क्रोको -पोल्यान्ड), जेठ ३२ गते। युरोपेली च्याम्पियन्सीप समूह डीअन्तर्गत शुक्रबार हुने खेल इङ्ल्यान्ड र स्वीडेन दुवैका लागि निकै महìवपूर्ण छ।
पहिलो खेलमा सहआयोजक युक्रेनसँग २-१ ले पराजित भएकाले पनि स्वीडेन सशक्त इङ्ल्यान्डविरुद्ध हार्न नहुने समीकरण बनेको छ। हामी अब गर या मरको स्थितिमा छौँ, आशा छ बाँकी दुवै खेल जितेर अगाडि नकआउट चरणमा पुग्नेछौँ, स्वीडेनका डिफेन्डर जोनास ओल्सनले भने।
इङ्ल्यान्डले गत वर्ष मैत्री खेलमा स्वीडेनलाई १-० ले हराएको थियो। प्रतिस्पर्धात्मक प्रतियोगितामा अहिलेसम्म इङ्ल्यान्डले स्वीडेनलाई हराउन सकेको छैन। स्वीडेनले शुक्रबार सोही गौरवलाई निरन्तरता दिने प्रयास गर्नेछ। प्रमुख प्रतियोगितामा यी दुई टिमबीच भएका सात भिडन्तमध्ये स्वीडेनले दुईमा जित हासिल गरेको छ। अन्य पाँच खेल बराबरीमा सकिएको थियो।
गत सोमबार स्वीडेनविरुद्ध युक्रेनको जितले इङ्ल्यान्डलाई पनि तनाव दिएको छ। आप\mनो अन्तिम खेलमा दबाबमुक्त भएर खेल्ने हो भने इङ्ल्यान्डले किएभमा स्वीडेनलाई हराउनैपर्ने हुन्छ। स्वीडेन हराउन कठिन टिम हो, इतिहास पनि हाम्रो साथमा छैन, तर यसपटक सो जितविहीन यात्रा समाप्त हुनेछ, इङ्ल्यान्डका कप्तान स्टेफन जेरार्डको भनाइ छ।
इङ्ल्यान्डका प्रशिक्षक रोय हजसनले स्वीडेनविरुद्ध ४-४-२ को रणनीतिलाई नै निरन्तरता दिने धेरै सम्भावना छ। यसो भएमा जेरार्ड र अर्का मिडफिल्डर स्कट पार्कर लगातार दोस्रो खेलमा निकै व्यस्त बन्नेछ।
प|mान्सलाई दोहोरो चुनौती
युरोपेली च्याम्पियन्सीपअन्तर्गत शुक्रबार प|mान्ससमक्ष घरेलु दर्शकलाई चुप गराउने र युक्रेनका स्ट्राइकर एन्दि्र सेभचेन्कोलाई रोक्ने दोहोरो चुनौती छ।
समूह डीअन्तर्गत पहिलो खेलमा सेभचेन्कोकै दुई गोलको मद्दतले युक्रेनलाई स्वीडेनलाई २-१ ले हराएको थियो। जुन जितले आयोजक युक्रेन अहिले उच्च मनोबलमा छ। सेभचेन्कोले युरो २०१२ पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरिसकेका छन्। यसैले उनका साथी खेलाडी पनि सेभचेन्कोकै लागि प|mान्सविरुद्ध जित हासिल गरी नकआउट चरणमा स्थान पक्का गर्ने धुनमा छन्।
प|mान्सका डिफेन्डर म्याथ्यु डेबुचीले युक्रेनविरुद्धको खेल कठिन हुने बताउँछन्। उनीहरू अहिले उच्च मनोबलमा छन्, युक्रेनलाई घरेलु समर्थन पनि फाइनल पनि छ, डेबुचीले भने। एपी