Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
सम्झनामा मनबहादुर
त्रिभुवनचन्द्र वाग्ले
 

लेखलेखनीदेखि राष्ट्रियसभामा बोल्दासमेत दलित उत्थानलाई विशेष जोड दिने मनबहादुर विश्वकर्मा अब सम्झनामा मात्र हुनुहुन्छ। पर्वत जिल्लास्थित भोक्सिङ् गाउँ विकास समिति वडा नं.३ मा वि.सं. २००६ साल असार १८ गते जन्मनुभएका मनबहादुर विश्वकर्माको २०६९ जेठ १२ गते निधन भएपछि एउटा जीवनखण्डले विश्राम लिएको छ। उहाँको निधनले दलित आन्दोलनको इतिहासलाई क्रमबद्धरूपले भन्न सक्ने एउटा पात्रको अवसान मात्र भएको छैन आन्दोलन हाक्ने सारथिको पनि अभाव हुनेभएको छ। एकजमाना थियो कही इनार/धारामा अन्यायी छुवाछूत भयो भने त्यसको भौतिक प्रतिकार गर्न मनबहादुर चाहिन्थ्यो। अदालतमा कानुनी प्रतिकार गर्न मनबहादुर चाहिन्थ्यो। अब भने जमानामा परिवर्तन आएको छ, सायद त्यसैले मनबहादुरको आवश्यकता छैन। त्यसैले अब उहाँ सम्झनामा मात्र सीमति हुनुभएको छ। उहाँ भन्नुहुन्थ्यो- वाग्लेजी मैले मात्र प्रतिकार कहाँ गर्न सक्थें र मेरो पछाडि एउटा जनमत थियो, आर्थिक खर्च गर्नुपर्दा प्राय पदम सुन्दासले व्यहोर्नु हुन्थ्यो। मनबहादुर एक्लै जस लिने मानिस जस्तो पनि लग्नुहुन्नथ्यो। दुवै मृगौला खराब भएपछि उहाँले गोरखापत्रको कार्यालयमा आएर भन्नुभयो-वाग्लेजी डिवी सागरहरूले अमेरिकाबाट पैसा उठाएर मेरो जीवनी र दलित आन्दोलनको पुस्तक लेख्न सहयोग गर्ने भनेका छन्, इतिहास म लेख्छु जीवनीमा तपाईं र के.पी. गौतम -उहाँका जिल्लावासी, गोपका सहसम्पादक) ले सहयोग गर्नुपर्दछ। यो अध्याय कहाँ पुगेर रोकियो त्यसपछि थप कुराकानी भएन। वक्ता मनबहादुर दलितका लागि राजनीतिक दलका भ्रातृसंस्था र दलित सङ्घ संस्थाहरूले उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको बताउँदै दलितको विपन्नतालाई कतिपय दलितले नै कमाइखाने भाँडो बनाएको आरोप पनि लगाउनु हुन्थ्याो। उहाँ भदौ १ गते २०२० सालमा मुलुकी ऐनले छुवाछूत गर्न नपाइने भनी गरेको घोषणालाई जुनसुकै व्यवस्था परिवर्तन भए पनि ऐतिहासिक घटना भएकाले स्मरण गर्नुपर्ने बताउनुहुन्थ्यो। अनि, त्यसताका महाराजधिराज महेन्द्रको प्रशंसा गरी मुलुकी ऐन दिवसको संयोजक हुन अञ्चलाधीशहरूको चाकरी गर्नेहरूले नै बहुदल आएपछि मुलुकी ऐनको सो व्यवस्थालाई महेन्द्रको देखाउने दाँत भनेकाप्रति उहाँको गुनासो थियो- "दलित नेताहरू हरेक परिवर्तनमा थपडी बजाउने साक्षी मात्र बन्न सक्छन्, सही न्यायाधीश बन्न सक्दैनन्।"

