Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
 

सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेका बेला प्रमुख विपक्षीलगायतका दलहरूले औपचारिक रूपमा नै राष्ट्रपतिलाई सम्बोधन गरी सरकारलाई यसरी बजेट ल्याउन रोक लगाउन आग्रह गरेका छन्। यसबीच राष्ट्रपतिले सरकारलाई कामचलाउ भएको स्मरण गराइसक्नु भएको र सहमतिमा आगामी दिनका राजनीतिक यात्राका लागि पटकपटक आग्रह गर्दै आउनु भएको छ। बजेट ल्याउनु सरकारको नियमित र नितान्त आवश्यक कार्य हो तर कामचलाउ भइसकेको र चुनाव घोषणा गरिसकेको सरकारले केही निश्चित दायरामा बसेर बजेट ल्याउनु पर्ने राय अर्थशास्त्री/विज्ञहरूले राष्ट्रपतिलाई दिइसकेका छन्। राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति संविधानको पालक मात्र नभएर संरक्षक पनि हुनुहुन्छ। हाम्रो संविधानले उहाँलाई प्रत्यक्षतःकार्यकारी अधिकार नदिएको भए पनि संविधानको रक्षा गर्ने सिलसिलामा आइपर्ने वाधाअड्चन फुकाउने दायित्व राष्ट्रप्रमुखमा नै रहेको स्पष्ट छ। एउटा संवैधानिक मर्यादामा रहने सो पदबाट सम्पादन हुने कामकारबाहीलाई विवादमा तान्नु हुँदैनथ्यो तर मूलतः कामचलाउ सरकारले नियमित सरकारले जसरी नै अध्यादेशमार्फत पूर्ण बजेट ल्याउँछु भन्नु र यसरी बजेट ल्याउनै रोक लगाउनु पर्दछ भनेर दुबै पक्ष राष्ट्रपतिकहाँ जानुको अर्थ हुन्छ- यस सन्दर्भमा राष्ट्रपतिलाई स्वविवेक प्रयोग गर्न अवसर दिनु। यस सम्बन्धमा राष्ट्रपतिबाट हुने कुनै पनि कदमको जिम्मेवारी ती दलहरूले पनि लिनुपर्ने हुन्छ। मुलुक अहिले संवादहीनताको अवस्थामा छ, सरकार तथा उसका गठबन्धन सहयात्री चुनाव र प्रतिपक्षीहरू आन्दोलनको मनस्थितिमा देखिएका छन्। यस्तो अवस्थामा राष्ट्रप्रमुख हुनुको हैसियतमा राजनीतिक अभिभावकत्व लिनुपर्ने जिम्मेवारी समयले राष्ट्रपतिलाईर् दिएकाले निणर्ायक ठूला दल/मोर्चा र सबै पक्ष अटाउन सक्ने गरी निकासका लागि उहाँको पहल अपेक्षित छ तर यस्ता दायित्व निर्वाह गर्दा संविधान र प्रचलित कानुन र मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राख्न पनि बिर्सन हुन्न। आज दलहरू पूर्ण बजेट ल्याउन पाउँ र त्यसलाई रोकी पाउँ भनेर छुट्टाछुट्टै ढोकाबाट राष्ट्रपति कहाँ पुग्ने हो भने उनीहरूले यस सन्दर्भमा राष्ट्रपतिको भूमिका खोजेको ठहर हुन्छ। दलहरूले हामी बजेट र प्रस्तावित चुनावका सन्दर्भमा सहमति गर्न नसक्ने भयौं राष्ट्रपतिज्यूले नै यी विवादमा सहमतिको प्रयास गरिदिनु पर्‍यो भनेर उहाँको ढोका ढक्ढक्याउन पुगेपछि यस सम्बन्धमा उहाँद्वारा हुने कुनै पनि क्रियाकलापलाई दलहरूले शिरोपर गर्नुपर्ने अवस्था आउछ। अन्यथा राजनीतिक दलहरूले गर्ने कामका लागि राष्ट्रप्रमुखलाई गुहार्नु हुँदैन। मुलुकको अस्तित्व नै सङ्कटमा पर्ने अवस्थामा वा नागरिक जीउधनको रक्षाजस्ता सवालमा दलहरूले सहमति गर्न सकेनन् भने त्यतिखेर संविधानभन्दा समाधान महìवपूर्ण हो भन्ने अवस्थासम्म राष्ट्रपतिलाई पुर्‍याउनु हुदैन। शासन सरकारले गर्ने हो। राष्ट्रपति स्वयंले दल र तिनका नेतालाई सहमति र सहकार्यका लागि पटकपटक आग्रह गर्नु भए पनि दलहरू नै राष्ट्रपतिलाई आफ्ना अनुकूलका काम गर्न मद्यत गर्ने हो भने राजनीतिक समाधानमा दलहरूको भूमिका कमजोर हुन पुग्दछ। दलहरूले आफ्नो भूमिका साँगुरो पारेको बुझिन्छ।

अवस्थाको जटिलतालाई आआफ्नो ठाँउबाट बुझेर दलहरू फेरि सहमति र सहकार्यको बाटोमा आउनै पर्दछ। बजेट ल्याउन होस् वा चुनाव गर्न होस् यस्ता काममा निर्णयक सहमतिको आवश्यकता पर्ने यथार्थलाई कसैले पनि बिर्सनु हुँदैन। नबुझेको झै गर्नुहुँदैन। सहमतिका लागि जहिले पनि सरकार पक्ष बढी लचिलो हुनुपर्ने र प्रतिपक्षहरू अति नै जिम्मेवार हुनुपर्ने विश्वव्यापी अभ्यासलाई पनि अवलम्बल गर्नु जरुरी छ। कामचलाउ सरकार भने पनि हातखुट्टा बाँधिएर दैनिक कार्यप्रशास सञ्चालन गर्नसक्दैन। त्यसैले काम गर्ने सहमतिको वातावरण बनाउन सरकारले विशेष ध्यान दिनुपर्दछ। पूर्ण बजेटले राजनीतिक सहमतिलाइ झन् विग्रहपूर्ण बनाउँछ भने त्यसको विकल्पमा सरकार जानुपर्दछ। साथै, प्रतिपक्षी दलहरूले पनि दीर्घकालीन प्रभावका योजना, रकम वा स्रोतसाधनको परिचालनमा कामचलाउ सरकारलाई नियन्त्रण गरे पनि दैनिक प्रशासन, राष्ट्रसेवकहरूको तलवभत्ता, कर/राजस्वजस्ता बजेटका नियमति काम नै रोक्ने हो भने यसबाट मुलुक ठूलो वर्वादीतर्फ जानेछ भन्नेमा संवेदनशीलता देखाउन सक्नुपर्दछ। अहिले दलहरूले यो वा त्यो भाषामा राष्ट्रपतिलाई गुहार्नुभन्दा आपसी समझदारीमा राजनीतिक यात्रा तय गर्न सकेनन् र उनीहरूले हिड्नुपर्ने बाटो राष्ट्रपतिले देखाइदिनुपर्‍यो भने त्यो भन्दा ठूलो विडम्बना अरु केही हुन सक्दैन। त्यसबेला गरिने विरोध र समर्थनले मुलुकलाई झन् ठूलो समस्यामा पार्ने भएकाले सबैले आफ्नो कर्तव्य आफैले सम्पादन गर्नु नै अहिलेको बुद्धिमानी हो अन्यथा आउने जुनसुकै परिणामका लागि तयार रहनुको विकल्प रहँदैन।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px