Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
विराटनगरका अरुण एसएलसीमा सर्वोत्कृष्ट !
गोकुल पराजुली
 

विराटगनर, जेठ ३२ गते। यस वर्षको एसएलसी परीक्षामा विराटनगरका दुईजना विद्यार्थी सर्वाधिक अङ्क प्राप्त गरी सर्वोत्कृष्ट प्रथम र द्वितीय भएका छन्। विराटनगरका दुईवटा संस्थागत विद्यालयका विद्यार्थी मुलुकमै सर्वाधिक अङ्क ल्याई उत्तीर्ण भएका हुन्। कुल आठ सय पूणर्ाङ्कको परीक्षामा विराटनगर-१५ स्थित बालकल्याण विद्या मन्दिर -बीकेभीएम) का छात्र अरुण कालिकोटीले ९४.९ प्रतिशत अर्थात् सात सय ५९ अङ्क प्राप्त गर्नुभएको छ भने कोसी विद्या मन्दिरका अवेशजङ्ग कार्कीले ९४.५ प्रतिशत अर्थात् सात सय ५६ अङ्क ल्याउनुभएको छ। दुवै विद्यालयले आˆना विद्यार्थी एसएलसी बोर्डमा सर्वाधिक अङ्क ल्याउनेमा प्रथम र दोस्रो भएको दाबी गरेका छन्।

बीकेभीएमका अनुसार कालिकोटीले अङ्ग्रेजीमा ९६, नेपालीमा ८५, अनिवार्य गणितमा ९९, विज्ञानमा ९१, सामाजिक शिक्षामा ९६, वातावरण जनसङ्ख्या तथा स्वास्थ्यमा ९८ तथा ऐच्छिक गणितमा ९८ र कम्प्युटरमा ९९ नम्बर प्राप्त गर्नुभएको छ।

विराटनगर-७ निवासी कालिकोटीले विद्यालय समयका अत्तिरिक्त दैनिक १० घन्टाको रुटिन बनाएर नियमित अध्ययन गर्ने गरेको बताउनुभयो। आफूले निकै ठूलो सफलता पाएको र त्यसलाई कायम गर्दै लैजाने चुनौती थपिएको बताउनुभयो। आˆनो

सफलताका लागि अभिभावक र विद्यालयको महìवपूर्ण भूमिका रहेको कालिकोटीले बताउनुभयो। बीकेभीएमका प्रधानाध्यापक रविन दाहालले विद्यालयले प्रदान गरेको शिक्षालाई सहज रूपमा ग्रहण गरेकै कारण सफलता मिलेको प्रतिक्रिया दिनुभयो।

त्यस्तै विराटनगर-१६ स्थित कोसी विद्यामन्दिरका विद्यार्थी अवेशजंग कार्की बोर्डमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको विद्यालयले दाबी गरेको छ। उहाँले ९४.५ प्रतिशत प्राप्त गर्नुभएको छ। नतिजापछि प्रतिक्रिया दिँदै कार्कीले आˆनो मेहनत, अभिभावकको सहयोग र विद्यालयको साथका कारण यो सफलता पाएको बताउनुभयो। उहाँले पढाइलाई बोझको रूपमा नलिएर रुचिको विषय बनाउन सके सफल भइने विश्वास व्यक्त गर्नुभयो। यद्यपि उहाँले उत्कृष्ट नतिजा आउने अपेक्षा गरे पनि दोस्रो स्थान आउँछ भन्नेचाहिँ नलागेको बताउनुभयो। उहाँले इन्जिनियर बन्ने लक्ष्य रहेको पनि बताउनुभयो।

विद्यालयले पाएको सफलताको विषयमा विद्यालयका प्रधानाध्यापक ओमप्रकाश निरौलाले खुसी प्रकट गर्दै विद्यार्थीको मेहनत र शिक्षकको प्रयासले सफलता हात पारेको बताउनुभयो।

बुटवल समाचारदाताका अनुसार प्रभात आवासीय उच्च मावि पर्रोहा रूपन्देहीले बुधबार सार्वजनिक भएको एसएलसी परीक्षामा आˆना परीक्षार्थी छात्रातर्फ नेपाल प्रथम भएको दाबी गरेको छ।

उक्त स्कुलकी विद्यार्थी समीक्षा पाण्डेले ९२ प्रतिशत अङ्क हासिल गरी छात्रातर्फ नेपाल प्रथम भएको प्राचार्य अनन्तराम शर्माले दाबी गर्नुभयो। पर्रोहा गाविस-५ झारवैरा निवासी समीक्षा सानैदेखि पढाइमा तेज रहेको विद्यालयले जनाएको छ।

साथै प्रभात माविवाट कुल १२३ जना विद्यार्थीले परीक्षा दिएकोमा ४४ जना विशिष्ट श्रेणीसहित उत्कृष्ट नतिजा ल्याएको प्रभातका प्राचार्य शर्माले बताउनुभयो।

यसैगरी स्मृति बोर्डिङ स्कुल योगीकुटीका विद्यार्थी सागर पन्थीले ९३ दशमलव ५ प्रतिशत अङ्क हासिल गरेका छन्।

बुटवलका यसअघि बोर्डमा पर्ने गरेका होराइजन, दीप, एभरेस्ट, सिद्धार्थ, तिनाउ, प्यारामाउन्ट, इन्भारमेन्टलगायतका बोर्डिङ स्कुलहरूले शतप्रतिशत नतिजा ल्याएका छन्।

सरकारीतर्फ बुटवलको कान्ति उच्चमाविले शतप्रतिशत नतिजा ल्याएको छ।

यसैगरी स्याङ्जा समाचारदाताका अनुसार प्रवेशिका परीक्षामा ओरस्टे २ का तिम्ल्याहाले प्रथम श्रेणीमा परीक्षा उत्तीर्ण गरेका छन्।

२०५४ साल मङ्सिर १८ गते तेजमाया अर्यालको कोखबाट जन्मेका तिम्ल्याहा सङ्गम पोख्रेल, सरगम पोख्रेल र सन्दीप पोख्रेलले दिव्यप्रकाश उच्च मावि ओरस्टे-३ बाट परीक्षा दिएर परीक्षा उत्तीर्ण गरेका हुन्।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px