स्थानीय विद्यालयहरूबाट प्रारम्भिक शिक्षा हासिल गर्दै राजनीति शास्त्र र इतिहासमा स्नातक पिता लक्ष्मीराम विश्वकर्मा र आमा हरिकला विश्वकर्माका काँइलो छोरा मनबहादुर विश्वकर्मा काठमाडौं महानगरपलिका- १५ विजेश्वरीस्थित गीतामाता उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापक हुनु, भए पनि मूलतः उहाँको परिचय दलित आन्दोलनमै पाउन सकिन्छ। त्यसो त तत्कालीन श्री ५ महाराजाधिराजबाट वि.सं. २०५० असार १४ गते संसद्को माथिल्लोसभा राष्ट्रियसभामा मनोनित विश्वकर्मा छ वर्षसम्म सो पदमा रही २०५६ साल असार १२ गते समयावधि पूरा गरी पदमुक्त हुनुभए पनि उहाँ सांसद कम र मनबहादुर दाइमै बढी चिनिनुहुन्थ्यो। सांसद पदमा रहँदा उहाँले राष्ट्रियसभा लगायतका मञ्चहरूमा दलितका लागि विशेष -आरक्षण) व्यवस्था लागू गरिनुपर्नेमा जोड दिनुभएको थियो। स्वतन्त्र विद्यार्थी युनियन महेन्द्रोदय मा. वि.भोक्सिङ्गका संस्थापक कोषाध्यक्ष, गण्डकी विद्यार्थी परिषद् काठमाडौंको सदस्य, नेपाल सर्वोदय समाजवादी पार्टीका अध्यक्ष र राष्ट्रिय जनता परिषद्का संस्थापक तथा केन्द्रीय सदस्य रहनुभएका विश्वकर्मा राजनीतिमा जसरी नै विभिन्न सामाजिक सङ्घसंस्थामार्फत सक्रिय उहाँ दर्जनौं त्यस्ता सङ्घसंस्थामा आबद्ध हुनुहुन्थ्यो। नेपाल राष्ट्रिय दलित जनविकास परिषद्, काठमाडौंका केन्द्रीय प्रचार सचिव र महासचिव रहनुभएका उहाँले जातीय विभेद उन्मूलन समिति नेपालको संस्थापक सचिव वन संरक्षण समिति भोकसिङ्गको सदस्य सचिव -जस्ता दायित्व निर्वाह गर्नुभएको थियो। लामो समयसम्म्ा श्ािक्षण पेसामा आबद्ध हुनुभएका उहाँले महेन्द्रोदय मा.वि.पर्वत, शिवपुरीमा मा. वि. र गीतामाता मा.वि.काठमाडौंमा गरेर करिब १४ वर्ष शिक्षक जीवन बिताउनु भयो।

सामाजिक आन्दोलनका क्रममा उहाँले कुस्मा पर्वतमा पानी उभाऊ कार्यक्रम -वि.सं.२०२६), कालीमाटी काठमाडौंमा दुग्ध चलन -२०३१), ठिमी भक्तपुरमा पानी उभाऊ -२०३६), स्याङ्जा उदयपुरमा दुग्ध चलन -२०५०), गोरखकाली मन्दिर प्रवेश, सीपापोखरी पानी उभाऊ -२०५०) को नेतृत्व गर्नुभएको थियो। शिक्षा मन्त्रालयद्वारा वितरीत दलित विद्यार्थीका लागि चिकित्साश्ाास्त्र तथा इन्ज्िानियरिङको आरक्षित कोटामा गैरदलित विद्यार्थीलाई उत्तीर्ण गरिएपछि मनबहादुरले आफ्ना नेतृत्वमा करिब ५० जनाको जुलुससहित सो मन्त्रालयमा २०६० असोज ५ गते विरोधपत्र बुझाउनुभएपछि मन्त्रालय आफ्नो निर्णय परिवर्तन गर्न बाध्य भएको थियो। वि.संं.२०४५ मा स्थापना गरिएको वालिङ-हुवास मोटरबाटो तथा विकास सरोकार केन्द्र हालको पर्वत विकास सरोकारको अध्यक्षका हैसियतले उहाँले सो सडक निर्माणका लागि व्यापक जनपरिचालन जुटाउनुभएको थियो। उहाँ, श्री ५ वीरेन्द्र राज्याभिषेक पदक, श्री ५ वीरेन्द्र गद्दीआरोहण पदक, प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहू -दोस्रा), वीरेन्द्र-ऐश्वर्य सेवा पदकबाट विभूषित हुनुभएको छ। यसैगरी राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदरस्वरूप उहाँलाई राष्ट्रियसभा र राष्ट्रिय मानव अधिकार आयोगले प्रशंसापत्र प्रदान गरेका थिए। उहाँले डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार पनि पाउनुभएको छ । जीवनका अन्तिम दिन, हरेक हप्ता वीर अस्पतालमा डाइलोसिस गर्न आउनुहुँदा आक्कलझुक्कल भेट हुँदा उहाँ वर्तमान दलित आन्दोलन, बहकाउमा ल्याइएको दलित र गैरभौगोलिक सङ्घीयता, जातीय सङ्घीयता, क्षेत्रीय र जातीय विखण्डित मनोविज्ञानका विषयमा निकै चिन्तित हुनुहुन्थ्यो। शिक्षा र आरक्षण नै दलित उत्थानका उत्तम उपाय हुन् भन्नुहुन्थ्यो। अब इतिहास भइसक्नु भएका मनबहादुरबारे धेरै फूलबुट्टा भर्नुभन्दा दलित आन्दोलनलाई उपलब्धिमूलक बनाउन सकियो भने उहाँको चाहना पनि पूरा हुन सक्दछ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px