङ्घ संस्था तथा रक्तदाताहरू यस्ता बिरामीका लागि जीवन दाता नै हुन् भन्न सकिन्छ। यसकारण सम्पूर्ण रक्तदान गर्ने सङ्घ संस्था तथा रक्तदाताहरूलाई धन्यबाद दिँदै यस पवित्र कार्यलाई निरन्तरता दिन पनि आग्रह गर्दछौ।